भदौ ३, २०७९
तराई मधेशका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेशमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले शहर...
जनकपुरधाम | असार २२, २०७९
देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् ।
मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा अन्य ६ वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आउन लागेको हो ।
गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाममा आयोजना हुने शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा टोली आउन लागेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा बिहीवार जनकपुरधामस्थित सीताशरण होटलमा सो कार्यक्रम आयोजना हुने मन्त्री साहले बताए । सो छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गर्ने कार्यक्रम तय भएको मन्त्री साहको भनाइ छ ।
बिहीवार बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्ने गृहमन्त्रीहरूको टोलीले दिउँसो जयनगर–कुर्था रेलमा यात्रा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । आज बेलुका ६ बजेसम्म जनकपुरधाम पुग्ने सबै प्रदेशका गृहमन्त्रीसहितको टोली आज साँझ जनकपुरधामस्थित गंगसागर पोखरीमा नियमित हुँदै आएको महागंगा आरतीमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
यस्तै टोलीले असार २४ गते बिहान धनुषाधामस्थित धार्मिकस्थलको भ्रमण गर्ने र उनीहरूलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।
तराई मधेशका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेशमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले शहर...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोरमा राखेर सुन तस्करी हुने गरेको खुलेको छ । विमानस्थलमा जम्मा भएका फोहोरमा राखेर सुन लगायतका सामानहरूको तस्करी हुने गरेको विमास्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्...
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरेका छन् । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता गिरिको स्वास्थ्य अवस्था गम्भ...
प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्यधिक नगद राशिको पुरस्कारसहित सम्मान गर्ने बताएका छन्। प्रदेश नं...
नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले पासाङ ल्हमू सडकको बालाजु–तीनपिल्ले–ककनी खण्डको ठेक्का रद्ध हुने भएपछि खुशी व्यक्त गरेकी छन । उनले अब राजनीति नभएमा काठमाडौं उपत्यकाक...
कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबिन समिति गठन गरेको छ । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...