साउन २९, २०७९
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनका लागि करिव ८ करोड मतपत्र छापिने जानकारी दिएका छन् । उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिने बताए । &lsqu...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनावपछि विशेष महाधिवेशन आयोजना गरेर एमसीसीको बारेमा विस्तृतमा छलफल गर्ने बताएका छन्।
जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यले उठाएको जिज्ञासाको जवाफ तेस्रो दिनको बैठकमा दिँदै प्रचण्डले अहिलेको बैठकमा एमसीसीबारे छलफल नहुने बताएका हुन्।
एमसीसी सम्झौताको पक्षमा माओवादी केन्द्रले मतदान गरेपछि नेताहरू नाराणकाजी श्रेष्ठ, देव गुरूङ, गिरिराजमणि पोखरेलले असन्तुष्टि व्यक्त गरेका थिए। त्यसबेला प्रचण्डले केन्द्रीय समितिको बैठकमा छलफल गराउने आश्वासन दिएका थिए।
स्थानीय चुनाव अघिको बैठकमा प्रचण्डले चुनावपछिको केन्द्रीय समितिको बैठकमा छलफल गराउने भनेर टारेका थिए। अहिले भने उनले विशेष महाधिवेशनमा एमसीसीबारे छलफल गराउने बताएका हुन्।
प्रचण्डले बैठकलाई सम्बोधन गर्दै एमसीसीमा राष्ट्र घात नभएको र व्याख्यात्मक घोषणा ठीक रहेको बताएका छन्।
त्यसैगरी, अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा सहभागी नहुने निर्णय भएको पनि उनले बताए।
‘पार्टीले चाँडै विशेष महाधिवेशन आयोजना गर्छ। त्यसमा आवश्यकता अनुसार एमसीसी र एसपीपीबारे छलफल हुनेछ। अहिले एसपीपी नगर्ने भनिएको छ। यी सबै विषयमा चुनावपछि छलफल हुन सक्छ’, प्रचण्डले बैठकमा भनेका छन्।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनका लागि करिव ८ करोड मतपत्र छापिने जानकारी दिएका छन् । उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिने बताए । &lsqu...
विराटनगर– प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई युवाहरूले कालो झण्डा देखाएका छन् । उर्लाबारी—३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटन गर्न पुगेका स्वास्थ्यमन्त्री य...
निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने प्रक्षेपण गरेको छ । कुल मतदान १ करोड ८० लाख रहेकोमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने आयोगले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् । आइतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले जातका नाममा, क...
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विद्युतीय उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन)मार्फत मतदान गराउने कुरामा राजनीतिक दलहरू सहमतिमा पुग्न नसकेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...
लुम्बिनीमा पाँच दलीय गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । २०७८ साउन २८ गते नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार बनेको थियो । गठबन्धन सरकारले एक वर्षमा प्रदेशबासीला...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...