कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
असार ३१, २०७९
अहिले देशको अर्थतन्त्रलाई श्रीलंकासँग जोडेर हेर्न थालिएको छ । नेपालको अर्थतन्त्रमा संकट नआओस् र सुधार होस् भन्ने चाहना सबैको छ । तर, व्यवहारमा भने त्यसो भइरहेको छैन । अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट थप सुधार गर्न निजी क्षेत्रका व्यवसायीले मागेजस्तो एकल अंकमै ब्याजदरमा सीमित राख्नुपर्छ भन्ने पनि होइन ।
व्यवसायीले ४ प्रतिशत ब्याजदरमै कर्जा चाहियो भनेका छन् । एकातिर कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९५ प्रतिशत बनाउनुपर्यो भन्ने अर्कोतिर सस्तो ब्याजदरमा ऋण खोज्ने । यसले देशको अर्थतन्त्र श्रीलंका बनाउन खोजे जस्तो हुन्छ ।
अहिलेको अर्थतन्त्रको अवस्था सुधार गर्न सीडी रेसियो बढाउने होइन, घटाएर ८० प्रतिशतमा झार्नुपर्छ । यसले बैैंकको ऋण दिने क्षमता घटाउँछ भने बैैंकमा रिजर्भ पनि बढाउँछ । सीडी रेसियोमा कडाइ गरेर बैंकहरूले दिने कर्जा नियन्त्रण गर्न सकिन्छ । यसले गर्दा बढी प्रतिफल दिने आयोजनमा मात्रै लगानी हुन्छ । आयात घट्छ भने बैैंकहरूले कम प्रतिफल दिने आयोजनामा लगानी नै गर्दैनन् ।
कोरोना नियन्त्रणमा आइसकेपछि पनि ह्वारह्वार्ती पुनरकर्जा दिइरहनु हुँदैन । राज्यले ढुकुटीको पैसा सहुलियत कर्जाका नाममा लक्षित वर्गभन्दा अरूले नै दुरुपयोग गरिरहेका छन् । यसलाई आगामी मौद्रिक नीतिले रोक्नुपर्छ ।
विदेशी विनिमय सञ्चिति कम्तीमा १० महिनाको आयात धान्न पुर्याउने गरी मौद्रिक नीति आउनुपर्छ । विदेशी मुद्राको क्षमता बढाउँदा खाद्य, औषधि, ऊर्जा, पेट्रोल संकटसहित अत्यावश्यक वस्तुको संकट नहोस् भन्ने हो । यसबाट आत्मविश्वास बढ्छ भने देश श्रीलंका जस्तो हुन्छ भन्ने सन्देह हट्छ ।
पछिल्लो अवस्था हेर्दा ७ महिनाभन्दा कम समयको आयात धान्ने विदेशी मुद्रा सञ्चिति हुँदा संकट ल्याउँदो रहेछ भन्ने देखिइरहेको छ । यसले हाम्रो अर्थतन्त्रलाई पनि असहज बनाउने देखाएको छ । डलर सञ्चिति कम हुँदा अर्थतन्त्रले विश्वास नै नगर्ने अवस्था आउँछ । अहिलेको अवस्थाले त १/२ महिनामा नै डलर सञ्चिति रित्तिँदै जान्छ कि भन्ने चिन्ता मात्रै बढाएको छ । त्यसैले पनि विदेशी मुद्रा सञ्चितिमा सुधार गर्नुपर्ने चुनौती छ ।
सरकारले प्रत्यक्ष र अप्रत्यक्ष उपाय अपनाएर आयात नियन्त्रणमा काम गरिरहेको हुन्छ । नीति नियम बनाएर व्यापार घाटा रोक्नु अप्रत्यक्ष उपाय हो भने सीधै आयात रोक्नु प्रत्यक्ष उपाय हो । प्रत्यक्ष उपाय अपनाउनु भनेको राज्यमा संकट पर्दा, नीति नियम असफल हुँदा मात्रै हो ।
आयातमा परिमाणात्मक बन्देज लगाउने पनि अप्ठ्यारो पर्दा र अन्तिम विकल्प नहुँदा मात्रै हो । अहिले आयात रोक्ने काम श्रीलंकाले गर्ने हो । नेपालले भने अप्रत्यक्ष उपायबाट काम गर्नुपर्ने हुन्छ । यसले अर्थतन्त्र जोगाउन सकिन्छ । आयातमा प्रत्यक्ष बन्देज नै लगाउनुपर्ने विकल्पमा अहिले जाने होइन ।
सरकारले विकल्प भएसम्म पहिले त्यसको प्रयोग गर्नुपर्छ । पछिल्लो समय नेपालमा आयात बढ्ने प्रमुख कारण इन्धन हो । इन्धन आयात गर्दा राज्यले सहुलियत दिएर सस्तोमा उपभोक्तालाई दिइरहेको छ । यसले राज्यको पैसा बाहिरिरहने र डलर सञ्चिति घटाउन सहयोग पुगिरहेको छ । बजारले निर्धारण गर्ने भाउ बजारअनुसार नै हुन दिनुपर्छ ।
अहिले लागत मूल्यमै तेल बाँडेको भए इन्धन महँगो हुन्थ्यो । यसको विकल्प प्रयोगमा आउँथे । घरघरमा बिजुली सस्तो दिने, इन्धनभन्दा बढी बिजुली प्रयोग गर्ने अवस्था आइसकेको हुन्थ्यो । सरकारले आयात गरिएको इन्धनमा भन्दा स्वदेशी उत्पादनको बिजुलीमा जोड दिन र खपत बढाउन लाग्नुपर्ने हो । जसले आफैंलाई सुधार गर्ने मौका मिल्थ्यो । सरकारले तेलमा अनुदान दिइरहने हो भने न त विकल्पसहित सुधारको मौका आउँछ न त इन्धनको खपत नै घट्छ ।
पछिल्लो सयम डलरको सञ्चिति बढेको भनेर भनिएको छ । आयल निगमले भारतीय आयल निगमलाई तिर्नुपर्ने ३० अर्ब रूपैयाँभन्दा बढी रकम नतिर्दा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको हो । त्यो पैसा तिर्दा फेरि अवस्था ऋणात्मक नै हुन सक्छ ।
बैंकको ब्याजदर बढाउनुपर्छ
बैंकहरूको ब्याजदर बजारले निर्धारण गर्ने हुनुपर्छ । ब्याजलाई बढ्न दिनुपर्छ भने अत्यावश्यक बाहेकमा कर्जा रोकिनुपर्छ । त्यसो हुँदा आयातमा अधिक ऋण जाँदैन । आयात नियन्त्रण हुँदा विदेशी विनिमय सञ्चितिमा सहयोग पुग्छ ।
ब्याजदर बढाउँदा बैंकहरूले उच्च प्रतिफल दिने परियोजनामा मात्रै लगानी गर्छन् । कर्जा उच्च प्रतिफल दिने आयोजनामा जानुले संकटोन्मुख अर्थतन्त्रको अवस्थामा सुधार ल्याउँछ ।
बैंकको ब्याज बढेपछि १०/१२ प्रतिशत प्रतिफल दिने परियोजना कार्यान्वयन हुँदैनन् । २०/२५ प्रतिशत प्रतिफल दिने योजना मात्रै कार्यान्वयन हुन्छ । जसले आर्थिक वृद्धिदर बढाउन सहयोग पुग्छ भने आयोजनाको गुणस्तर र प्रतिफल बढ्छ । त्यसैले ब्याजदरलाई दबाएर हैन, खुला छोड्नुपर्छ । जसले गर्दा बढी प्रतिशत दिने परियोजनामा खोजीखोजी लगानी आउँछ ।
देशको आर्थिक अवस्था हेरेर मौद्रिक नीति
अहिले पुनरकर्जा निरन्तर हुँदा र ठूला व्यवसायीबाट सहुलियत कर्जाको दुरुपयोग बढेको छ । एकातिर खाडी मुलुकका श्रमिकले पठाएको पैसा खानपान, विवाह तथा भोजभतेरसहितको उपभोग्य वस्तुको खरिदमै खर्च भइरहेको अवस्था छ ।
अर्कोतर्फ सुहलियतपूर्ण ऋण लिएर व्यवसाय गरेको व्यवसायी पनि विदेश गएर विवाह गर्ने गरिरहेका छन् । निजी क्षेत्रले आफूले कमाएको पैसा स्वेच्छामा खर्च गरेको भन्ने गरे पनि त्यसका लागि विदेशी मुद्रा खर्च भइरहेको हुन्छ । मौद्रिक नीतिले विदेशी मुद्रा बढाउने नीति नै अंगीकार गर्नुपर्छ ।
बैंकहरूमा सीडी टाइट मात्रै हैन अनिवार्य नगद मौज्दात (सीआरआर) पनि बढाउनुपर्छ । अहिले ३ प्रतिशत बनाउनुपर्ने यो व्यवस्था कम्तीमा ५ प्रतिशत हुनुपर्छ । अल्ट्रा लुज मौद्रिक नीतिले देश तहसनहसको बाटोमा जान खोज्यो त्यसैले अब आर्थिक स्थितिअनुसारको मौद्रिक नीति आउनुपर्छ ।
विदेशी मुद्रा घटिरहेको, शोधनान्तर घाटा बढिरहेको छ । स्रोतको दुरुपयोग गर्नेहरूलाई सुविधा नदिने, आर्थिक स्थिति हेरेर मौद्रिक नीति ल्याउनुपर्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति देशको अवस्था सुहाउने गरी ल्याउनुपर्छ । शोधनान्तर स्थिति ऋणात्मक भइरहेको, व्यापार घाटा बढिरहेको अहिलेको अवस्थामा एकल अंकमा ब्याजदर राख्ने मौद्रिक नीति चाहिएको छैन ।
पुनरकर्जामा पनि कोषमा भएको भन्दा ५ गुणा बढी दिइने व्यवस्था राष्ट्र बैंकले गर्यो । त्यसले स्रोतको दुरुपयोग मात्रै बढायो । पुनरकर्जा घटाउने र कोषभन्दा बढी नदिने व्यवस्था गरेको भए संकटोन्मुख अवस्थामा अर्थतन्त्र नपुग्न पनि सक्थ्यो । सहुलियतपूर्ण कर्जा पुनरवलोकन गर्ने र साना तथा लघु उद्यमीले मात्रै पाउने हुनुपर्छ ।
बैंक मर्जरबाट वित्तीय संकट आउन सक्ने
राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई बलपूर्वक मर्जरमा लैजाने गरिरहेको छ । यसले बैैैंकहरू संख्या घटाउने बहानामा ठूलो बन्ने प्रतिस्पर्धा चल्न थालेको छ । यस्तो प्रतिस्पर्धा हुँदा प्रोफेसनल रूपमा चलिरहेका बैंकहरू पनि आक्रामक बन्न खोजे । जसले गर्दा एक दुई हजार रूपैयाँ लगानी गर्ने साना लगानीकर्ताका विश्वासमा चलेका बैंकको स्वामित्व व्यापारीको हातमा जान थाल्यो । व्यापारीले निक्षेपकर्ताको हितभन्दा पनि व्यक्तिगत स्वार्थमा जोड दिन्छन्, जसले ठूला जोखिम निम्तन सक्छ ।
बैंकलाई कतिसम्म जान दिने भन्ने सीमा तोक्नुपर्छ । राष्ट्र बैंकले जबर्जस्ती मर्जरमा जाने मात्रै भन्दा अबको २/३ वर्षमै नेपालमा वित्तीय संकट आउन सक्छन् । बैंकहरूलाई ठूलो हुन दिने मात्रै होइन, क्यापिटल सरचार्ज लगाउनुपर्छ ।
नेपालका वाणिज्य बैंकहरू छिमेकी मुलुक भारतमा जस्तो स्थायित्व काम गर्ने, सर्वसाधारणको निक्षेपलाई बढी महत्त्व दिने, पहिले सुदृढीकरणतर्फ जाने र प्रोफेसनल हुनेसम्म हाम्रोमा भएको देखिँदैन । उदाहरणको लागि स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र एसबीआई बैंककै व्यवस्थापनलाई हेर्न सकिन्छ ।
यी बैैंकले लिएको नीति हाम्रो अरू निजी क्षेत्रको स्वार्थ जोडिएकाको जस्तो पक्कै हुँदैन । पछिल्लो समयको नीति कर्पोरेट वारतर्फ जाने भयो । यसले भोलिका दिनमा पक्कै राम्रो गर्दैन ।
(नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापासँग लोकान्तरकर्मी राजु बास्कोटाले गरेको कुराकानीमा आधारित)
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...