×

NMB BANK
NIC ASIA

चन्द्रागिरिले फोहर व्यवस्थापन गर्न काठमाडौंलाई सघाउने

असार ३२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौं महानगरपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

Muktinath Bank

काठमाडौं उपत्यकाभित्रको ठूलो क्षेत्रफल भएका ती पालिकाकाका प्रमुखका बीचमा शनिवार पहिलोपटक आपसी संवादसमेत भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं महानगरपालिकाले आइतवारदेखि कुहिने र नकुहिने फोहर अलग–अलग संकलन गर्न सुरुआत गर्दैछ । ‘स्रोतमा नै फोहर नमिसाउने’ अभियानअन्तर्गत काठमाडौंले आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहर संकलन गर्न लागेको हो । जनचेतना जगाउन उसले घरदैलो अभियान जारी राखेको छ ।


Advertisment
Nabil box
Kumari

चन्द्रागिरिका प्रमुख घनश्याम गिरी र काठमाडौंका मेयर बालेन्द्र साहबीच शनिवार चन्द्रागिरि नगरपालिकामा भएको भेटवार्तामा फोहर व्यवस्थालगायत अन्य क्षेत्रमा सहकार्य गर्दै जाने विषयमा छलफल भएको छ । छलफलमा प्रमुख गिरीले फोहर व्यवस्थापन साझा समस्या भएकाले काठमाडौं महानगरपालिकाले अवलम्बन गरेको नीतिलाई सधैँ साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । ‘सकेसम्म नगर क्षेत्रबाट उत्पन्न हुने फोहर नगरपालिकाभित्रै व्यवस्था गर्ने नीति लिएका छौँ,’ उनले भने । 

Vianet communication
Laxmi Bank

चन्द्रागिरिले कुहिने फोहरबाट कम्पोष्ट मल बनाई आयआर्जनको माध्यम बनाउन निजी क्षेत्रलाई नगरपालिकाले उत्प्रेरणा दिइरहेको उनले जानकारी दिए । फोहर व्यवस्थामा काठमाडौं उपत्यकाका नगरपालिका बीचमा एकीकृत नीतिका साथ सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले कुहिने र नकुहिने फोहर अलग–अलग संकलन गर्न विद्यालय, धार्मिक संघसंस्था, गुठीका साथ जनप्रतिनिधिलाई परिचालन गरिने जानकारी दिए । 

काठमाडौंका प्रमुख साहले महानगरपालिकाले साउन १ गतेदेखि फोहर व्यवस्थाअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग संकलन गर्न सुरुआत गर्न लागेको जानकारी दिँदै महानगरसँग जोडिएका अन्य नगरपालिकामा पनि यही यसरी नै फोहर सङकलन गर्न आग्रह गरे । 

उनले फोहर व्यवस्था गर्न विकेन्द्रित नीति आवश्यक रहेकोमा जोड दिएका छन् । ‘उपत्यकाका फोहर व्यवस्थापन मानसिक समस्या हो । यसको दीर्घकालीन समाधान खोजिनुपर्छ । यसका लागि मैले प्राथमिकताका साथ काम गरेको छु,’ उनले भने । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x