कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याबारे विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस संखुवासभाका सभापति दीपक खड्काको पहलमा मंगलवार लैनचौर व्याङ्क्वेटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे निरन्तर छलफल तथा बहस गरेर अगाडि बढ्ने निष्कर्ष निकालिएको छ ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य पौडेलले कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई कसरी देशभर लैजान सकिन्छ भन्नेबारे मञ्चमा छलफल हुने बताए । ‘पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले लामो समय बोल्न पाउँदैनन् । त्यसैले देशको समसामयिक तथा राष्ट्रिय समस्याबारे विज्ञलाई बोलाएर छलफल गर्न समेत नयाँ फोरम आवश्यक हुने भएकाले छलफलका लागि केन्द्रीय सदस्यलाई आमन्त्रण गरेका हौं,’ उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य पाख्रिनले देशमा देखिएका प्रमुख समस्या समाधानका लागि सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल गर्नुका साथै छलफलबाट निस्केको सुझावलाई पार्टी केन्द्रीय समितिमा सुझावको रूपमा प्रस्तुत गर्न यस्तो भेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कांग्रेस केन्द्रीय सदस्यद्वय उमेशजङ्ग रायमाझी र सीता गुरुङले देशका प्रमुख विषय वस्तुमा केन्द्रित रहेर भेलामा छलफल हुने बताएका छन् । कांग्रेस संखुवासभाका सभापति एवं पूर्व राज्यमन्त्री खड्काले आगामी निर्वाचनमा कसरी कांग्रेसलाई विजय गराउन सकिन्छ भन्नेबारे छलफल गर्न नयाँ फोरम निर्माण गर्न लागिएको बताए ।
छलफलमा कांग्रेसका पदाधिकारीबाहेक अधिकांश केन्द्रीय सदस्य, सांसद एवं पूर्वमन्त्रीहरूको सहभागिता थियो । पार्टीलाई बलियो बनाउन छलफललाई अब निरन्तर चलाइने कांग्रेस संखुवासभाका सभापति खड्काले बताए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...