मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
जनयुद्धकी छापामार (लडाकु) दिलकुमारी रोकामगर विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने १० महिलामध्येकी एक हुन् । हतियार बिसाएर कृषि कर्ममा होमिएकी रोकामगरलाई च्याउ खेतीले अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ ।
सिद्धार्थ राजमार्गको काख पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सा भूतखोलामा दिलकुमारीको दोभान घर्ती च्याउ फर्म छ । जहाँ उनले विगत ११ वर्षदेखि च्याउको व्यावसायिक खेती गर्दै आइरहेकी छन् ।
उत्साह, जाँगर, धैर्यताकी प्रयाय दिलकुमारीले कृषिमा जादु देखाएकी छन् भन्दा पनि फरक पर्दैन । दिलकुमारी भन्छिन्, ‘समाज बदल्ने कुरा निकै कठिन रहेछ तर आफूलाई परिवर्तन गर्न केही हदसम्म जीवनलाई सहज बनाउन सकिने रहेछ । अहिले आएर मलाई च्याउ खेतीले नाम, दाम र पहिचान दिलायो ।’
वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने १० महिलाको सूचीमा परेकी रोकालाई वुमन वर्ल्ड समिट फाउन्डेसन (डब्ल्यूडब्ल्यूएसएफ) जेनेभा, स्वीटजरल्यान्डबाट हरेक वर्ष प्रदान गरिने १ हजार डलर राशीको पुरस्कार च्याउ खेतीले दिलाएको थियो । दिलकुमारीको चर्चासँगै लोभलाग्दो च्याउ फर्मले सबैको ध्यान खिचेको छ ।
साहसी, अग्रणी र सिर्जनशील दिलकुमारीले सफलताको अर्को नामको रूपमा परिचय बनाएकी छन् । परम्परागत कृषिलाई आधुनिक स्पर्स दिएकी दिलकुमारीले उत्पादन गरेको च्याउ अहिले धेरैको रोजाइँमा छ । उनको उद्यमले स्वदेशमै काम गर्ने धेरै युवालाई उत्प्रेरणा पनि दिन्छ । १ दशकअघि २०६८ सालदेखि च्याउ खेतीमा लागेकी उनी तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतापछि कृषि क्षेत्रमा आकर्षित भएकी थिइन् ।
उनी २०५३–२०६३ सालसम्म मुलुक परिवर्तनका खातिर १० वर्ष माओवादी युद्धमा होमिइन् । साना बालबच्चालाई सासुससुराको जिम्मा लगाएर युद्धमा लागेकी उनले पाल्पा, अर्घाखाँची, दाङ, रूकुम र रोल्पामा विभिन्न ठाउँमा कठिन र जोखिमपूर्ण भूमिका निर्वाह गरिन् ।
रोल्पाको दुर्गम थवाङ गाउँमा जन्मिएकी रोकाको परिवार कपिलवस्तु हुँदै स्थायी बसाइसराइ गरी पाल्पाको तिनाउ गाउँपालिकाको झुम्सामा आएको हो । उनका पति तुलाराम घर्तीमगर नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक हुन् । जनताको शासन सत्ता ल्याउन भनेर युद्धमा होमिएका दिलकुमारीका दम्पतीमध्ये पति तुलाराम पूर्णकालीन राजनीति र पत्नी दिलकुमारी कृषिमा छन् ।
विभिन्न पत्रपत्रिकामा उनले च्याउ खेतीका समाचार देखिन् र पढिन् अनि आफूले पनि यहीँ खेती गर्न उपयुक्त ठानिन् । त्यसपछि च्याउ खेतीमा छाप परेपछि नियमित खेतीमा जुटेको उनको भनाइ छ । ५१ वर्षीया दिलकुमारी १७ वर्षको उमेरमै विवाह बन्धनमा बाधिएकी थिइन् । विक्रम संवत् २०४५ सालमा तुलारामसँग विवाह बन्धनमा बाधिएकी दिलकुमारी देश परिवर्तनभन्दा कृषि क्षेत्र परिवर्तन भएकोमा खुशी छिन् ।
‘धेरैलाई मेरो जनयुद्ध, बाल्यकाल र युवा अवस्था कठोर लाग्न सक्छ, मेरा लागि त्यो राम्रो सिकाइँ बन्यो,’ दिलकुमारी भन्छिन् । दिलकुमारी गत वर्ष जस्तै फेरि अर्को सफलताको पर्खाइमा छिन् । २ छोरी र १ छोराकी आमा दिलकुमारीले औपचारिक शिक्षा लिएकी छैनन् । सबै ज्ञान र सीपले पूर्ण उनी औपचारिक शिक्षा हासिल नगरे पनि कुनै कुरामा अड्किदैनन् ।
फार्ममा अहिले १ हजार ९०० भन्दा बढी बल्ब च्याउ छन् । उनले २०० बल्बबाट व्यवसाय थालनी गरेकी थिइन । च्याउ बिक्री गरी उनले वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्छिन् । धेरै उत्पादन हुँदा दैनिक १०० क्वीन्टलसम्म च्याउ घरबाटै बिक्री गर्छिन् । किन्ने व्यापारी घरमै आउँदा उनलाई बजारको कुनै तनाव छैन । उनले उत्पादन गरेको च्याउ अहिले बुटवल र तानसेन हुँदै पोखरासम्मका बजारमा खपत हुँदै आइरहेको छ ।
फार्मबाटै बजार मूल्य हेरेर थोकमा प्रतिकिलो २१० रुपैयाँदेखि २२० रुपैयाँसम्ममा च्याउ खपत हुँदै आएको छ । च्याउ खेती प्रोत्साहन गर्दै व्यवसाय शुरू गर्ने क्रममा साविक जिल्ला कृषि विकास कार्यालय पाल्पाले २५ हजार रुपैयाँ अनुदान दिएपछि व्यवसायमा उत्साह बढ्दै जाँदा अहिले वर्षमा च्याउबाट लाखौं कमाउन सकिने भएको उनको अनुभवले देखाउँछ । दिलकुमारीले आफू मात्रै होइन, गाउँका अन्य छिमेकी महिलालाई पनि व्यवसायमा लाग्न प्रेरित गराउँदै च्याउ खेती गर्ने प्रविधि सिकाउँछिन् । उनले अहिले गाउँका ४० घरपरिवारलाई पनि च्याउ खेतीमा लगाएकी छन्, जसले गर्दा गाउँ नै च्याउ खेतीमा जुटेको छ ।
ग्रामीण क्षेत्रका महिला स्वरोजगार भए मात्रै सशक्त हुन सक्छन् भन्ने रोकाको बुझाइका कारण उनको पहिलो प्राथमिकतामा महिला नै पर्छन् ।
च्याउ स्वास्थ्यका लागि धेरै फाइदाजनक छ, च्याउबाट विभिन्न परिवारहरू बनाउन सकिन्छ । ‘च्याउ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ,’ उनी भन्छिन्, ‘च्याउ खाँदा मानिसको शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्नेदेखि लिएर महिलामा हुने स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने र मधुमेहको खतरालाई पनि घटाउने विभिन्न तालिममा जाँदा मलाई विज्ञहरूले सुनाउँदै आउनुभएको छ ।’
उनले थपिन्, ‘नेपालको कृषि नराम्रो होइन, परम्परागत भयो । यसलाई थप आधुनिक बनाउन जरुरी देखिन्छ । देशको राजनीतिक अस्थिरता, रोजगारीको कम अवसर र गुणस्तरका कारण हाम्रा युवा विदेश जान खोज्छन् । राज्यले युवालाई कृषिमा आकर्षित गर्न सकेमा कृषिबाटै देशको भविष्य उज्ज्वल हुनेछ ।’
विदेश जाने मानसिकतामा थोरै भए पनि परिवर्तन आउन जरुरी देख्छिन् उनी । पाल्पाको तिनाउमा अहिले धेरै क्षेत्रमा व्यावसायिक कृषि र तरकारी उत्पादन हुन थालेको छ ।
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...