कात्तिक १८, २०८०
२०७२ वैशाख १२ मा गोरखा बारपाकपछि शुक्रवार राति जाजरकोटलाई केन्द्र बनाएर अर्को ठूलो मानवीय क्षति पु¥याउने भूकम्प गएको छ । ७२ सालको विनाशकारी भूकम्पमा परी ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । वि...
साउन १५, २०७९
व्यावसायिक कृषि सिकेर, पढेर कृषि क्षेत्रमा आएका होइनन् पाल्पाको रिब्दीकोटका जनक आचार्य । प्रभात मावि मैदानीका आचार्यलाई शिक्षक बन्नु नै महत्त्वपूर्ण लाग्थ्यो ।
सुविधा खोज्दै शहरतिर बसाइसराइ गर्ने प्रवृत्तिले आचार्यको गाउँमा वल्लो–पल्लो घर रित्तो भए । दिउँसो विद्यालय जाने र बिहान–साँझ घरमा खेती गर्ने इच्छा भएका आचार्य बाँदरले खेतीबाली केही हुन नदिँदा वाक्क भइसकेका थिए ।
सामाजिक विषयका शिक्षक आचार्यको मनमा समाजमा केही फरक र नयाँ काम गर्नुपर्छ भन्ने हुटहुटी रातदिन रहन्थ्यो । एक दिन स्कूलबाट घर फर्किंदै गर्दा उनलाई एक जनाले भने – बाँदरले नखाने अकबरे खुर्सानी उत्पादन गरे बुटवलमा सञ्चालनमा आएको पीरो चाउचाउ कम्पनीले घरमै आएर खरिद गरिदिनेछ ।
अकबरे खुर्सानीका लागि यशोदा फूड्सले बजारको ‘ग्यारेन्टी’ गरिदिएको थियो । त्यसपछि आचार्यले बसाइसराइले बन्जर बनेका ९ घरपरिवारको १३५ रोपनी जग्गा भाडामा लिएर खनजोत गरे र उनी खुर्सानीको बीउ खोज्न पूर्वी पहाड इलाम र भोजपुर हुइँकिए । २/४ दिन घुमेपछि विभिन्न ठाउँबाट प्रतिकिलो २ हजार ६०० रूपैयाँका दरले संकलन गरिएको २० किलो बिउ खुर्सानी ५२ हजार रुपैयाँमा खरिद गरी उनी फर्किए ।
बिउ उमार्दै बन्जर र झाडी बारीलाई खनजोत गरेर नमूना बनाए अनि लगाए पाखो बारीमा १ लाख ३५ हजार वटा अकबरे खुर्सानीका बिरुवा । अकबरेलाई गाउँघरको बोलीचालीको भाषामा ‘डल्ले खुर्सानी’ भनिन्छ ।
‘सवा लाखभन्दा बढी खुर्सानीका बिरुवामध्ये केही मरे पनि धेरै सोचेभन्दा राम्रा भएँ,’ जनक भन्छन्, ‘पहिलो वर्ष (गत साल) नै मैले ४० लाखको अकबरे बेचें । उत्पादित धेरै खुर्सानी किन्न ‘हट एण्ड स्पाइसी नूडल्स’ घरमै आएँ ।’
प्रतिकिलो ३०० रुपैयाँमा पाकेर रातो भएको (नसुकेको) खुर्सानी चाउचाउ उद्योगले खरिद गरिदिएपछि उनी मख्ख परे । जनक काममा लगनशील छन् । ‘विगत झण्डै डेढ वर्ष म कतै लागिनँ, आफ्नो कामको प्रदर्शन र बजारको लागि लागें,’ जनक भन्छन् ।
त्यति मात्र होइन, उनले उत्पादन गरेको खुर्सानी किन्न पोखराबाट समेत ग्राहक आए । अचार बनाउन उद्योगीहरू पनि घरमै आए । बिउका लागि तयार पारेको खुर्सानी २५ हजार रुपैयाँ केजी (बिउ बियाँ) पनि बिक्री गर्न सफल भए उनी, यसरी १ वर्षमै व्यावसायिक कृषक बनेका छन् जनक । उनलाई पीरो चाउचाउले अकबरे खुर्सानी खेतीको अगुवा भनेर जिल्लाभर पहिचान दिलाइदिएको छ ।
उनको कृषि फार्ममा गत वर्षभन्दा यसपालि कम उत्पादन हुने देखिएको छ । किनकि केही क्षेत्रमा उनले धान रोपेका छन् । ‘गत वर्ष बजारको कुनै तनाव थिएन,’ उनी भन्छन्, ‘अहिले मैले जस्तै धेरैले यहीँ खेती गर्नुभएको छ । उत्पादन धेरै भएपछि मूल्य चाहिँ पक्कै पोहोर सालभन्दा धेरै कम हुन्छ ।’
यस वर्ष पनि उनले वैशाखयता ४ लाखको खुर्सानी बिक्री गरिसकेका छन् । उनको खुर्सानी बारीमा अहिले ५ जनाले काम गर्छन् । जनकसँगै पत्नी संगीता ज्ञवालीले पनि सघाउँछिन् । आचार्यले आफ्नो बारीमा सुन्तला खेती पनि गरेका छन् । ४१८ सुन्तलाको बोटले पनि राम्रो प्रतिफल दिएका छन् ।
पाल्पाको माथागढी गाउँपालिका–२ को कूल खेतीयोग्य बारीमध्ये ६० प्रतिशतमा अहिले अकबरे खुर्सानी खेती छ । त्यहीँ वडाको रूक्सेमा अकबरे खुर्सानी खेती गर्ने किसान हुन् तुलसी घिमिरे । गत वर्ष जम्मा १५ रोपनी जग्गामा अकबरे लगाएर ४ लाख रुपैयाँ कमाएका उनी खुर्सानी खेतीमा हौसिएका छन् । उनी वडामा कृषि सहकारीमार्फत अकबरे खेतीमा छन् । उत्पादन धेरै भएपछि उद्योगले बिक्री मूल्यमा पेल्छ कि भन्ने चिन्ता छ उनलाई । यो वर्ष उनले १० लाख रुपैयाँ आम्दानी गर्ने सोचेका छन् ।
अकबरे खुर्सानी एक पटक लगाए ५ वर्ष उत्पादन दिन्छ । राम्रो स्याहार र मलजल भएमा एउटै खुर्सानीको बिरुवाबाट १ किलो उत्पादन हुने घिमिरे बताउँछन् । ‘अकबरेले पानी जम्ने जमिन रुचाउँदैन, यसका लागि भिरालो पाखो बारी उपयुक्त ठाउँ हो । लाली चाउचाउले गत वर्षको उत्पादन खरिद गरिदियो,’ घिमिरेले भने, ‘त्यहीँ उद्योगले खुर्सानी किनिदिन्छ भनेपछि धेरैले अकबरेतर्फ हात हालेका छन् ।’
पाल्पाकै बगनासकाली गाउँपालिका–८ का कृष्ण भुसाल पनि अहिले डल्ले खुर्सानीको खेतीमा रमाइरहेका छन् । भुसाल सहितको टीमले २५० रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरिरहेको छ । उनी अघिल्लो वर्षबाट अबकरे खेतीमा जुटेका हुन् । गत वर्ष ३९ लाख रुपैयाँको खुर्सानी बेचेको टीमले कुरिलो खेती पनि गरिरहेको छ ।
खुर्सानी र कुरिलो खेतीमा सहकारीले संयोजन गरिरहेको छ । अहिले बगनाशकाली–८ अकबरे खुर्सानी र कुरिलो उत्पादन हुने गाउँ बनेको छ । गाउँमा सामान्य खेतीबाली गर्दै आएका उनको जीवनस्तर खुर्सानीले फेरिदिएको छ । ‘हाम्रो उत्पादन अहिले चाउचाउले खरिद गर्छ । कोरोनाका कारण गाउँमा बेरोजगार थिए, त्यसमा अझै विदेशबाट धेरै युवालाई कोरोनाले गाउँ फर्कायो,’ भुसालले भने, ‘अब गाउँमा के गर्ने भनेर रोजगारीको खोजी भइरहेको थियो । परम्परागत खेतीलाई बाँदरले आतंकित बनाएको थियो । धान, गहुँ, मकै बाँदरले गर्दा भित्र्याउनै नसक्ने अवस्था भयो । यही बीचमा पीरो चाउचाउ आइदियो । हामीले उत्पादन गरेको खुर्सानी चाउचाउले खरिद गरिदिने भएपछि अकबरे खुर्सानीतर्फ आकर्षित भयौं ।’
किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) ले पनि आर्थिक सहयोग गरेको छ । १० जनाको टीमले अहिले कुरिलो र खुर्सानी गरी ९० लाख रुपैयाँको आम्दानी गर्ने लक्ष्यमा राखेको छ ।
कृष्णले खुर्सानी खेती गर्नुअघि संस्थागत स्कूलमा पढाउँथे । अहिले पढाउन छाडेर पूरै समय खुर्सानीलाई दिएका छन् ।
‘बन्जर जमिन उपयोग गर्न सकेमा किसानले नगदे बालीबाट ठूलो आम्दानी गर्न सक्ने कुरा पाल्पाली किसानले बुझेका छन्,’ भुसाल भन्छन्, ‘अहिले साल हामीले उत्पादन गरेको खुर्सानी करेन्ट चाउचाउले किनिदिएको छ । यसपटक करेन्टसँगै अरु खुद्रादेखि अचार उद्योगहरूले पनि किन्ने बताएका छन् । अन्य पोखरा नूडल्सले पनि किन्ने भन्ने बुझेका छौं । बढी मूल्य जसले दिन्छ, त्यसैलाई बिक्री गर्ने हो ।’
गत वर्ष किसानले प्रतिकिलो २९० रुपैयाँमा बिक्री गरेका थिए । नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, डडेल्धुरा लगायतका जिल्लामा खुर्सानीको उत्पादन धेरै हुने गर्छ, यसलाई पारिलो (घाम लाग्न क्षेत्र) चाहिन्छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाले यस वर्षदेखि पालिकाका सबै ८ वटै वडामा अकबरे खुर्सानी खेती शुरू गरेको छ । पालिकाको ६० र किसानको ४० प्रतिशत लगानीमा ७०० रोपनी क्षेत्रफलमा ७ लाख अकबरेका विरुवा लगाइएको पालिकाका कृषि शाखा प्रमुख रञ्जीत कुँवरले जानकारी दिए । ‘यो वर्ष पालिकाले अकबरेबाट कम्तीमा १३ करोड रुपैयाँ कमाउले लक्ष्य लिएको छ,’ कुँवरले भने, ‘पीरो चाउचाउले किन्छु त भनेको छ तर मूल्यबारे कुराकानी भएको छैन । गत वर्ष ३०० रुपैयाँमा बिक्री भएको अकबरे अहिले धेरै खेती भएर १५० रुपैयामाँ नै बिक्री भए पनि हाम्रो कमाइ १३ करोड हुने प्रक्षेपण छ ।’
यशोदा फूडस प्रालिका सञ्चालक चुन्नु पौडेलले पीरो चाउचाउले धेरै पहाडी जिल्लाका पाखो बारी उब्जनीमय बनाएको बताए । ‘बेरोजगार किसानलाई रोजगारी दिएको छ,’ सञ्चालक पौडेल भन्छन्, ‘हामीले शुरूमा खुर्सानी नपाएर अग्रिम पैसा दिएपछि किसानले थालेको खेती अहिले गुल्मी, पाल्पा, अर्घाखाँची हुँदै धेरै पहाडी जिल्लामा फैलिएको छ । चाउचाउले गर्दा गाउँमा आर्थिक चलायमानसँगै किसानहरू व्यावसायिक खेतीमा लागे, यो धेरै राम्रो पक्ष हो ।’
पहाडी जिल्लाका यिनै किसानबाट उत्पादित अकबरे खुर्सानी प्रयोग गरी उत्पादन हुने ‘हट एण्ड स्पाइसी’ नूडल्सले अहिले नेपाली बजारमा कब्जा नै गरेको छ भन्दा पनि फरक पर्दैन ।
२०७२ वैशाख १२ मा गोरखा बारपाकपछि शुक्रवार राति जाजरकोटलाई केन्द्र बनाएर अर्को ठूलो मानवीय क्षति पु¥याउने भूकम्प गएको छ । ७२ सालको विनाशकारी भूकम्पमा परी ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । वि...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सुत्केरी अवस्थामा मृत्यु भएकी रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ५ की सावित्रा खरेल खनालको परिवार उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग लिएर जिल्ला प्रशासन कार्यालय, रुपन्देही पुगेको छ ।...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन् । बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन् । उनीसँगै दाइ हरिशरण लामिछानेले पन...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...