×

NMB BANK
NIC ASIA

उपभोक्ताको गुनासो बढेपछि डोटीमा बजार अनुगमन शुरू

साउन १७, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी मूल्यवृद्धि गरेको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न शुरू गरेकोे छ । जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिँदै आएको गुनासो बढेपछि बजार अनुगमन शुरू गरिएको हो । 

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा उद्योग वाणिज्य संघले संयुक्तरूपमा विभिन्न बजार अनुगमन गर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँका बजारमा विगतको समयमा चामल प्रतिकिलो रु ८० पर्नेमा हाल रु ११०देखि १२०, खाने तेल रु ४००, दाल रु १००, गोलभेँडा रु १६० पुगेको छ । आलु प्रतिकिलो रु १००, भिन्डी रु ७०, काउली रु ९०, रायोको साग मुठाको रु ५०, लौका र फर्सी प्रतिकिलो रु ४० देखि ५० पुगेको उपभोक्ताको गुनासो छ । 


Advertisment
Nabil box
Kumari

डोटीमा साग तरकारीलगायत अन्य खाद्यान्न वस्तुमा समेत व्यापारीले मनपरि मूल्य बढाएको गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन्, ‘आफुखुसी दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरी बिक्री वितरण गर्ने व्यापारीलाई कानुनबमोजिम कारबाही गरिने छ, आफुखुसी मूल्यवृद्धि गर्न पाइँदैन ।’

Vianet communication
Laxmi Bank

बजार मूल्यमा एकरुपता कायम गराउन तथा तोकिएको मूल्यभन्दा बढी मूल्य नलिनसमेत जिल्ला प्रशासनले सबैमा आग्रह गरेको छ । पछिल्लो केही दिनयता जिल्ला प्रशासनले प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, एयरपोर्ट तथा सिलगढीका बजारमा अनुगमनलाई तीव्रता दिएको छ । 

दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नहोस् र उपभोक्ता नठगिऊन् भन्ने उद्देश्यले प्रभावकारी बजार अनुगमन शुरू गरिएको प्रशासकीय अधिकृत दीपा जोशीले बताइन् । उनले भनिन्, ‘तोकिएको मूल्यभन्दा बढी रकम लिएर उपभोक्ता ठग्ने जोसुकैलाई तत्काल कारबाही गर्छौँ ।’

जिल्लामा मूल्यवृद्धिको कारण देखाइ यहाँका व्यापारीले हरेक वस्तु तथा सेवामा कालोबजारी गर्ने, मनोमानी मूल्यवृद्धि गर्ने, मिति सकिएको वस्तु बिक्री वितरण गर्ने गरेका कारण दिनहुँ उपभोक्ता ठगिने गरेको गुनासो आउने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख निराजन मगरले बताए । 

अनुगमनमा टोलीले यहाँको गोपघाट, कालागाढ, बानीड्ग्रीसैनलगायत क्षेत्रमा रहेका पसलमा पनि अहिले अनुगमन गरिरहेको छ । उपभोक्ताका अनुसार यहाँका सहरसहित ग्रामीण क्षेत्रका पसलमा व्यापारीले मनपरि मूल्य लिने गरेका छन् । 

अनुगमन समितिले यहाँका प्रमुख बजारसहित अन्य बजारमा मूल्यसूची, अखाद्य वस्तु भए÷नभएका बारेमा जानकारी लिनाका साथै गोदाममा कति खाद्यवस्तु मौज्दात छ सो विषयमा जानकारी लिन थालेको छ । जिल्लामा उपभोक्ताको अनुहार हेरेर खाद्य वस्तुदेखि अन्य सामानको मूल्य निर्धारण गर्ने चलन रहेको दिपायल सिलगढी नगरपालिका–९ का  रामसिंह साउदले बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x