कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
साउन १७, २०७९
ललितपुर महानगरपालिकाभित्रको सडकमा नगरपालिकाको सक्रियतामा गरिएको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र महानगरबीच विवाद भएको छ । ललितपुरको नख्खु सडक र बखुन्डोलमा सडक जाम हुने समस्या हटाउन महानगरपालिकाले एकतर्फी सवारी आवत जावतको व्यवस्था गरेको र प्रहरीले भने हटाइदिएको कारण विवाद उत्पन्न भएको हो ।
ती ठाउँको सडकमा अत्यधिक जाम हुने समस्या समाधानको लागि सडकलाई एकतर्फी बनाएर समस्या समाधान गरेको तर, प्रहरीले पनि त्यसमा असहयोग गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।
सवारी ‘वान वे’ बनाउन राखिएका ट्राफिक संकेतका सामग्री प्रहरीले उठाएपछि महानगरपालिकाका प्रमुख महर्जनले उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीदेखि आईजीपी धिरजप्रताप सिंहसँग समेत कुराकानी गरेको तर उनीहरु महानगरपालिकाको काममा सकारात्मक नभएको उनले बताए ।
सडकलाई ‘वान वे’ बनाउँदा ट्राफिक प्रहरीसँग समन्वय नगरेको भन्दै प्रहरीले सडकमा राखेका ट्राफिक संकेत उठाएको थियो । ललितपुर महानगरका प्रमुख महर्जन भने एक साता अघि नै प्रहरीलाई पत्र पठाएको तर त्यसको जवाफ नआएपछि मौन स्वीकृति ठानेर काम गरिएको उनले बताए ।
आफूले ती क्षेत्रका सडकमा एकतर्फी सवारी चल्ने व्यवस्था मिलाएर सडक जामको समस्या समाधान गरेपछि सबैतिरबाट स्याबासी पाएको तर, ट्राफिक प्रहरीले भने कुरा नबुझेको महर्जनले बताए ।
बखुन्डोलको ब्रिटिस स्कुल नजिक र नख्खु पुलबाट चक्रपथतर्फ आउँदा दायाँतर्फ मोड्न नपाइने नियम बसालेपछि ट्राफिक जाम हटेको महर्जनको दावी छ । सवारी जाम हुने समस्या समाधान गर्न यसअघि पनि विभिन्न ठाउँको सडक एकतर्फी बनाइसकिएको उनले बताए । अहिले एकतर्फी बनाएको आठौं र नवौं सडक रहेको महर्जन बताउँछन् ।
प्रहरीका उच्च अधिकारीहरुसँग सडक व्यवस्थापनबारे विवाद भए पनि महर्जनले भने पुनः ती स्थानमा ट्राफिक राखेर सडकलाई एकतर्फी बनाएर फर्किएका छन् ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...