
जब हामीले अल्कलाइन डाइटको विषयमा कुरा गर्छाैं भने पीएच लेबलको पूर्ण सम्झना हुन्छ । अल्कलाइन डाइटलाई एसिड अल्कलाइन डाइट या अल्कलाइन एस डाइट भनेर पनि चिनिन्छ । यस डाइटले हाम्रो शरीरमा पीएच लेबल मेन्टेन गर्न मद्दत गर्दछ ।
पीएचको काम शरीरमा एसिड र अल्कलाइन मात्राको सन्तुलन स्थापित गर्नु हो । अल्कलाइन डाइट यस कुरामा आधारित छ कि हामीले खाएको खाद्य पदार्थ जुन हाम्रो शरीरमा एसिड (अम्ल) को निर्माण गर्दछ, अल्कलाइन खाद्य पदार्थ (क्षारीय खाद्यपदार्थ) को सेवन गर्नाले हाम्रो शरीरमा पीएच लेवल सन्तुलन गर्दछ ।
जुन मान्छे यो डाइट नियमित सेवन गर्छन्, उनीहरूको भनाइमा यो भोजनले एसिडिटी, ग्यास्टिक, अल्सर र क्यान्सरलाई समेत फाइदा पुर्याउने कुरा प्रस्ट्याएका छन् ।


कहिलेकाहीँ हाम्रो शरीरले उपपाचन सिस्टम (मेटापोलिक), जसले खानालाई टुक्र्याएर इनर्जी दिने काम गर्छ, जसले ठीक ढंगले काम गर्दैन, तब केमिकल रिएक्सन बढ्दै जान्छ । अल्कलाइन भोजन गर्नेहरूको भनाइ छ कि पाचनको दौरानमा खाना पच्दैन र यसले हाम्रो शरीरको एसिड या अल्कलाइनमा असर पार्छ । यस्तो अवस्थामा शरीरले धेरै एसिड उत्पादन गर्छ र नोक्सान पुर्याउन थाल्छ ।
अल्कलाइन भोजनको विषयमा कुरा गर्दा पीएच लेवलको महत्त्वपूर्ण हुन्छ । पीएचको रेन्ज ० देखि १४ को बीचमा हुन्छ । एसिडिक ० दशमलब ० देखि ६ दशमलब ९ रहन्छ र ७ न्युट्रल हुन्छ । अल्कलाइन या बेसिक ७.१ देखि १४ सम्म रहन्छ ।

आधुनिक युगमा आएर अल्कलाइन भोजनलाई एसिडिक खाना, न्युट्रल खाना र अल्कलाइन खाना गरी ३ परिकारको खानामा विभाजन गरिएको छ । एसिडिक खानामा रातो मासु, माछा, कुखुरा, गहुँ, अल्कोहल र चकलेट जस्ता परिकार समावेश छन् भने न्युट्रल खानामा प्राकृतिक तेल, अन्य तेल, दूध र क्रिमहरू समावेश छन् । अल्कलाइन खानामा प्रायः सबै फलफूल र सागपात तरकारी पर्छन् ।
के हो त अल्कलाइन भोजन ?
हामीले खाने सात्विक भोजनलाई नै अल्कलाइन भोजन भन्न सकिन्छ । अल्कलाइन पानी पनि त्यतिकै लोकप्रिय हुँदै गएको छ । हाम्रो खानामा क्षार र अम्लको सन्तुलन हुन जरुरी हुन्छ । हाम्रो प्राचीन लोक खाना शाकाहारी भोजन नै अल्कलाइन भोजन हो, जसमा सागसब्जी, गेडागूडी, फलफूल र ड्राइफ्रूट आदि सबै अल्कलाइन भोजन हुन् । भेगान डाइट पनि एक अल्कलाइन डाइट हो ।

प्रशोधन र परिरक्षक (प्रिजरभेटिभ) गरिएका भोजन अल्कलाइन भोजन होइनन्, जुन भोजनले हाम्रो शरीरलाई दीर्घकालीन फाइदा पुर्याउँदैन । ताजा फलफूल, तरकारी, गेडागुडी जस्ता बिरुवा आधारित खाना (पौधे) हरूलाई अल्कलाइन भोजनमा समावेश गरिएका हुन्छन् ।
अल्कलाइन भोजन बोट आधारित आहारलाई खाने तरिकाको रूपमा परिभाषित गर्न सकिन्छ, जुन बिरुवाहरूबाट उत्पन्न हुने खानाहरू समावेश हुन्छन् । वनस्पति आधारित आहार सेवन गर्नाले हामी सबैले आफ्नो पशु उत्पादनहरूको सेवन कम गर्नमा ध्यान केन्द्रित गर्छ । अल्कलाइन अर्थात् शुद्ध शाकाहारी बन्ने सरल कार्यले हाम्रो समाज र मूलग्रहको स्वास्थ्यमा नै फरक पार्नेछ ।
अल्कलाइन पानी के हो ?
यदि हामीले पिउने पानीमा ७ पीएचभन्दा माथि छ भने यो प्राकृतिक हुन्छ तर ७ पीएचभन्दा कम छ भने यसको स्वभावमा एसिडिक हुन्छ । तसर्थ हामीले पिउने पानीको पीएचको स्तर ७ देखि ९ को बीचमा राख्न जरुरी हुन्छ ।

बेकिङ सोडा एक उच्चक्षारीय (अल्कलाइन) सामग्री हो, तसर्थ ६०० मिली लिटरपानीमा १/८ टेबल स्पुन बेकिङ सोडा या मिठा सोडा हालेर पानीको अल्कलाइन मात्रा बढ्छ । पानीमा कागतीको टुक्रा हालेमा पनि पानीको क्षारीय बढ्न गई पिउनयोग्य हुन्छ । एक जगपानीमा एउटा कागती काटेर पानीमा हाली ८–१२ घण्टा राखेर पिउनाले स्वास्थ्यमा धेरै नै फाइदा पुर्याउँछ ।