×

NMB BANK
NIC ASIA

जब हामीले अल्कलाइन डाइटको विषयमा कुरा गर्छाैं भने पीएच लेबलको पूर्ण सम्झना हुन्छ । अल्कलाइन डाइटलाई एसिड अल्कलाइन डाइट या अल्कलाइन एस डाइट भनेर पनि चिनिन्छ । यस डाइटले हाम्रो शरीरमा पीएच लेबल मेन्टेन गर्न मद्दत गर्दछ । 

Muktinath Bank

पीएचको काम शरीरमा एसिड र अल्कलाइन मात्राको सन्तुलन स्थापित गर्नु हो । अल्कलाइन डाइट यस कुरामा आधारित छ कि हामीले खाएको खाद्य पदार्थ जुन हाम्रो शरीरमा एसिड (अम्ल) को निर्माण गर्दछ, अल्कलाइन खाद्य पदार्थ (क्षारीय खाद्यपदार्थ) को सेवन गर्नाले हाम्रो शरीरमा पीएच लेवल सन्तुलन गर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुन मान्छे यो डाइट नियमित सेवन गर्छन्, उनीहरूको भनाइमा यो भोजनले एसिडिटी, ग्यास्टिक, अल्सर र क्यान्सरलाई समेत फाइदा पुर्‍याउने कुरा प्रस्ट्याएका छन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

कहिलेकाहीँ हाम्रो शरीरले उपपाचन सिस्टम (मेटापोलिक), जसले खानालाई टुक्र्याएर इनर्जी दिने काम गर्छ, जसले ठीक ढंगले काम गर्दैन, तब केमिकल रिएक्सन बढ्दै जान्छ । अल्कलाइन भोजन गर्नेहरूको भनाइ छ कि पाचनको दौरानमा खाना पच्दैन र यसले हाम्रो शरीरको एसिड या अल्कलाइनमा असर पार्छ । यस्तो अवस्थामा शरीरले धेरै एसिड उत्पादन गर्छ र नोक्सान पुर्‍याउन थाल्छ ।

अल्कलाइन भोजनको विषयमा कुरा गर्दा पीएच लेवलको महत्त्वपूर्ण हुन्छ । पीएचको रेन्ज ० देखि १४ को बीचमा हुन्छ । एसिडिक ० दशमलब ० देखि ६ दशमलब ९ रहन्छ र ७ न्युट्रल हुन्छ । अल्कलाइन या बेसिक ७.१ देखि १४ सम्म रहन्छ ।

आधुनिक युगमा आएर अल्कलाइन भोजनलाई एसिडिक खाना, न्युट्रल खाना र अल्कलाइन खाना गरी ३ परिकारको खानामा विभाजन गरिएको छ । एसिडिक खानामा रातो मासु, माछा, कुखुरा, गहुँ, अल्कोहल र चकलेट जस्ता परिकार समावेश छन् भने न्युट्रल खानामा प्राकृतिक तेल, अन्य तेल, दूध र क्रिमहरू समावेश छन् । अल्कलाइन खानामा प्रायः सबै फलफूल र सागपात तरकारी पर्छन् ।

के हो त अल्कलाइन भोजन ?

हामीले खाने सात्विक भोजनलाई नै अल्कलाइन भोजन भन्न सकिन्छ । अल्कलाइन पानी पनि त्यतिकै लोकप्रिय हुँदै गएको छ । हाम्रो खानामा क्षार र अम्लको सन्तुलन हुन जरुरी हुन्छ । हाम्रो प्राचीन लोक खाना शाकाहारी भोजन नै अल्कलाइन भोजन हो, जसमा सागसब्जी, गेडागूडी, फलफूल र ड्राइफ्रूट आदि सबै अल्कलाइन भोजन हुन् । भेगान डाइट पनि एक अल्कलाइन डाइट हो ।

प्रशोधन र परिरक्षक (प्रिजरभेटिभ) गरिएका भोजन अल्कलाइन भोजन होइनन्, जुन भोजनले हाम्रो शरीरलाई दीर्घकालीन फाइदा पुर्‍याउँदैन । ताजा फलफूल, तरकारी, गेडागुडी जस्ता बिरुवा आधारित खाना (पौधे) हरूलाई अल्कलाइन भोजनमा समावेश गरिएका हुन्छन् ।

 अल्कलाइन भोजन बोट आधारित आहारलाई खाने तरिकाको रूपमा परिभाषित गर्न सकिन्छ, जुन बिरुवाहरूबाट उत्पन्न हुने खानाहरू समावेश हुन्छन् । वनस्पति आधारित आहार सेवन गर्नाले हामी सबैले आफ्नो पशु उत्पादनहरूको सेवन कम गर्नमा ध्यान केन्द्रित गर्छ । अल्कलाइन अर्थात् शुद्ध शाकाहारी बन्ने सरल कार्यले हाम्रो समाज र मूलग्रहको स्वास्थ्यमा नै फरक पार्नेछ ।

अल्कलाइन पानी के हो ?

यदि हामीले पिउने पानीमा ७ पीएचभन्दा माथि छ भने यो प्राकृतिक हुन्छ तर ७ पीएचभन्दा कम छ भने यसको स्वभावमा एसिडिक हुन्छ । तसर्थ हामीले पिउने पानीको पीएचको स्तर ७ देखि ९ को बीचमा राख्न जरुरी हुन्छ ।

बेकिङ सोडा एक उच्चक्षारीय (अल्कलाइन) सामग्री हो, तसर्थ ६०० मिली लिटरपानीमा १/८ टेबल स्पुन बेकिङ सोडा या मिठा सोडा हालेर पानीको अल्कलाइन मात्रा बढ्छ । पानीमा कागतीको टुक्रा हालेमा पनि पानीको क्षारीय बढ्न गई पिउनयोग्य हुन्छ । एक जगपानीमा एउटा कागती काटेर पानीमा हाली ८–१२ घण्टा राखेर पिउनाले स्वास्थ्यमा धेरै नै फाइदा पुर्‍याउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x