कात्तिक १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
विश्व संस्कृत दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गर्ने गरी विशेष सम्मान र रु. एक लाख राशिको शोधवृत्ति (रिसर्च फेलोशिप)को घोषणा भएको छ । जरो किलो प्रतिष्ठान नेपालले उक्त विशेष सम्मान र शोधवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।
संस्कृतका क्षेत्रमा प्रभावकारी योगदान पुर्याएका वरिष्ठ एवं वयोवृद्ध विद्वान–विदुषीमध्येबाट एक जनालाई समष्टि योगदानको कदर हुने गरी विशेष सम्मान गरिने निर्णय भएको विश्व संस्कृत दिवसका संकल्पकर्ता एवं काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले बताए ।
संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तुबारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई शोधवृत्ति (रिसर्च फेलोशिप) प्रदान गरिने पनि डा. अधिकारीले बताए । शोधवृत्ति (रिसर्च फेलोशिप) को नामकरण उपनिषद्कालीन ऋषि उद्दालक आरुणिको नामबाट गरिएको छ । ऋषि आरुणिले विज्ञानका आधारभूत विधि परीक्षण र पर्यवेक्षणको प्रयोग गरी अनुसन्धान गरेको एवं गराएको साक्ष्य छान्दोग्य उपनिषद्बाट प्राप्त हुने इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्मका अन्तरराष्ट्रिय अध्यक्ष पनि रहेका डा. अधिकारीले स्पष्ट पारे । आरुणि संस्कृत शोधवृत्तिअन्तर्गत तयार हुने कृतिको प्रकाशन जरो किलो महाअभियान परिवारले गर्ने महाअभियानका संस्थापक उपाध्यक्ष डा. गोविन्दशरण उपाध्यायले जानकारी दिए ।
यसै वर्ष घोषणा गरिएको विशेष सम्मान प्रा.डा. दीर्घराज घिमिरेलाई प्रदान गरिने विश्व संस्कृत दिवस कार्यपरिषद्ले जानकारी दिएको छ । प्रा. घिमिरेले नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनका साथै स्वतन्त्र रूपमा पनि अनुसन्धान, लेखन, प्रवचन आदि मार्फत संस्कृतका क्षेत्रमा पुर्याएको समष्टि योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ । प्रा.डा. घिमिरे सनातन विद्वत् परिषद्का अध्यक्ष पनि हुन् ।
यसैगरी, आरुणि संस्कृत शोधवृत्ति त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिँदैछ । अद्वैतवेदान्त दर्शनमा विद्यावारिधि शोधार्थी तिमिल्सिना संस्कृत पाठ्यपुस्तक लेखन, अनुवाद, अनुसन्धान एवं भाषा प्रशिक्षणमा पनि सक्रिय रहेका छन् । तिमिल्सिनाले राज्यराष्ट्र पुस्तकलाई संस्कृत भाषामा अनुवाद एवं सम्पादन गरेको योगदानको कदर गर्दै आरुणि संस्कृत शोधवृत्ति प्रदान गरिएको हो । शोधवृत्तिले संस्कृतका क्षेत्रमा शोध संस्कृतिको प्रवर्धनमा योगदान पुर्याउने अपेक्षा राखिएको विश्व संस्कृत दिवस कार्यपरिषद्का संयोजक एवं नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. माधवप्रसाद पाण्डेयले बताए ।
सम्मान र शोधवृत्ति यही साउन २७ गते आयोजना हुने पाँचौँ विश्व संस्कृत दिवसको मूल समारोहमा प्रदान गरिनेछ । प्रत्येक वर्ष तिथिअनुसार श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा वि.सं. २०७५ सालदेखि भएको हो ।
यस वर्ष पाँचौँ विश्व संस्कृत दिवस नेपाललगायत करिब ३० देशमा मनाइने अपेक्षा गरिएको छ । पाँचौँ विश्व संस्कृत दिवसको आयोजनाका लागि नेपाल र विदेशका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था, धार्मिक संस्था एवं संस्कृत अभियानकर्ताहरूको सहकार्य रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...