×

NMB BANK
NIC ASIA

कृषि पढ्दै, व्यवसाय गर्दै

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकि किताबी ज्ञानले मात्रै पुग्दैन्, त्यो ज्ञान प्रयोगात्मक रुपमा पनि आउनुपर्छ भन्ने मान्यतालाई आत्मसात् विद्यार्थीहरु किताब मात्रै होइन, प्रयोगात्मक पनि गर्छन् । 

Muktinath Bank

त्यही प्रयोगात्मकअन्तर्गत तुलसीपुर– १२ स्थित मेट्रो कलेजका विद्यार्थीहरु पढ्दै, सिक्दै व्यवसाय गर्दै आएका छन् । कृषि र वन विज्ञानका विद्यार्थीहरु सिजनअनुसार व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । “हामी किताबी ज्ञानमा मात्रै नभएर व्यवहारिक शिक्षामा पनि जोड दिने गरेका छौँ”, कृषि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सन्दीप मल्लले भने, “त्यसैले हामीले विगतदेखि नै पढाइसँगसँगै व्यावसायिक रुपमा विभिन्न खेतीमा पनि जोडिने गरेका छौँ ।” कृषि विषय बढी प्रयोगात्मक जोडिने भन्दै यसलाई ध्यानमा राखेर अध्ययनलाई अघि बढाएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पढ्ने मात्रै नभएर पढ्ने–कमाउने गर्दा आफूहरुलाई झनै सहज हुन थालेको विद्यार्थी  प्रतीक्षा डाँगीले बताइन् । “पढाइ पनि हुने, ज्ञान पनि आर्जन हुने र कमाई पनि हुने भएपछि हामी खुसी छौँ”, उनले भनिन् । सैद्धान्तिक मात्रै नभएर व्यावहारिक शिक्षा नै अहिलेको अपरिहार्यता भएको भन्दै त्यसै अनुरुप शिक्षण गराउने गरेको कृषि विषयका शिक्षक घनश्यम केसीले बताए । उनका अनुसार आफूहरुले बाटो देखाउने र विद्यार्थीहरुलाई त्यही आधारमा व्यावसायिक खेती गर्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यसअघि टमाटर खेती गरेको विद्यार्थीहरुले अहिले व्यावसायिक रुपमा पुष्प खेती सुरु गरेका छन् । कलेजको करिब तीन कट्ठा जग्गामा गौरव ५५५ जातको सयपत्री खेती गरिएको छ । समय सान्दर्भिक पनि भएको र व्यावसायिक रुपमा पनि आम्दानी गर्न सकिने भएपछि अहिले सयपत्री खेती गरेको उनले बताए

Vianet communication
Laxmi Bank

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त कलेजमा अहिले विभिन्न पाँच कार्यक्रम सञ्चालित छन् । कलेज प्रमुख वसन्त आचार्यका अनुसार डिप्लोमा तहको मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, फरेष्ट्री र प्लान्ट साइन्सको पढाइ भइरहेको छ । त्यस्तै प्री डिपेमामा आइटी विषय पढाइ रहेको उनले बताए । अहिले जिल्ला बाहिरबाट पनि विद्यार्थी आउने गरेका छन् ।

निम्न वर्गका लक्षित गरेर सञ्चालनमा आएको मेट्रो कलेजले प्राविधिक शिक्षामा पहुँच स्थापित गर्नका लागि विभिन्न छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ । हरेक ३ वर्षमा एक लाख ५० हजार शुल्क रहे पनि तुलसीपुरभन्दा बाहिरका लागि एक लाख २५ हजार लिने गरिएको छ । त्यस्तै तुलसीपुर भित्रका लागि एक लाख, उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट एसइई गरेका  छात्रालाई निःशुल्कसमेत पढाउने व्यवस्था रहेको छ । यस्ता करिब एक सयजना विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गरिसकिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x