×

NMB BANK
NIC ASIA

सरकारले बर्खास्त गरेका नेवानि अध्यक्ष अधिकारी नियमित काममा

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गत बिहीवारको मन्त्रिपरिषद्को बैठकबाट बर्खास्तमा परेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् । सरकारले कार्यक्षमताको अभाव र निगमका लागि अयोग्य व्यक्ति भएको निष्कर्ष निकाल्दै बर्खास्त गरेका अधिकारी आइतवार बिहान पौने ११ बजे नियमित झै कार्यकक्ष प्रवेश गरेका छन् । 

Muktinath Bank

अधिकारीलाई सरकारले छानबिन समिति गठन गरेर विभिन्न २२ कारण औँल्याउँदै बर्खास्त गरेको थियो । सरकारले वर्खास्त गरेकै दिन सर्वोच्च अदालतले त्यसअघिको मुद्दामा पर्यटनमन्त्रीलाई ७ दिनभित्र लिखित स्पष्टीकरणसहित उपस्थित हुन आदेश दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यकारी अध्यक्ष अधिकारीलाई पदबाट नहटाउन सर्वोच्च अदातले अन्तरिम आदेशको कार्यान्वयनमा अटेर गरेको भन्दै पर्यटनमन्त्री जीवराम श्रेष्ठलाई अदालतको अवहेलनाको मुद्दामा उक्त आदेश दिएको थियो । 


Advertisment
Nabil box
Kumari

निगमका एक कर्मचारीका अनुसार पुरानै मुद्दामा दिएको आदेशलाई आधार बनाएर अधिकारी आइतवार कार्यालय आएको हुनसक्छ । ‘के भएको रहेछ बुझेर मात्रै भन्न सकिन्छ’, उनले भने ।

Vianet communication
Laxmi Bank

वायुसेवा निगमका कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले भने  ‘अधिकारीले सरकारबाट बर्खास्त भएको जानकारी नभएकोले नियमित काममा आएको भनेका छन् ।’ अधिकारीले कार्यालयमा आएर भटाभट फाइल सदर गरिरहेकोले उनलाई काम गर्न दिनबाट रोक्ने कुँवरको भनाइ छ । ‘बर्खास्तमा परेको व्यक्तिले काम गर्न पाउँदैनन्, अधिकारीले नमाने कार्यकक्षमा तालाबन्दी गर्नेसम्मको तयारी भएको छ’ यो विषयमा निगमका कर्मचारीसँग छलफल गर्दैै छौं,’ कुँवरले भने ।

अधिकारीलाई ४ वर्षको लागि नियुक्त गरेको सरकारले पहिलोपटक असार ९ मा निलम्बन गरेको थियो । तर, उक्त निर्णयविरुद्ध अदालत गएपछि उनलाई नहटाउन अदालतले अन्तरिम आदेश दिएको थियो । त्यसपछि उनी पुनः वायुसेवा निगम फर्किएका थिए । अधिकारीको मुद्दा अदालतमै विचारधीन भएकोले सोको अन्तिम फैसला नहुँदै सरकारले अधिकारीलाई हटाएर महाप्रबन्धकमा दीपुराज ज्वारचनलाई दिएको अस्थायी नियुक्ति कार्यान्वयन नगर्न पनि आदेश थियो । त्यो आदेश अघिल्लै मुद्दाको लागि भएको भन्दै सरकारले भने अधिकारीलाई पुनः हटाएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x