×

NMB BANK
NIC ASIA

नेपाल वायुसेवा निगमको अवस्था

बर्खास्तीमा परेका अध्यक्ष अधिकारी महत्वपूर्ण फाइल लिएर फरार

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले बर्खास्त गरेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी महत्वपूर्ण फाइल लिएर फरार भएका छन् । बिहीवार सरकारको बर्खास्तीमा परेका अधिकारी आइतवार बिहान पौने ११ बजे कार्यालय प्रवेश गरेको र महत्वपूर्ण फाइल लिएर पौने १२ बजे कार्यालयबाट बाहिरिएको निगमका कर्मचारीले बताएका छन् । 

Muktinath Bank

वायुसेवा निगमका कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरका अनुसार अधिकारीले गुण्डागर्दी शैलीमा कार्यालय प्रवेश गरेका थिए । उनले भने ‘निगमका कर्मचारी ड्युटीमा रहेका बेला अधिकारी जबरजस्ती कार्यालय प्रवेश गरेर महत्वपूर्ण फाइलसहित बीएए ६०३९ को सरकारी गाडी लिएर फरार भएका छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुँवरले भने ‘अधिकारीले ४÷५ जना बाहिरबाट गुण्डा लिएर आएका रहेछन् । निगमका कर्मचारी सबै काममा थिए । उनले जबरजस्ती कार्यालय प्रवेश गरेर एक घण्टामै केही फाइल लिएर निस्किएका छन् ।’


Advertisment
Nabil box
Kumari

अधिकारीलाई निलम्बन गरेको पत्र नपुगेकोले उनी कार्यालय प्रवेश गरेको हुनसक्ने पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले बताए । उनका अनुसार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भइसकेकोले पत्र पाउन ढिलो भएको भए पनि त्यसरी गैरजिम्मेवारीपूर्ण काम भने अधिकारीले गर्नु हुँदैन थियो । यो विषयमा के भएको रहेछ आफूले पनि थप बुझ्नुपर्ने उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

गत बिहीवारको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

अधिकारीले लिएर गएको भनिएका केही निर्णयहरू

 

 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x