×

NMB BANK
NIC ASIA

एनसेलले ल्यायो युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ ।  इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो ।

Muktinath Bank

ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबार (साउन २३) बाट यो सिम लिन सक्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्स सहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् ।


Advertisment
Nabil box
Kumari

यसका साथै युवाहरुको लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन् ।  

Vianet communication
Laxmi Bank

यति मात्र हैन यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिन सम्म माईफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन् । माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरि ती पाँच माईफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।

यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सीम सुचारु गरेको २ देखि ६ महिनाको अवधि भित्र रु ५० वा सोभन्दा बढि रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुनेछ । 

निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना संचालनमा रहने छ । ग्राहकले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्छन्  र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा धेरै भन्दा धेरै कुराकानी गर्न सक्छन् ।

यसै प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्यूजीक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्ने कम्पनीले जनाएको छ ।

यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।

युवाहरुद्वारा निकै नै रुचाइएको ‘सही यो ! पावर सिम’ स्टार्टर प्याक विशेष र बन्डलिङसहित अझै धेरै सेवा सुविधाका साथ ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । यो योजनाले युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास रहेको एनसेलले जनाएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x