कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
साउन २३, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरु दर्ता हुने क्रम सुरु भएको छ । आइतबार निर्वाचन आयोगमा पाँच वटा दल दर्ता भएका छन् । आयोगले आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेकामा सो दिन ५ दल दर्ता भएका हुन् ।
आयोगका अनुसार पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । यस्तै मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल पनि दर्ता भएका छन् । आयोगले तोकेको समयभित्र निर्वाचनमा भाग लिने सबै दल दर्ता भइसक्नुपर्नेछ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आइतबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताए ।
००००
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
००००
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो । महाभियोग सिफारिस समितिमा पठाइएसँगै यसको दिनगन्ती शुरू भएको छ । महाभियोग सिफारिस समितिमा पठाइएको तीन महिनाभित्र यसको टुंगो लाग्नु पर्नेछ ।
००००
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।
००००
वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा तरलता अभाव र संकुचनकारी कर्जा विस्तारको नीतिका कारण पनि २३.१४ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । सञ्चालनमा रहेको २६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८–७९ को एक वर्षमा ७४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यस्तो नाफा अघिल्लो वर्ष ६० अर्ब ६० करोड रुपैयाँ मात्रै थियो । यो अवधिसम्ममा वाणिज्य बैंकहरूले ४४ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४० खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तो कर्जा विस्तार गर्दा बैंकहरूको खुद ब्याज आम्दानी १ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने दाबी गरेका छन् । कति दलभन्दा पनि कति मत भन्ने कुराले चुनावमा अर्थ राख्ने उनको भनाइ थियो । भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको केन्द्रीय समिति बैठकलाई आइतवार ललितपुरमा सम्बोधन गर्दै ओलीले चुनावमा गठबन्धनलाई हराउने दाबी गरेका हुन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १० दशमलव २७ अंकले उकालो लागेर दुई हजार एक सय २३ दशमलव ८२ मा पुगेको छ ।
००००
पछिल्लो २४ घण्टामा मुलुकभर ५ सय ५३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ३ हजार ७ सय ८९ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ ।
००००
१ नम्बर प्रदेश सभाको १०औं तथा बजेट अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आइतवारदेखि अर्को सूचना जारी नभएसम्म प्रदेश सभाको चालू बैठक स्थगन भएको जानकारी दिए ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...