×

NTC

युक्रेनबाट गोप्य दस्तावेज भयो लीक, सेना धराशायी हुने स्थितिमा

साउन २३, २०७९

IME BANK INNEWS
Sarbottam
Premier Steels
Marvel

युक्रेनी सेनाले लीक गरेको भनेको गोप्य दस्तावेजले युद्धमा मरेका युक्रेनी सैनिकको वास्तविक संख्या खुलाएको छ । 

yONNEX
Sagarmatha Cement

टेलिग्राम च्यानलहरूमा भाइरल भएको युक्रेनी भाषाको दस्तावेजको आधिकारिकताका विषयमा कसैले पनि गम्भीर आपत्ति नजनाएकाले त्यसलाई नपत्याउनुपर्ने कारण देखिन्न । 


Advertisment
RMC TANSEN
shivam ISLAND

ती दस्तावेजहरूमा उल्लेख गरिएअनुसार, युक्रेनी सेनाका १ लाख ९१ हजार मानिस युद्धमा कि मारिएका छन् कि घाइते भएका छन् । यस संख्यालाई ३ः१ अनुपातले हिसाब गर्ने हो भने ५० हजारजना मारिएको हुनुपर्छ । अनि १ लाख ४० हजार युद्ध गर्न नसक्ने गरी घाइते भएको हुनुपर्छ । 


Advertisment
Kumari
MAW JCB

युद्धका क्रममा बेपत्ता भएका मानिसको लेखाजोखा गरिएको छैन । ती बेपत्ताहरू कि युद्धमा मारिएका छन्, कि रुसीहरूद्वारा युद्धबन्दी बनाइएका छन् कि मैदानबाट भागेका छन् । अघि उल्लेख गरिएको १ लाख ९१ हजारमध्ये आधाजस्तो यसरी बेपत्ता भएका हुन सक्छन् । त्यो भनेको ९५ हजार मानिस हुन् । 

Vianet communication
Laxmi Bank

युद्ध शुरू हुने बेलामा युक्रेनी सेनासँग २ लाख ६० हजार सैनिक थिए भने सीमा गश्ती, प्रहरी, भूमि प्रतिरक्षा बल लगायत गरी ३ लाख ४० हजार सशस्त्र बल थिए । 

यो लीक सही हो भने आधा जति अर्थात् ३ लाखजना युद्ध लड्न नसक्ने भइसकेका छन् । 

युक्रेनका स्वास्थ्य केन्द्रहरूमा धेरै घाइतेहरू राखिएकाले सेवा दिन नसक्ने स्थिति छ । गम्भीर घाइते भएकाहरूलाई पोल्यान्ड, जर्मनी र युरोपका अन्य मुलुकमा लगिएको छ । 

युक्रेनी सेनाले हातहतियार र युद्ध उपकरण गुमाउँदै लगेका छन् । विशेषगरी एम७७७ हावित्जर तोपका विषयमा युक्रेनी सेनाले गुनासो गरिरहेको छ किनकि त्यो चलाउनका लागि तेल, हाइड्रलिक फ्युल र नाइट्रोजन आवश्यक हुन्छ । लामो समयसम्म जाने युद्धका लागि यो हतियार टिकाउ छैन । 

लीक गरिएका यी दस्तावेजहरू कैयौं दिनदेखि इन्टरनेटमा घुमिरहेका छन् । युक्रेनीहरूले यो झूटो दस्तावेज हो भन्न सकेका छैनन् । त्यसैले युक्रेनी सेना धराशायी हुनै लागेको देखिन्छ । 

यो युक्रेनका लागि भयावह स्थिति हो । यी ३ लाख मानिस राष्ट्रपति  भोलोदीमीर जेलेन्स्की, नवनाजी समूह तथा तिनीहरूका अमेरिकी मालिकको अहंकारको शिकार बन्न बाध्य भएका छन् ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २०, २०८०

मस्को– रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x