×

X
Nic Asia
Dabur
Khukuri

पहिलोपटक अमेरिकी नौ सेनाको जहाज भारतमा मर्मत गरिँदै

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारत र अमेरिकाबीच गत अप्रिलमा भएको मन्त्रीस्तरीय बैठकको सकारात्मक परिणाम देखिन थालेको छ । अप्रिलमा दुई देशका रक्षामन्त्री तथा विदेशमन्त्रीबीच वार्ता भएको थियो । उक्त वार्तापछि पहिलोपटक अमेरिकी नौ सेनाको जहाज मर्मतका लागि भारत आएको छ । अमेरिकी नौसेनाको उक्त जहाजको मर्मत भारतको एलएन्डटीको तामिलनाडुस्थित शिपयार्ड गरिने छ । 

LAxmi BAnk
nabil BANK inside

११ दिनमा मर्मत सकिने 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

ताइवान मामिलामा चीनसँग सम्बन्ध बिग्रिएको बेला अमेरिकी नौ सनाले जहाज मर्मतका लागि भारत ल्याएको हो । दुई देशका मन्त्रीहरूबीच चीनको गतिविधिलाई मध्यनजर गर्दै भारत र अमेरिकाबीच सुरक्षा क्षेत्रमा सहयोग बढाउने सहमति भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

पछिल्लोपटक अमेरिकी नौ सेनाको जहाज ‘चाल्र्स ड्रिउ’ मर्मतका लागि भारत आइपुगेको छ । उक्त जहाजको मर्मतसम्बन्धी कार्य एलएण्डटीको काटुपल्लीस्थित शिपयार्डमा गरिनेछ । जसमा ११ दिन लाग्ने अनुमान गरिएको छ । आगामी दिन थप अमेरिकी जहाजहरू मर्मतका लागि भारत आउनसक्ने बताइएको छ । 


Advertisment
Saurya island

अमेरिकी जहाजलाई लिन भारतीय रक्षा सचिव डा.अजयकुमार, भाइस चिफ अफ नेवल स्टाफ कमाण्डिङ रियर एडमिरल एस वेंकट तथा रक्षामन्त्रालयका उच्च अधिकारीहरू शिपयार्ड पुगेका छन् । चेन्नईस्थित अमेरिकी दूतावासका काउन्सिल जनरल जुडिथ रभिन र नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका रक्षा सहचारी रियर एडमिरल माइकल बेकर पनि शिपयार्ड पुगेका छन् । 

भारतीय रक्षासचिव डा. अजयकुमारले भारतीय शिपयार्ड उद्योग र भारत–अमेरिका सम्बन्धका लागि यो ऐतिहासिक दिन भएको बताएका छन् । उनले अमेरिकी नौ सेनाको जहाजलाई भारतमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

युरोपेली आयोगले युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले  सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा "दबाब बढाउँने ...

मंसिर २२, २०७९

उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागूऔषध तस्करको मृत्यु भएको छ ।  थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ‘गोल्डेन ट्रायङ्गल’ नजिकै लामो...

मंसिर २२, २०७९

विगत एक दशमा मानिसहरूको बदलिँदो मानसिक स्थिति जान्न र उनीहरूको भावना बुझ्नका लागि ग्यालप वर्ल्ड पोलले १५० देशका १२ लाख मानिसमा सर्वेक्षण गरेको छ ।  सर्वेक्षणको निष्कर्षअनुसार, १० वर्ष पहिले महिला र पुरु...

मंसिर २२, २०७९

हिमाचल प्रदेशमा सत्तारूढ भारतीय जनता पार्टी पराजित हुने संकेत देखिएको छ ।  दिल्लीको नगर निगम चुनावमा १५ वर्षपछि सत्ताच्युत भएको भाजपा हिमाचलबाट पनि बिदाइ लिने तर्खर गरिरहेको छ ।  ताजा मतगणन...

मंसिर २२, २०७९

भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको ...

मंसिर २२, २०७९

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेक...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x