असोज १५, २०८०
नेसनल पेमेन्ट गेटवे (एनपीजी)सम्बन्धी प्रकरणमा नेपाल सरकारका बहालवाला सचिवसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत स्वीकृत गरेर ...
आइतवार सार्वजनिक भएको तलबमान लागू नभए पनि आफूहरूको आन्दोलन नरोकिने नायब सुब्बाहरूले चेतावनी दिएका छन् । संघीय निजामति ऐन संशोधन नभएसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको अडान छ । ‘तलबमानको विषय मात्रै सम्बोधन हुँदा हाम्रो आन्दोलन रोकिँदैन, स्वतन्त्र निजामति कर्मचारी संगठनका अध्यक्ष पशुपति पोखरेलले भने, ‘यसअघि नासु बचाउ आन्दोलनका क्रममा उठाइएका सबै माग पूरा नभएसम्म आन्दोलन रोक्ने पक्षमा छैनौँ ।’
सरकारले प्रस्तावित संघीय निजामति ऐनमा आफूहरूको माग सम्बोधन नगरेको भन्दै उनीहरूले गएको सोमवारदेखि नै आन्दोलन थालेका थिए । नायब सुब्बा पदमा १० वर्ष काम गरेकालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामति ऐन राख्नुपर्ने उनीहरूको माग छ । उनीहरूले आफ्ना मागहरू सम्बोधन नभए देशभरका २० हजार नायब सुब्बाहरूलाई आन्दोलनमा उतार्ने चेतावनी दिएका छन् ।
नायब सुब्बा बचाउ अभियन्ता उत्तम कटुवालले प्रस्तावित संघीय निजामति ऐनमा नायब सुब्बाहरूको माग सम्बोधन नगरी अन्यायमा पारिएको बताए । उनले नायब सुब्बाको बढुवामा ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको मूल्यांकन अंकभार हुनुपर्ने बताए । राज्य सञ्चालनमा आफूहरूको महत्वपूर्ण योगदान रहेको नायब सुब्बाहरूको दाबी छ ।
उनीहरूले प्रस्तावित ऐनमा संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न समयसीमा किटानका साथै सबै तहमा एउटै मितिबाट लागू हुनेगरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुने व्यवस्था गर्न माग गरेका छन् । राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिष्पर्धाको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।
नेसनल पेमेन्ट गेटवे (एनपीजी)सम्बन्धी प्रकरणमा नेपाल सरकारका बहालवाला सचिवसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत स्वीकृत गरेर ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैंका लागि स्वदेश फर्किने यात्रुहरूलाई कानूनले छुट सुविधा दिएका तथा व्यक्तिगत प्रयोजनमा भन्सार तिरेर ल्याउन पाउने समान मात्र ल्याउन आग्रह गरेको छ । पछिल्लो समय ...
राजधानीको चन्द्रागिरीबाट घुससहित एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ स्थित वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी...
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी हुनुपर्ने, स्थानीय सेवाकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बन्नुपर्ने, ट्रेड युनियन अधिकार उपलब्ध हुनुपर्ने लगायतका मागसहित स्थानीय तहका कर्मचारीहरू आन्द...
उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा सोमवार भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो ...
हुण्डी कारोबारमा संग्लग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड १ लाख ८६ हजार ८ सय बिगो माग दाबी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रतिवादीहरूविरुद्ध विदशी विनिमय नियमन गर्ने ऐन २०१९...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...