×

NMB BANK
NIC ASIA

आयोजना सम्पन्न भयो तर आएन धारोमा पानी

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको चरम अभाव छ । माझी बस्तीवासीले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तीन वर्ष अघि शुरू गरेको ‘माझी बस्ती लिफ्ट खानेपानी योजना’ निर्माण सम्पन्न भए पनि पानी आउन नसक्दा घरमा रित्तो धारो एक वर्षदेखि हेर्दै छन् माझी समुदाय । विसं २०४८ मा बागलुङ पोखरा सडकखण्ड विस्तारको क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बांगेचौर खेल मैदानमा राखियो ।

Muktinath Bank

नगरपालिकाको पहलमा वडा नं १ को रामरेखास्थित कालीगण्डकी किनारामा तीन वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर उपलब्ध गराइएकोे थियो । माझी बस्तीमा १४ नमूना घर निर्माणसँगै उनीहरूले आफ्नै घर पाए पनि अन्य सेवा सुविधा पाउन सकेका छैनन् । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि तीन वर्ष अघिदेखि शुरू भएको खानेपानी आयोजना एकवर्ष अघि नै सकियो, ट्यांकी, धारोलगायत पूर्वाधार निर्माण भइसक्यो तर एक वर्षदेखि पानी भने खस्न सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । एक घर एक धारा पुर्‍याउने माझी बस्तीमा खानेपानी आयोजना निर्माण गर्दा झण्डै रु ३० लाख खर्च भइसकेको र पानी बिनाकै धारो बनेको पनि एकवर्ष पुगिसकेको छ । दैलोमा खानेपानीको धारो बनेको एक वर्ष बित्दासमेत खानेपानी नआएको माझी समुदायको गुनासो छ । 


Advertisment
Nabil box
Kumari

कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब ५०० मिटरमाथि तानेपछि नमूनामा बस्तीमा खानेपानी वितरण गर्ने योजना अधुरै बनेको बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर केसीले बताए । उनले नयाँ जनप्रतिनिधि आएपछि तत्कालै आयोजना पनि सञ्चालन गर्नका लागि काम थालिरहेको बताए । 

Vianet communication
Laxmi Bank

कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी आउन नसकेको माझी बस्ती खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले बताए । उनले कोरोनामा आफैँ बिरामी भएर महिनौँ बस्दा आयोजनामा समय दिन नसकेको भन्दै खानेपानी कार्यालयसँग समन्वय गरेर विद्युत् जडान गरी पानी तान्नका लागि पहल गरिने जानकारी दिए । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर ईश्वरीप्रसाद शर्माले हिउँदभित्रै माझी बस्तीमा खानेपानी ल्याउनेगरी कार्यालयले काम गरिरहेको जानकारी दिएका छन् । ‘हामीले आयोजना सम्पन्न भयो भन्ने हिसाबले अघिल्लो दुई आर्थिक वर्ष अघिको योजनालाई हेर्‍याैँ, पानी खसाल्ने काम उपभोक्ता समितिको समन्वयममा हुनपर्दथ्यो, अब हामी स्थलगत अनगुमनपछि आवश्यक बजेट खर्चेर पानी तान्ने उपकरण जोड्नेछौँ ।’ रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x