×

NMB BANK
NIC ASIA

अभ्यासका क्रममा चीन किन प्रहार गर्दैछ समुद्रमा क्षेप्यास्त्र ? यस्तो छ रणनीतिक कारण

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले ताइवान नजिक गरिरहेको सैन्य अभ्यासका क्रममा समुद्रमा क्षेप्यास्त्र समेत प्रहार गरिरहेको छ । 

Muktinath Bank

चिनियाँ जनमुक्ति सेनाले गरिरहेको यो अभ्यासलाई कतिपयले शक्तिप्रदर्शन मात्र भनेका छन् । तर यो ताइवान पुनरेकीकरणतर्फको पहिलो पाइला भएको चिनियाँ वेब डिभलोपर किवे वोङ लेख्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले ताइवान टापुको पूर्वतर्फ रहेको स्थानमा तारो छानीछानी प्रहार गरिरहेको छ । ताइवानले पनडुब्बीहरू कहाँ लुकाएको छ भन्ने कुरा चिनियाँ सेनालाई थाहा छ भन्ने जनाउ दिनका लागि यही लक्षित स्थानमा क्षेप्यास्त्र प्रहार गरिएको हो । 


Advertisment
Nabil box
Kumari

ती पनडुब्बीहरूमा आणविक हतियार समेत राखिएका छन् । ती हतियारले चीनका प्रमुख शहरलाई ध्वस्त पार्न सक्छन् । 

Vianet communication
Laxmi Bank

चीनले युद्धको तयारीका लागि दुई लाख सैनिकहरू परिचालन गरेको छ । त्यसको मूल्य १ अर्ब डलरभन्दा बढी छ । 

अब चीन पछि हट्ने अवस्थामा छैन । यस सैन्य कारवाहीको एक मात्र लक्ष्य छ– ताइवान पुनरेकीकरण । 

चिनियाँ सेनाले न्यान्सी पलोसीलाई ताइवान अवतरण गर्नबाट रोकेन । त्यसले गर्दा अधिकांश चिनियाँहरू निराश भए । बलियो शत्रुविरुद्ध भिड्न चीन बलियो नरहेको जस्तो सन्देश गयो भन्दै चिनियाँहरूले निराशा व्यक्त गरे । 

तर लाओ चुको अध्ययन गरेका चिनियाँ सैन्य अधिकृतहरूका लागि पलोसीलाई रोक्नु ठूलो भूल हुने थियो । 

आफूले चाहेको कुरा पाउनका लागि विपक्षीले खोजेको अलिकति केही देऊ भन्छन् लाओ चु । 

विपक्षीलाई कमजोर बनाउनका लागि ऊ आफूभन्दा बलियो छ भन्ने अनुभव गर्न देऊ । 

यस प्राचीन ज्ञानले चीनलाई पुनरेकीकरणतर्फको प्रमुख पाइला चाल्न मद्दत गरेको छ । 

गत शुक्रवार चिनियाँ सेनाका सयवटा लडाकू विमानहरू ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा प्रवेश गरेका थिए । यसको अर्थ हुन्छ, ताइवानको उक्त क्षेत्रको अब कुनै महत्त्व छैन । 

शनिवार चिनियाँ जलसेनाका जहाजले ताइवान जलसन्धिको मध्यवर्ती रेखा पार गरे । अब मध्यवर्ती रेखा अनि विदेशी शक्तिको जलआवागमन स्वतन्त्रताको कुनै औचित्य छैन । 

चीनले रक्तपात नगरिकन ताइवानलाई पुनरेकीकरण गराउनेछ । चिनियाँ सेनाले ताइवानलाई नष्ट पार्ने लक्ष्य लिएको छैन । ऊ विदेशी शक्तिको हस्तक्षेप रोक्न मात्र चाहन्छ । 

पृथक्तावादीहरूसँग लाग्नुमा कुनै फाइदा छैन, उल्टो घाटा मात्र छ भन्ने कुरा ताइवानी जनताले छिट्टै बुझ्नेछन् । 

विदेशी शक्तिहरू संसारभरि लडाइँमा व्यस्त हुँदा चिनियाँ सेनाले दुई दशकदेखि पुनरेकीकरणका लागि तयारी गरिरहेको छ । 

चीनले त्यसका लागि उपयुक्त उपाय अपनाउनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x