कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
मध्यपुरथिमि नगरपालिकामा यस वर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीवार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रवार मनाइने भएको छ ।
नगरपालिकाले सोमवार सरोकारवालाहरूसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो ।
पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन साउन २७ गते परेको छ । नगरपालिकाले आयोजना गरेको छलफलमा सरोकारवालाले नेवारी परम्परागत संस्कृतिमा एकैदिन २ पर्व मनाउन व्यावहारिक नभएको बताएको थियो ।
उनीहरूले ज्योतिषशास्त्र अनुसार तिथिमिति मिलाएर सांस्कृतिक पर्व मनाउनुपर्ने भए पनि नेवारी संस्कृतिमा कतिपय अवस्थामा सो अव्यावहारिक हुने गरेको विषय उठान गरेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।
पात्रोअनुसार साउन २६ गते बिहान पौने ११ बजेदेखि २७ गते बिहान सवा ७ बजेसम्म पुर्णिमा तिथि रहेको छ । सोअनुसार २६ गते नै जनैपूर्णिमा मनाउने निर्णय गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
छलफलमा वडा नम्बर ८ बोडेको ऐतिहासिक एवं धार्मिक महत्त्वको निलबाराही देवगणको द्यः प्याखँ गाईजात्राको भोलिपल्ट द्वितीयादेखि प्रदर्शन गर्नुपर्ने परम्परा रहेकाले सोही अनुसार गर्न २७ गते गाईजात्रा मनाउनुपर्ने सुझाव द्यः प्याखँका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले दिएका थिए ।
थिमिको लाय्कू भैलः प्याखँका गुरु अर्जुन श्रेष्ठले पनि ललितपुर र भक्तपुरका ज्योतिष र संस्कृतिकर्मीसँग छलफल गरी भैलः प्याखँ पनि साउन २८ गते प्रदर्शन गर्ने तयारी भएको जानकारी दिँदै स्थानीयले सोहीअनुसार तयारी गरेको बताए ।
छलफलमा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष, स्थानीय संस्कृतिकर्मी र थिमिमा ज्योतिषविद्को सहभागिता रहेको थियो ।
यसअघि भक्तपुर नगरपालिकाले पनि तलेजुका पुजारीसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको थियो ।
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...