×

X
Nic Asia
Marvel
Khukuri

ग्यासको प्रयोगमा १५ प्रतिशत कटौती गर्ने ईयूको योजना कार्यान्वयनमा

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ (ईयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना मङ्गलबारदेखि लागू भएको छ ।

DHARA
LAxmi BAnk

दुई साताअघि २७ राष्ट्रसम्मिलित यूरोपेली संघ (ईयू) ले सहमति गरेको उक्त योजनालाई समेटेर ईयूको नियम सोमबार युरोपेली सङ्घको आधिकारिक प्रशासनिक पत्रमा प्रकाशित गरिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

“यूक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले मङ्गलबारदेखि कार्यान्वयनमा ल्याइएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यसको उद्देश्य अत्यधिक चिसो समयलाई आफ्नो ग्याँसको भण्डारलाई समयमै बलियो बनाउन सक्षम हुनुपर्ने र यसका लागि ईयूले यो निर्णय गरेको हो । युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रूसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय भएको विज्ञप्तिमा बताइएको छ ।


Advertisment
Bizbazar
Saurya island

पत्रमा भनिएको छ, “ईयू देशहरूले उनीहरूले अघिल्लो पाँच वर्षमा औसतमा कति प्रयोग गरे भन्ने आधारमा यही अगष्टदेखि अर्को वर्षको मार्चसम्म ‘कम्तिमा १५ प्रतिशत’ ग्यास खपत घटाउन आफ्नो सर्वोत्तम प्रयास प्रयोग गर्नेछन् ।”  

केही ईयू देशहरूले यस नियमलाई कडाइका साथ पालना असम्भव भएको भन्दै नियम कार्यान्वयन गर्न मानिरहेका थिएनन् । उनीहरूले कुनै पनि अवस्थामा ‘स्वैच्छिक माग कटौती’ गर्ने सर्त राखेका थिए । यी देशहरू युरोपेली विद्युत् ग्रीडमा पूर्णरूपमा जडान गरिएका थिएनन् वा ईयूका अन्य भागहरूमा ग्यास पाइपलाइनहरूसँग वा अन्य सदस्य राष्ट्रहरूलाई मद्दत गर्न पर्याप्त पाइपलाइन ग्यास खाली गर्न असमर्थ थिए ।

Vianet communication
IME BANK INNEWS

रुसबाट सिधै ल्याइने ग्यासमा निर्भर रहेको हंगेरीले यसको अपवादको माग गरेको थियो । ईयूको आर्थिक महाशक्ति जर्मनीले गत वर्ष रूसबाट आयात हुने ४० प्रतिशत ग्यास आयातमा ठूलो हिस्सा ओगटेको थियो । 

यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्याँस कटौतीका लागि बाध्यकारी बनाउँदछ र अपवादहरू सीमित गर्दछ ।

इयूले यूक्रेन युद्धका लागि मस्कोमाथि लगाएको प्रतिबन्धमा रूसी ग्यासलाई समावेश नगरे पनि ब्रसेल्सले युरोपलाई बलियो बनाउन सक्ने अनुमानसहित ब्रसेल्सका लागि हुने आपूर्तिमा पनि क्रेमलिनले भारी कटौती गरेको छ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

नोर्ड स्ट्रिम १ र २ पाइपलाइनबाट मङ्गलबार डेनमार्कको जल क्षेत्रमा  ग्यास चुहावट  भएको छ ।  चुहावटले २०० देखि १,००० मिटर व्याससम्म त्यसको प्रत्यक्ष असर परेको डेनिस सेनाले जनाएको छ। सबैभन्दा ठूलो चुह...

असोज ११, २०७९

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ऋण प्रवाहको बावजुद पाकिस्तानको मुद्रामा लगातार  गिरावट आइरहेको  छ। सत्ता गठबन्धन साझेदारको सल्लाहमा अनावश्यक रूपमा आयात बिल तिर्ने सरकारको निर्णयको त्रुटिले गर्दा ...

असोज ११, २०७९

कर्मचारीको विज्ञापन आह्वान गर्दा विभिन्न योग्यता माग गरिन्छ, अनुभव, कार्यशैलीमा ध्यान दिइन्छ ।  चीनको एक शैक्षिक कम्पनीका प्रमुखले आवेदकको मोबाइल नम्बरको पाँचौं अंक ५ भएमा जागिर नपाइने शर्त राखेको पाइएको ...

असोज ११, २०७९

बंगलादेशमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।  दुर्घटनामा अझै केही  बेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको  ...

असोज ११, २०७९

फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किएभ पुगेकी छन् । रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमणका लागि कोलोना मंगलबार किएभ पुगेकी हुन् । ‘शुभ ...

असोज ११, २०७९

विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ ।  कोरोना भाइरस विरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको ह...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x