×

NMB BANK
NIC ASIA

भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भारतबाट घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।  नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ ।  

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकका अनुसार चारजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूका कोरोना देखिएको हो । कोरोना सङ्क्रमण देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ  । उनले भने, “सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल घुम्न आउनेहरूको पनि कोरोना परीक्षण गर्ने गरेका छौँ, पोजेटिभ देखिएमा भारततिरै फर्काउने गरिएको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको छ । भारतसँग सीमा जोडिएको झुलाघाट नाका भएर फर्कने अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको हो । झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर उक्त नाकाबाट स्वदेश फर्कनेहरूको एन्टीजेन परीक्षण गर्ने गरिएको र परीक्षण गरिएका अधिकांशमा कोरोना पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । साउन पहिलो सातासम्म कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको बैतडीमा अहिले ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 


Advertisment
Nabil box
Kumari

सङ्क्रमण पुष्टि भएकाहरू समेत सिधै घर जाने भएकाले समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

Vianet communication
Laxmi Bank

विपद् व्यवस्थापन समितिको बैठक बसालेर जिल्लामा पूर्वतयारी थाल्न निर्देशन दिइएको हो । जिल्ला अस्पतालमा आइसियुसहितका आइसोलेसन सेन्टर, सबै स्थानीय तहमा होल्डिङ सेन्टर, आइसोलेसन, क्वारेन्टिन निर्माण, कोरोना कोष स्थापना, एम्बुलेन्स तयारी अवस्थामा राख्न, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउनेलगायत निर्णय गरिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म तीन हजार तीनसय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमणकै कारण १९ जनाको ज्यान गइसकेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x