कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
बुटवल, साउन २४ । बुटवलको मुख्य बजार अन्तर्गत राजमार्ग चौराहा– चिडियाखोला सडक खण्ड ।
पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलोले सवारी देख्न नसकिने अवस्था ।
वर्षायाम शुरू भए यता सानो पानी पर्दा समेत सडकमा खोलो बग्छ ।
ठूला–ठूला खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उत्तिकै बढाएको छ ।
चार लेनको यो सडकलाई ६ लेनमा विस्तार शुरू गरेको ६ वर्ष हुँदा समेत ठेकेदार कम्पनीको चरम लापरवाहीमा काम हुन सकेको छैन । जसको कारण धुलो र हिलोले बुटवल बजार उकुसमुकुस बनेको छ ।
सडक निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता खारेज गरी कालोसूचीमा राख्नुपर्ने नगरबासीको चौतर्फी माग भइरहेको बेला फेरि छलफलका नाममा बोलाएर पुनः काम गर्ने मौका दिइएको छ ।
बुटवल उपमहानगरपालिकाको अगुवाइमा नगरबासी, नियमनकारी निकाय र सडक निर्माण गर्ने ठेकेदार अमित श्रेष्ठलाई एकैठाउँ जम्मा गराई सफाईको मौकामा जुराइदिएको हो ।
बुटवलका नगर प्रमुख खेलराज पाण्डेको नियत ठीक नभएको निर्माण कम्पनी कन्चनजंघा जेभीलाई भित्री रूपमा साथमा रहेको बताइएको छ ।
ठेकेदारले काम नगरको भन्दै व्यापारिक मार्ग विस्तार आयोजनाले गएको असार १३ गते ठेक्का सम्झौता तोडन सक्ने भन्दै चेतावनी सहितको सूचना प्रकाशित गरेको थियो ।
ठेकेदार श्रेष्ठले पटक–पटक काम गर्छु भनेर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडीओ) सँग प्रतिबद्धता जनाए पनि सडकको निर्माणको काम गरेका छैनन् ।
श्रेष्ठ समय–समयमा सम्पर्कबिहीन भएपछि तत्कालिन रूपन्देहीका प्रजिअ अस्मान तामाङले निगरानीमा राखेका थिए । सडक विस्तार छिटो गर्न पटक–पटक सरोकारवाला निकायमा डेलिगेशन गए पनि ठेकेदारले काम गर्ने जाँगर देखाएनन् ।
तीन वर्षमा सक्ने गरी १७ चैत २०७३ मा सडक विस्तारको ठेक्का सम्झौता भएको थियो । कन्ट्रक्सनका प्रमुख अमित श्रेष्ठले भदौ मसान्तसम्म लुम्बिनी प्रादेशिक अस्पतालमाथिको सडक कालोपत्रे गरीसक्ने दावी गरे ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका कार्यालयहरूबीच समन्वय र सहकार्य आवश्यक रहेकाले जनताको भावनाअनुसार काम गर्न आग्रह ठेकेदारलाई आग्रह गरेका छन्। पाण्डेले निर्माण कम्पनीले गरेको प्रतिबद्धताअनुसार काम गराउन निर्माण आयोजनाले ताकेता गर्नुपर्ने बताए ।
व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख दीपक झाले ठेक्का खारेजीको प्रक्रिया स्वरुप स्पष्टिकरण सोधेको जनाउँदै सन्तोषजनक काम र जवाफ नआए कारवाही गर्न कार्यालय तयार रहेको बताए ।
सडक विस्तारमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यापार व्यवसाय चौपट भएको छ । बुटवलमा आवागमन सहज नहुँदा महंगो भाडा तिरेर व्यवसाय गरेका व्यवसायीहरू निराश छन् ।
कतिपय व्यवसायीले पसल बन्द गरेर अर्कै व्यवसायमा लागेका छन् भने कतिपयले मणिग्रामतिर पसल खोल्न थालेका छन् । बुटवलका व्यवसायी सडककै कारण सवारी साधन र बुटवलको व्यवसाय चौपट भएको बताए ।
५३ करोड ९७ लाख सडक निर्माणको ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले हालसम्म १३ करोडभन्दा बढी रकम भुक्तानी लगिसकेको छ । बुटवलमा सोमबार भएको अन्तरक्रियामा सिद्धार्थ राजमार्गअन्तरगत बुटवल–बेलहिया सडक निर्माणको कामको अनुगमन गर्न २ वटा विशेष अनुगमन सहजीकरण समिति बनाइएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...