×

NMB BANK
NIC ASIA

के हो दक्षिण कोरियाका राष्ट्रपतिले पलोसीलाई भेट्न नचाहनुको असली कारण ?

साउन २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण कोरियाका राष्ट्रपति यून सूक–योलले अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीलाई भेट्न नमान्दा धेरैजना आश्चर्यमा परे ।

Sagarmatha Cement
Muktinath Bank

अमेरिकाको सद्भाव पाएको दक्षिणपन्थी सरकारका प्रमुखले राजधानी सौलमा छुट्टी बिताइरहँदा त्यहाँ पुगेकी पलोसीसँग प्रत्यक्ष भेटघाट गरेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको विशेष कारण छ । पलोसीले ताइवान पुगेर ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) का संस्थापक मोरिस चाङलाई भेटेकी थिइन् । उनले चाङलाई सेमीकन्डक्टर बनाउने कारखाना (फ्याब्रिकेटिङ प्लान्ट) अमेरिकामा बनाउन आग्रह गरिन् । 


Advertisment
Nabil box
Kumari

ताइवानबाट दक्षिण कोरिया पुगेकी पलोसीले त्यहाँ राष्ट्रपति यूनलाई भेटेर सामसङ कम्पनीलाई त्यसैगरी सेमीकन्डक्टर कारखाना अमेरिकामा बनाउनका लागि दबाब दिन खोजेकी थिइन् । 

Vianet communication
Laxmi Bank

अमेरिकी संसद्ले हालै पारित गरेको चिप्स ऐनको लभा उठाउँदै सामसङले कारखाना बनाउनुपर्ने उनको आग्रह थियो । तर त्यसो गर्दा सामसङको अमेरिकी सहायक कम्पनीले चीनलाई सेमीकन्डक्टर चिप बेच्न पाउँदैन । 

अहिले सामसङले निर्यात गर्ने ६० प्रतिशत चिप चीनतर्फ जाने गरेको छ । यूनले पलोसीसँग भेट गरेको भए सामसङ खुशी हुने थिएन । 

अमेरिका मुख्यभूमि चीनलाई चिप्सबाट वञ्चित गर्न मात्र चाहँदैन, अझ अमेरिकामा कारखाना खोलेर प्रविधि हस्तान्तरणका लागि दबाब दिन चाहन्छ । 

ताइवानमा टीएसएमसी नहुन्थ्यो भने त्यहाँको आर्थिक वृद्धि ऋणत्मक हुन पुग्थ्यो । टीएसएमसीले नै ताइवानी अर्थतन्त्रलाई धानिरहेको छ । तर कहिलेसम्म यस्तो स्थिति रहन्छ ? 

अझ त्यसमाथि इन्टेल कम्पनीले सन् २०२४ मा टीएसएमसी हात पार्न लागेको छ । त्यसैले ताइवानको अर्थतन्त्र अहिले नै धरापमा छ । 

तेलको मूल्य प्रतिब्यारल १० डलरमा झरेमा साउदी अरबको अर्थतन्त्र जसरी धराशायी हुन्छ, ताइवानको टीएसएमसीको स्थिति पनि त्यस्तै हो । 

तर तेलको मूल्य नाटकीय ढंगले घटेमा पनि साउदी भूमिमा तेल रहिरहन्छ । 

यता अमेरिकाले टीएसएमसीलाई ताइवानमा नभई अमेरिकी भूमिमा चिप्स बनाउन लगाउन खोज्दैछ । यो ताइवानी अर्थतन्त्रलाई धराशायी बनाउने अमेरिकी योजना हो । 

यस्तै स्थिति दक्षिण कोरियामा नआओस् भनी राष्ट्रपति यूनले पलोसीसँग भेटघाट गर्न नमानेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x