×

NMB BANK
NIC ASIA

टुबोर्गको साथ अमेरिकन आइडल स्टार आर्थर गन् नेपाल आउँदै

साउन २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आईडल' को उपविजेता रहेका आर्थर गन् भनि चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा नेपाल आउने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरुमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आईडल १८औं सिजन' को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढ्यो । प्राय दर्शकहरुले उनलाई उनको अमेरिकन आईडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरु गाएका थिए । उनको प्रस्तुतीलाई सबै ३ निर्णायकहरु द्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटि पेरीले उनलाई 'हि ईज द बेस्ट' भनि प्रशंसा पनि गरेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरु र कलाकारहरुले समस्त कार्यक्रम भरि प्रशंसा गरे । हालसम्म उनले कुल ८ वटा गीतहरु रहेको आफ्नो पहिलो एल्बम, ग्रहण, २०१८ को शुरुवातमा रिलिज गरे र अर्को एल्बम, खोज, २०१९ मा म, खोज र कर्णाली लगायतका गीतहरु सहित जारी गरेका छन् ।

Vianet communication
Laxmi Bank

विश्वभरका दर्शकहरुबाट अपार माया र समर्थन पाएपछि, आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्कने योजना बनाएका छन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एम.एन्. इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन सफल भएको छ जहाँ आर्थरले नेपालको विभिन्न सहरमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्ट भन्छन्, 'टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महसुस गरेका छौं किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरूलाई गौरवान्वित बनाएका छन् ।'

आर्थरले भने, 'अन्ततः मेरो जन्मभूमि नेपाल फर्केर आउन पाउँदा म धेरै खुसी छु । यस टुरलाई सम्पन्न गर्न सहयोग गरेकोमा टुबोर्ग प्रति निकै धन्य छु । म सबैलाई भेट्न र मेरो यात्रामा मलाई साथ दिनुहुने मेरो शुभचिन्तकहरुको माझमा प्रस्तुति दिन निकै उत्साहित छु ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x