×

NMB BANK
NIC ASIA

प्रचण्डले जापान भ्रमणमा दिएको अभिव्यक्तिले नेपालको शीर निहुरिएको छ : खिमलाल भट्टराई

साउन २५, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुरिएको टिप्पणी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपालमा एकपटक पनि नआउनु भएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला २–३ पटक २ मुलुकको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष दाहालले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिंगो मुलुकको शीर निहुरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्व प्रधानमन्त्री र सत्तारुढ दलको जिम्मेवार नेता दाहालले नेपाल भ्रमणमै नआउनू भएका आबेबारे अति हलुका टिप्पणी गरेको भन्दै आपत्ति जनाए । उनले भारत भ्रमणको बेला पनि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

नेता भट्टराईले भने, ‘गठबन्धन भित्रका एक जना सिनियर नेता उहाँले भारतको भ्रमण गर्नुभयो, उहाँले जापानको भ्रमण गर्नुभएको छ तर कसरी भ्रमण गर्दै हुनुहुन्छ ? उहाँ के बोल्दै हुनुहुन्छ र यसले हाम्रो देशको उचाइलाई, हाम्रो देशको राजनीतिलाई, परिवर्तनलाई कस्तो एउटा प्रभाव पारिराखेको छ ? पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि भारत भ्रमण गर्नुभयो । एउटा सिनियर नेताले विदेश भ्रमण गर्दाखेरी देशको उचाइ भन्नुपर्ने हो, जनताको उचाइ माथि हुनुपर्ने हो तर भारत भ्रमण गर्नुभयो, कुन–कुन बैठक गर्नुभयो ? के गर्नुभयो ? एकछिनलाई त्यो छोडिदिऊ । उहाँको तयारीको विषयलाई मात्रै हेर्ने हो भने यहाँ सिनियर नेताहरूले सामाजिक सञ्जालमा लेख्नुभयो, भारतीय प्रधानमन्त्रीसँग भेटेर राष्ट्रियताबारे कुरा हुन्छ, कालपानीको बारेमा, लिम्पियाधुराको बारेमा, लिपुलेकको बारेमा कुरा हुन्छ । एकदम देशको स्वार्थको, देशको हितको कुरा हुन्छ भनियो, लेखियो तर पछि भेटघाटै भएन । त्यत्रो सिनियर नेता पूर्व प्रधानमन्त्री यत्तिकै लुत्रुक्क फर्केको देखियो । यसले हाम्रो देशको यो परिवर्तनलाई देशको राजनीतिलाई कस्तो बनाउँछ ? के हो यो ? अनि जापान भ्रमण जानुभयो । जापान भ्रमणमा जाँदाखेरी उहाँले शासनका साथ भन्नुभयो – पूर्व प्रधानमन्त्री जसले अस्ति भर्खरै हत्या गरिएको छ, सिन्जु आबे नेपाल आएको बेलामा २–२ पटक उहाँसँग कुरा भएको छ नेपालका आपसी हितको बारेमा २–३ पटक कुरा भएको छ विकास निर्माणको बारेमा, गौरवको साथ उहाँले भन्नु भयो । जबकि सिन्जु आबे नेपाल आउनुभएकै थिएन । यस्तो खालको यो हलुका प्रस्तुतिले, हल्का टिप्पणीले के हुन्छ यो ? एउटा सिनियर नेता, देशको जिम्मा लिएको भनौं यत्रो सत्ता गठबन्धन छ हामी चलाएको छौं भनिएको छ तर यस्तो हलुका प्रस्तुति, यस्तो हल्का टिप्पणी, यस्तो हल्का तयारी यो के हो यो ? देश चल्छ ? लोकतन्त्र बलियो हुन्छ, गणतन्त्र चलाउने, संघीयता चलाउने, बलियो बनाउने यस्तै तरिकाले हो ? देशको जिम्मा लिनु भनेको भने यसप्रति मेरो टिप्पणी छ । आलोचना छ । यस्तो नगरौं । यसले देशलाई हल्का बनाउँछ । जनताको शीर निहुर्‍याउँछ । मेरो आग्रह छ ।’

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x