×

NMB BANK
NIC ASIA

स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्छ : पूर्व मुख्यमन्त्री गुरुङ

साउन २५, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्ने बताएका छन् ।

Muktinath Bank

नेकपा एमाले घिरिङ गाउँ कमिटीले बुधवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गुरुङले एमालेले जितेका पालिकालाई सुशासनमा नमूना बनाउनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै पक्षलाई मिलाएर लैजान सके मात्र विकास हुने भन्दै गुरुङले मेलमिलापले मात्रै विकास सम्भव रहेको उल्लेख गरे । ‘जहाँ मेलमिलाप छ, त्यहाँ विकास भएको छ, जहाँ झैझगडा छ त्यहाँ विकास हुँदैन, झैझगडा भए सुशासन पनि हुँदैन,’ गुरुङले भने, ‘विकासको काममा विपक्षीलाई पनि मिलाएर लैजानुपर्छ ।’


Advertisment
Nabil box
Kumari

गुरुङले भ्रष्टाचार नियन्त्रणका लागि नायक भएर काम गर्नुपर्ने बताए । भ्रष्टाचार देश विकासको बाधक भएकाले भ्रष्टाचार नियन्त्रणका लागि संकल्प गर्नुपर्नेमा उनले जोड दिए । सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पनि जनप्रतिनिधिले रक्षा गर्ने गर्नुपर्ने उनको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

‘सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेमा हाम्रै पार्टीका कार्यकर्ता पनि छन्, त्यसको प्रवृत्तिको अन्त्य गर्नुपर्छ,’ गुरुङले भने । 

गुरुङले हरेक काम पारदर्शी हुनुपर्नेमा जोड दिँदै पारदर्शी भए मात्र सुशासन सम्भव रहने धारणा राखे । ‘जालझेल गरेर शासन चलाउन हुँदैन, विधिको शासन ठूलो कुरा हो,’ उनले भने, ‘कानून र विधिलाई ख्याल गर्नुपर्छ ।’

गुरुङले सनकका भरमा शासन गर्न नहुने भन्दै संविधानलाई टेकेर शासन गर्नुपर्ने सुझाव दिए ।

गुरुङले स्थानीय सरकारलाई सबैको सरकार हो भन्ने बनाउनुपर्ने बताए । ‘पालिका हाम्रो हो भन्ने जनतालाई अनुभूति गराउनुपर्छ, दलित, जनजाति, सबै जातजातिलाई अपनत्व दिलाउनुपर्छ,’ उनले भने, ‘विकासमा भेदभाव गर्न पाइँदैन । समावेशी विकास गर्नुपर्छ ।’

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेले जितेका पालिकालाई नमूना बनाउनुपर्नेमा जोड दिए । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सबै जनतालाई हाम्रो सरकार हो भन्ने अनुभूति दिलाउने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x