×

NMB BANK
NIC ASIA

बाल संवेदनशीलताको उल्लंघन

न्यायाधीश, वकीलदेखि प्रहरीसम्मलाई कारवाही गर्न सर्वोच्चको निर्देशनात्मक आदेश [पूर्णपाठसहित]

साउन २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले नवलपरासीको एउटा मुद्दामा अनुसन्धान गर्ने प्रहरी अधिकारी, अभियोजन गर्ने सरकारी वकील, मुद्दा दर्ता गर्ने श्रेस्तेदार तथा मुद्दाको फैसला गर्ने जिल्ला न्यायाधीश समेतलाई विभागीय कारबाही गर्न निर्देशनात्मक आदेश गरेको छ ।
  
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासबाट निर्देशनात्मक आदेश भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

२०७९ असार १६ गते गरिएको निर्देशनात्मक आदेशको पूर्णपाठ आएपछि कारवाहीको कुरा खुलेको हो । बालबालिका संलग्न भएको मुद्दामा बालबालिकाको वैयक्तिक गोपनियता कायम राख्नुपर्ने, बालबालिका र वयस्क प्रतिवादी भएको मुद्दाको अलग अभियोजन तथा कारवाही हुनुपर्ने, बालबालिकाको मुद्दा बाल इजलासबाट नै हेरिनुपर्ने बाध्यात्मक कानूनी व्यवस्थालाई पालना नगरिएकोले सर्वोच्चबाट निर्देशनात्मक आदेश भएको हो ।
 
‘कानून प्रतिकूल काम कारबाही गर्ने अनुसन्धानकर्ता, अभियोजनकर्ता तथा निर्णयकर्ता समेत सम्बद्ध सबैलाई आवश्यक विभागीय कारवाही गर्न समेत अनुसन्धानकर्ताको हकमा प्रहरी प्रधान कार्यालयमार्फत तथा अभियोजनकर्ताको हकमा महान्यायाधिवक्ता कार्यालयमार्फत यो आदेशको प्रतिलिपिसहित लेखी पठाउनू,’ फैसलामा उल्लेख छ, ‘साथै कानूनी प्रावधानको अनदेखा गरी कानून प्रतिकूल काम कारवाही गर्ने मातहत अदालतका अधिकृत लगायत निर्णयकर्ताको हकमा विभागीय कारवाही सहितको प्रभावकारी नियमन व्यवस्था गर्न यस सर्वोच्च अदालत प्रशासन, न्याय परिषद् र न्याय सेवा आयोगमा समेत लेखी पठाउनू ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएका बालबालिकाको वैयक्तिक गोपनीयता कायम राख्नुपर्ने कानूनी प्रावधान विपरीत जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धान अधिकृतले बालबालिकाको नाम नै खोलेको तथा बालबालिका र वयस्कको हकमा छुट्टाछुट्टै अभियोजन गर्नुपर्नेमा गरिएको थिएन ।  
मुद्दालाई अदालतमा अभियोजन गर्ने सरकारी वकीलले समेत बालबालिकाको नाम नै खोलेर मुद्दा अभियोजन गरेको, अदालतका श्रेस्तेदारले पनि त्यही अनुसार मुद्दा दर्ता गर्न लगाएको थियो । त्यसपछि मुद्दा फैसला गर्ने न्यायाधीशले पनि छुट्टै बाल इजलास गठन गरी संयुक्त इजलासमा नै सुनुवाई गरी फैसला गरेको थियो ।


Advertisment
Nabil box
Kumari

मुद्दाको फैसला जिल्ला न्यायाधीश ध्रुवकुमार साहले गरेका थिए । सर्वोच्चको आदेशपछि उनलाई अब न्याय परिषद्ले विभागीय कारवाही गर्नेछ । तत्कालीन जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल र सहायक जिल्ला न्यायधिवक्ता तिलकराम लम्सालले मुद्दाको अभियोजन तथा अदालतमा बहस गरेका थिए ।

Vianet communication
Laxmi Bank

सर्वोच्चको आदेशपछि महान्याधिवक्ता कार्यालयमार्फत ती दुवै जनालाई विभागीय कारवाही हुने भएको छ । त्यतिबेला मुद्दाको अनुसन्धान गर्ने प्रहरी अनुसन्धान अधिकृत तथा मुद्दा दर्ता गर्ने जिल्ला अदालतका श्रेस्तेदारको नाम खुल्न सकेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x