×

NMB BANK
NIC ASIA

अझै घर फर्कन सकेनन् कोशी पीडित

साउन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् ।

Sagarmatha Cement
Muktinath Bank

उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार  राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान नसकेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नंं ३, ५, ८ र ९ का दुई हजार पाँच सय परिवार विस्थापित भएका थिए । 


Advertisment
Nabil box
Kumari

उनीहरूमध्ये दुई हजार परिवार घर फर्किए पनि १ सय सय परिवारका ३ सय भन्दा बढी पीडितहरू अझै घर फर्कन नसकेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । 

Vianet communication
Laxmi Bank

बेलका नगरपालिका वडा नं. ८ को सेतीखोला माध्यमिक विद्यालय ३ कठ्ठे चौरीमा  नगरपालिकाले बाख्रा पाल्न बनाएको खोरमा र बेलका क्याम्पसमा उनीहरू बसिरहेका छन् । 

खोलामा पानीको सतह घटे पनि बेलका ३ को एविसि टापुमा पानी पसिरहेकाले उनीहरूलाई घर पठाउन समस्या भएको मेयर कार्कीले बताए ।  

यसैगरी बाढी पहिरोको निरीक्षणमा निस्केका मुख्यमन्त्री राजेन्द्र राईसँग बाडीपीडितहरूले सहयोग दीर्घकालीन योजना खोजी गरी दिन आग्रह गरेका छन् ।

‘सरकारले दीर्घकालीन योजना ल्याए हामी पटक पटक कोशीका पीडित भन्नु पर्दैन थियो,’ यशोदा कामतले भनिन्,‘नत्र बाढी आए नै पिच्छे घर छाडेर हिँड्नुको हाम्रो विकल्प केही छैन ।’ 

‘एक वर्ष हामी संघर्ष गरेर खाउँला । अहिलेको बाढीले घर बाहेक सबै बगायो । १ बिगाहामा लगाएको धान बारीमा कम्मर भन्दा माथि माथि पानी छ । तर पनि हामी एक वर्ष जसरी पनि गरी खान्छौ  । बनीबुतो गरेर खान तयार छौ । हामीलाई बर्खा लाग्न साथ अब कहिले कोसी आउँछ भनेर दिनरात खोला तिर आँखा लगाएर बस्नु नपरोस् । सरकारले तटबन्ध गरिदिए  हामीलाई  केही दिनु पर्दैन,' कोसी पीडित प्रकाश माझीले भने । 

पीडितहरूको गुनासो सुनेपछि मुख्यमन्त्री राईले दीर्घकालीन योजनाको लागि काम गर्ने बताएका छन् ।

‘भारतसँग भएको कोसीको सन्धि सम्झौताका बारेमा प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउँछु,’ उनले भने,‘संघीय सरकारले कूटनीतिक छलफल गरेर हामीलाई अधिकार दिए तत्काल कोशी बस्तीमा पसेको ठाउँमा रोकथाम गर्न सकिन्छ ।’

प्रदेश सरकारले विस्थापित बनेकाहरूलाई खान बस्नेको जिम्मा प्रदेश सरकारले गर्ने समेत बताएका छन् । 

कोभिड सङ्क्रमणबाट मुक्त भएपछि पीडितको गुनासो सुन्न पुगेका मुख्यमन्त्री राईले मेसमा पकाएको खाना पनि खाएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x