×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

प्रधानमन्त्री कार्यालयको सवारीसाधन कर्मचारीका सन्तानलाई, प्राधिकरणमा कुलमानको कमाल

साउन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी पछिल्लो २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्धनमा व्यापक अनियमितता भएको पाइएको छ । अन्य निकायलाई मितव्ययिताका लागि निर्देशन दिने प्रधानमन्त्री कार्यालयमै सवारी साधनको चरम दुरुपयोग हुने गरेको छ ।मापदण्डविपरीत कर्मचारीहरूले दोहोरो सवारी सुविधा लिनेदेखि मर्मतकै नाममा अस्वाभाविक खर्च गर्ने गरेको देखिन्छ । यहाँसम्म कि निजी नम्बर प्लेटका सवारी साधनलाई समेत इन्धन तथा मर्मतका लागि पटक पटक भुक्तानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतको दाबी छ ।

Muktinath Bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बा १ झ ८८२१, बा १ झ ९१७४, बा १ ग २३९७, बा १ झ ८६१० नम्बरको चारवटा स्टाफ बस छन् । केही तल्लो तहका कर्मचारीहरू स्टाफ बस पनि चढ्छन् र सवारी सुविधा पनि लिएका छन् । ‘मोटरसाइकल र स्कूटर लिने कतिपय कर्मचारीहरू स्टाफ बस चढ्छन् । उनीहरूले लिएका साधन भने तिनका घरपरिवारका सदस्यले चढ्ने गरेका छन्’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले लोकान्तरसँग भने, ‘त्यसैगरी केही शाखा अधिकृत र उपसचिवले चारपाङ्ग्रे गाडीका साथै मोटरसाइकल पनि बुझ्नुभएको छ । कार्यालय आउँदा चारपाङ्ग्रे गाडी चढेर मोटरसाइकल भने घरपरिवारका सदस्यलाई प्रयोग गर्न दिने गर्नुभएको छ ।’
अझै रोचक कुरा के भने परिवारका सदस्यले चढेका ती सवारी साधनलाई पनि इन्धनको भुक्तानी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै हुने गरेको छ ।
००००
भारतीयसँगै नेपाली मुद्राको अवमूल्यनका कारण पछिल्लो समय डलर निकै महंगो पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मूल्यअनुसार अहिले १ अमेरिकी डलर खरिद गर्न नेपाली मुद्रा १२७ रुपैयाँ ७६ पैसा खर्च गर्नुपर्छ । डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदै जाँदा नेपालमा विदेशी मुद्राको सञ्चिति घटेको अवस्था छ । निर्यातको तुलनामा आयात निकै बढी हुँदा डलर आम्दानीभन्दा खर्च उच्च छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रामा प्रत्यक्ष असर परेको बताए ।
००००
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । मन्त्री खड्का र विदेशमन्त्री वाङबीच बुधबार साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै मन्त्रीहरुले नेपाल–चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै आपसीहितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् ।
००००
सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बुधबार उक्त निवेदन दर्ता गर्न आदेश दिएको हो । अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र ज्योतिदेव पनेरुले दायर गरेको रिट निवेदन बिहीबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेका थिए ।
००००
कुनै समय सञ्चित घाटा रु ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले नाफामा वृद्धि गर्न सफल भएको छ । पछिल्लो पटक प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७–७८ मा रु छ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८–७९ मा नाफालाई बढाएर रु १६ अर्ब नौ करोड बराबर पुग्ने प्रक्षेपण गरेको छ । हाल प्राधिकरणमा कुलमान घिसिङ नेतृत्वमा छन् । 
००००
प्रतिनिधि सभाको बुधबारको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एकचौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि संख्या नपुगेपछि स्थगित भएको हो । बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए ।
००००
पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार ६ हजार ७०५ जनामा गरिएको परीक्षणमध्ये ६६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो  । यससँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ । काठमाडौं उपत्यकामा ३०० जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ५३, भक्तपुर १८ र काठमाडौंमा २२९ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
००००
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ ।
००००
बझाङको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका ३ जनाले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार बुधवार विहान आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा भेटिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धन सुरु गरेको छ ।
००००
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन महाअभियोग सिफारिश समितिका सदस्यसँग आग्रह गरेका छन् ।
बुधवार सिफारिश समितिका सदस्यहरूसँगको भेटमा सापकोटाले महाअभियोगको काम अगाडि बढाउन आग्रह गरेका हुन् ।
००००
बुधबार काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एकघरमा आगलागी भएको हो । सुरक्षाकर्मीले दमकलको सहयोगमा आगो निभाएका थिए ।
००००
नेकपा एमालेको केन्द्रीय स्कूल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवासंघ लगायत जनसंगठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई ३ दिने प्रशिक्षण दिइने उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x