×

NMB BANK
NIC ASIA

सप्तरीमा नौ हजार मतदाता थपिए

साउन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त संख्यामा मतदाता थपिएका हुन् ।

Muktinath Bank

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा चार हजार आठ सय ३९ पुरुष र चार हजार दुई सय ७५ महिला मतदाता थपिएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु गरेर बिहीवार निर्वाचन आयोग पठाउने जिल्ला निर्वाचन अधिकारी जोशीले बताए । निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने जोशीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

आयोगले जिल्लामा निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रहरी कार्यालय कञ्चनरूप र बोदे बर्साइनबाट मतदाता नामावली संकलन गरेको थियो । स्थानीय तह निर्वाचनमा जिल्लामा दुई लाख १३ हजार आठ सय ९२ पुरुष, एक लाख ९८ हजार पाँच सय ३२ महिला र २१ अन्य गरी चार लाख १२ हजार चार सय ४५ मतदाता थिए । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन् ।

Vianet communication
Laxmi Bank

सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै यही साउन २० गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगन भएको छ । मतदाता नामावली ऐन २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन (साउन १९ गते)सम्म संकलित र मतदान हुने मिति (मंसिर ४ गते)भन्दा अघिल्लो दिन १८ वर्ष उमेर पुग्ने व्यक्तिले मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रकिया प्रारम्भ भएको आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली दाबी विरोधसहितको अद्यावधिक कार्य सम्बन्धित निर्वाचन कार्यालयमा नै सञ्चालन हुने आयोगले जनाएको छ । सो अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, झुठा विवरणको विरोधमा उजुरी दिन, दोहोरो नामावली हटाउन, मृत्यु भएकाको नाम हटाउन, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भए पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।

मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न भएपश्चात प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका सहसचिव तथा प्रवक्ता पौडेलले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x