मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
भाइ–बहिनीको सम्बन्ध सबैभन्दा अनौठो र अनमोल मानिन्छ । उनीहरूबीच जति झगडा हुन्छ, उनीहरूबीचको माया पनि उत्तिकै धेरै हुन्छ । भाइ–बहिनी एकले अर्काको खुट्टा पनि तान्छन् भने अरु कसैले केही भनेमा रक्षाकवच बनेर पनि उभिन्छन् ।
भाइ–बहिनी शब्द नै यस्तो हो, जसले सजिलै भावनात्मक सम्बन्धमा जोडिदिन्छ । यसका लागि रगतको नाता नै जोडिनुपर्ने जरुरी छैन । भाइ–बहिनी हरेक सम्बन्धभन्दा माथि हुन्छ ।
बलिवुडमा केही उदाहरणहरू छन्, जो रगतको सम्बन्धले भाइ–बहिनी होइनन् तर, उनीहरूबीच विशेष सम्बन्ध छ ।
आलिया भट्ट र पूजा भट्ट
बलिवुडको ए–लिस्ट अभिनेत्री आलिया भट्ट र उनकी दिदी पूजा भट्ट आपसमा नजिक छन् । उनीहरू सहदोर दिदी–बहिनी होइनन् । तर, उनीहरूबीच गहिरो सम्बन्ध छ । आलिया आफ्नी दिदी पूजाको सुझाव हरेक समय लिइरहेकी हुन्छिन् ।
अर्जुन कपुर–जान्ह्वी कपुर र खुशी कपुर
बलिवुड अभिनेता अर्जुन कपुरको आफ्नै बहिनी अंशुला कपुर हुन् । तर, उनको दुई सौतेला बहिनीहरू पनि छन्, जान्ह्वी र खुशी कपुर । उनीहरूबीच गहिरो सम्बन्ध छ । खासगरी अभिनेत्री श्रीदेवीको मृत्युपछि अर्जुनले जान्ह्वी र खुशी कपुरको अभिभावकको जिम्मेवारी पनि बहन गरिरहेका छन् ।
शाहिद कपुर–ईशान खट्टर र सना कपुर
शाहिद कपुरका आफ्नै सहोदर भाइ बहिनी छैनन् । तर, ईशान खट्टर र सना कपुरसँग उनको सम्बन्ध विशेष छ । शाहिद आफ्ना भाइ–बहिनीसँग विशेष सम्बन्ध रहेको बताउँछन् । उनले विभिन्न अन्तर्वार्तामा बताइसकेका छन्, की, ‘भाइ बहिनीबीचको सम्बन्ध खास हुन्छ । त्यसले केही फरक पर्दैन, की उनीहरू सहोदर वा सौतेनी हुन् ।’
सारा अली खान र तैमुर अली खान
बलिवुड अभिनेत्री सारा अलि खानका आफ्नै सहोदर भाइ इब्राहिम अली खान हुन् । तर, सारा करीना र सैफ अली खानका छोरा तैमुर अलीसँग खास लगाव राख्छिन् । तैमुर अहिले सानै छन्, साराले तैमुरसँग आनन्द महसुस गर्छिन् । उनले तैमुरलाई विभिन्न स्थानमा घुमाउन लगेको तस्वीरहरू सामाजिक सञ्जालहरूमा शेयर पनि गर्ने गरेकी छन् ।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’सेन्सर पास भएको छ । फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट (सेन्सर बोर्ड)बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । योसँगै फिल्म हरेक उमेरका दर्शकले ...
प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । शनिवार काठमाडौंमा लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समि...
पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानले स्वर दिएको पहिलो फिल्मी गीत सार्वजनिक भएको छ । ८ सय हाराहारी गीतमा स्वर दिइसकेकी एलिनाले रेखा थापाको फिल्म ‘उपहार’मार्फत पाश्र्व गायनमा डेब्यु ...
जाजरकोटलाई केन्द्रविन्दु बनाएको गएको भूकम्पमा परेर १ सय ५३ जनाले ज्यान गुमाए । २ सय जनाभन्दा बढी घाइते भए । थुप्रै परिवार प्रभावित भएका छन् । भूकम्पबाट प्रभावितका लागि थुप्रैतिरबाट राहतको घोषणा एवं वितरण ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...