मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
श्रावण पूर्णिमा, ऋषितर्पणी, जनै पूर्णिमा एवं क्वाती पुह्नी सँगसँगै विश्व संस्कृत दिवस शुक्रवार मनाइँदैछ ।
विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजना गरिएको छ । विश्व संस्कृत दिवस जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि मनाउन थालिएको हो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. दीर्घराज घिमिरेलाई संस्कृत विशेष सम्मान गरिँदैछ । त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई १ लाख रुपैयाँ राशिको आरुणि संस्कृत शोधवृत्ति पनि सोही कार्यक्रममा प्रदान गरिँदैछ ।
तिमिल्सिनाद्वारा संस्कृत भाषामा अनुवाद एवं सम्पादन गरिएको पुस्तक ‘राज्यराष्ट्रम्’को लोकार्पण पनि शुक्रवार नै गरिँदैछ । पुस्तकका मूल लेखक डा. निर्मलमणि अधिकारी, डा. गोविन्दशरण उपाध्याय र सुशील गौतम छन् ।
पाँचौं विश्व संस्कृत दिवसको मूल समारोहको आयोजनामा नेपालबाट नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठ, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, जरो किलो प्रतिष्ठान नेपाल, जयतु संस्कृतम् संस्थाको सहकार्य रहेको छ ।
यसैगरी सनातन धर्म महासंघ नेपाल, सहृदयता समाज नेपाल, युगनिर्माण महिला समाज नेपाल, राष्ट्रिय हिन्दू एकता मञ्च र हिमवत् आर्ष प्रज्ञा पनि आयोजक समूहमा छन् । अन्तर्राष्ट्रिय क्षेत्रबाट इन्टरनेसनल फेडेरेसन अफ् सनातन धर्म, सहृदयता इन्टरनेसनल यूएसए र नेपाली हिन्दू फोरम यूके लगायतका संस्थाहरू पाँचौं विश्व संस्कृत दिवसका आयोजक छन् ।
प्रत्येक वर्ष तिथिअनुसार श्रावण पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि भएको हो । यस वर्ष पाँचौं विश्व संस्कृत दिवस नेपाल लगायत करीब ३० देशमा मनाइने भएको विश्व संस्कृत दिवस कार्यपरिषद्का संयोजक डा. माधवप्रसाद पाण्डेयले जानकारी दिए ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...