×

NMB BANK
NIC ASIA

एमाले सचिवालय बैठकद्वारा ७ निर्णय (विज्ञप्तिसहित)

साउन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको बिहीबार सम्पन्न सचिवालय बैठकले चुनाव केन्द्रित विभिन्न ७ वटा निर्णय गरेको छ । जसअनुसार बैठकले घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको हो ।  समितिको संयोजक अध्यक्ष केपी शर्मा ओली नै हुनेछन् भने सदस्यहरूमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

Muktinath Bank

बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौँमा बस्ने निर्णय गरेको छ ।     बैठकले केन्द्रीय कमिटीमा केही नेतालाई मनोनयन गरेको छ । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) छन् ।  त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्णय विज्ञप्तिमा-


Advertisment
Nabil box
Kumari

नेकपा (एमाले) सचिवालयको ११ औं बैठक बिहीबार पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । 
बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्यूरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौँमा बस्ने निर्णय गरेको छ । साथै, सचिवालय बैठकले निम्नानुसार विभिन्न निर्णय गरेको छ ।
१.     बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्ठलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ । 
२.     बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, पार्टीको केन्द्रीय विभागका सचिवहरु र जनसंगठनका अध्यक्षहरु र महासचिवहरु रहनुभएको छ । 
३.     बैठकले केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) हुनुहुन्छ । त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको छ । 
४.     बैठकले विभिन्न विभागमा रिक्त रहेका सचिव मनोनयन गरेको छ । विभाग सचिवको जिम्मेवारी पाउनेहरुमा– सुन्दर भुसाल– उद्योग, बाणिज्य तथा आपूर्ति विभाग, विमल शर्मा– कृषि तथा पशुपन्छी विकास विभाग, सुरज अधिकारी– पुस्तकालय तथा अभिलेख विभाग, घनेन्द्र श्रेष्ठ– पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभाग, मेघराज पौडेल– युवा तथा खेलकुद विभाग, एस.जी.शर्मा– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सोभियत ढकाल– विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, केबी उप्रेती–सहकारी तथा गरीबी निवारण विभाग, आरसी लामिछाने–भूमी व्यवस्था विभाग, सन्जीव रोकाहा– विज्ञान तथा प्रविधि विभाग, पुष्कर खाती– सामाजिक सुरक्षा विभाग र गजेन्द्र थपलिया– शहरी विकास विभाग रहनुभएको छ । 
५.     बैठकले केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । जस अनुसार, रामदयाल मण्डल सहइन्चार्ज मधेश प्रदेश, सरोज यादव इन्चार्ज महोत्तरी जिल्ला, प्रमोदनारायण यादव सहइन्चार्ज धनुषा जिल्ला, भीम कार्की उपप्रमुख भूमि व्यवस्था विभाग, कृष्ण थापा इन्चार्ज कास्की जिल्ला रहनुभएको छ । 
६.     बैठकले तीनवटा केन्द्रीय विभाग गठन गरेको छ । जसअनुसार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग र भूमि व्यवस्था विभाग रहेका छन् । 
७.     बैठकले नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि र स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको छ । साथै, पार्टीमा नवप्रवेशीहरुलाई संगठनमा व्यवस्थापन गर्नेबारेमा निर्णय गरेको छ । नवप्रवेशीहरुलाई जिम्मेवारी दिने सम्बन्धमा प्रदेश कमिटीको सिफारिशमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने छ । 
   हार्दिक धन्यवादसहित, 
    
पृथ्वीसुब्बा गुरूङ
उपमहासचिव
प्रमुख, प्रचार तथा प्रकाशन विभाग

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x