कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताएका छन् । चीन भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै उनले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण केही समयदेखि नेपालको तर्फबाट चीनतर्फ उच्चस्तरमा द्विपक्षीय भ्रमण हुन नसकिरहेका अवस्थामा यो भ्रमण महत्वपूर्ण रहेको बताए ।
उनले यस किसिमको भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन २४ देखि २६ गतेसम्म चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका हुन् ।
००००
नेकपा एमालेको बिहीबार सम्पन्न सचिवालय बैठकले चुनाव केन्द्रित विभिन्न ७ वटा निर्णय गरेको छ । जसअनुसार बैठकले घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको हो । समितिको संयोजक अध्यक्ष केपी शर्मा ओली नै हुनेछन् भने सदस्यहरूमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
००००
सत्तारूढ दलको कार्यदल बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनेबारे छलफल भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता देव गुरूङले जानकारी दिए ।
कार्यदलमा पार्टीहरूबीच सिट बाँडफाँटबारे सकारात्मक छलफल भएको उनले बताए । ‘सिट बाँडफाँटका लागि स्थानीय चुनाव, विगतको संसदीय चुनावमा आएका मतलाई हेर्ने कुरा छ । विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन । केही दल पहिले अस्तित्वमा थिएनन् । अहिले उनीहरूलाई पनि सिट दिनुपर्नेछ,’ गुरूङले भने । चुनावमा सिट बाँडफाँटबारे गठबन्धनमा रहेका दलहरूले आ–आफ्नो पार्टीमा छलफल गरेर आगामी ३० गते अर्को बैठक बस्ने सहमति भएको पनि उनले जानकारी दिए ।
००००
सर्वोच्च अदालतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दामा उनी आफैँ अदालत उपस्थित भएर जवाफ पेश गरेका हुन् । सर्वोच्च अदालतले अधिकारीलाई पदबाट नहटाउन अन्तरिम जारी गरेको थियो तर सरकारले बर्खास्त गरेपछि अधिकारीले पर्यटनमन्त्री श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
००००
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । पछिल्लो केही दिनयता दैनिकजसो कोरोना संक्रमितको मृत्यु भइरहेको छ । यसैक्रममा बिहीवार ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
००००
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । नेपालको सचिवालयका अनुसार उनी अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्य लाभ गरिरहेका छन् ।
००००
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ललितपुरको हात्तीवनस्थित प्रचण्डको भान्जाको घरमा भएको भेटमा आगामी आम निर्वाचनमा मोर्चा बनाएर जाने बारे छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ । बिहान ९ बजेदेखि १० बजेसम्म तीन नेताहरू छलफलमा जुटेका थिए ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी मोर्चा बनाउने बारे छलफल गरिरहेको बेला नेपाल समाजवादी पार्टी पनि उक्त मोर्चामा सहभागी हुने प्रस्ताव बैठकमा डा। बाबुराम भट्टराईले गरेका छन् ।
००००
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न १९ वटा निर्णय गरेको छ । बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राईलाई आगामी साधारणसभामा अनुमोदनका लागि पेश गर्नेगरी नियुक्त गर्ने निर्णय गरेको एन्फा महासचिव किरण राईले जानकारी दिए । यस्तै विवादमा तानिएका अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाँडेको जिम्मेवारी खोसिएको छ । विदेशी नागरिकता लिएका उनलाई एन्फा सल्लाहकारमा सीमित गरिएको छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अंकले ओरालो लागेर २ हजार ३७ दशमलव ९२ अंकमा सीमित भएको छ ।
००००
न्याय परिषद् सचिवालयमा तोडफोड गर्ने नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारीले न्याय परिषद् सचिवालयको ढोका तोडफोड गर्दै कर्मचारीलाई कुटपिट गर्ने प्रयास गरेका थिए । कम्प्युटर फुटाउनसमेत उनले कोसिस गरेको कार्कीले लोकान्तरलाई बताए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले राजीनामा दिएका छन् । उनी राप्रपा वरिष्ठ नेता दीपक बोहोराका दाहिने हातजस्तै थिए । निर्वाचनको मिति घोषणासँगै गुप्ताले राजीनामा दिएपछि आउने निर्वाचनमा नेता बोहोरालाई अप्ठ्यारो पर्ने देखिन्छ ।
००००
मिटर(ब्याजीलाई कानूनी दायरामा ल्याएउने प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिँहले दाबी गरेका छन् । बिहीवार पत्रकारहरूसँगको अन्तरक्रियामा आईजीपी सिंहले मिटर–ब्याजीको सम्बन्धमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताएका छन् ।
००००
सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले आगामी निर्वाचनमा परिचालन गर्ने गरी ४० दिनको लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको जानकारी दिएको हो । बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
००००
राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ शहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ शहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी शहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...