×

NMB BANK
NIC ASIA

सरकारले नै लुकायो निर्णय

नेवानि अध्यक्ष बर्खास्तगीको निर्णय अलपत्र, सरकारले पत्र नथमाउँदा अधिकारीलाई चलखेलको मौका

साउन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लो बिहीवार (१९ साउन)मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गरेको सूचना मन्त्रीहरूबाटै ‘लीक’ भयो । 

Muktinath Bank

कार्यक्षमताको अभाव र निगमको नेतृत्वका लागि अयोग्य रहेको ठहर गर्दै सरकारले उनलाई बर्खास्त गरेको जानकारी मन्त्रीहरूले सोही दिन साँझ सञ्चारमाध्यमलाई दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि पनि ९ असारमा बर्खास्तगीमा परेका अधिकारी अदालतको आदेशबाट २३ असारमा पुनः निगममा फर्किएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसपछि फेरि सरकारले छानबिन समिति गठन गरेर विभिन्न २२ वटा कारण औंल्याउँदै दोहोर्‍याएर बर्खास्त गरेको बताइएको थियो ।

Vianet communication
Laxmi Bank

उनलाई बर्खास्त गरेको निर्णय बैठक सकिन नपाउँदै मन्त्रीहरूले नै दिएका थिए । तर, मन्त्रिपरिषद्ले अघिल्लो दिन गरेको निर्णय भोलिपल्ट (शुक्रवार) सार्वजनिक गर्दा उक्त विषय सामेल थिएन ।

सरकारले विभिन्न निकायमा गर्ने नियुक्तिदेखि महत्त्वपूर्ण निर्णयलाई लुकाउने पुरानै रोग हो । यसअघि पर्यटन मन्त्रालयअन्तर्गतकै नागरिक उड्डयन प्राधिकरण, तारागाउँ विकास समिति, पर्यटन बोर्डसहितका निकायमा गरेको नियुक्ति पनि सार्वजनिक भएको थिएन । एकैपटक नियुक्तिपत्र लिएर सम्बन्धित व्यक्ति कार्यालय गएपछि मात्र हल्ला हुने गरेको थियो ।

अधिकारी बर्खास्तगीको निर्णय सिंहदबारभित्रको करीब ५० मिटर दूरीमा रहेको प्रधानमन्त्री कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक साता बितिसक्दा समेत पुगेको छैन ।

नेवानिको तालुक निकाय भएको र पर्यटन मन्त्रालयले नै हटाउने प्रस्ताव गरेको विषय भएकाले निर्णय भएकै हुनुपर्ने र आउन मात्रै ढिला भएको हुनसक्ने मन्त्रालयका एक अधिकारीले बताए ।

सरकारले अयोग्य ठहर्‍याएका व्यक्तिलाई तत्कालै बर्खास्तगीको पत्र नदिँदा अधिकारीले निगम प्रवेश गरेर चलखेल गर्ने मौका पाएका छन् ।

शुक्रवार बर्खास्तगीमा परेका अधिकारी आइतवार पौने ११ बजे सधैँझैं नियमित कार्यालय गए । निलम्बनमा परेका अधिकारी कार्यालय प्रवेश गरेको विषयमा निगमकै कर्मचारीले हल्लाखल्ला गरे ।

अधिकारी बाहिरका ५/७ जना व्यक्तिलाई लिएर दलबलसहित कार्यालय प्रवेश गरेका अधिकारी एक घण्टामै बाहिरिए ।

बाहिरिँदा उनले महत्त्वपूर्ण फाइल लिएर गएको निगमकै कर्मचारी युनियनका प्रतिनिधिले जानकारी दिएका छन् । 

बर्खास्तगीमा परेको व्यक्ति कार्यालय प्रवेश गरेको भन्दै अधिकारीलाई कामकाज गर्न नदिन कर्मचारीले दबाब दिएपछि अधिकारी केही महत्त्वपूर्ण फाइल लिएर हिँडेको वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरको दाबी छ । त्यसपछिको दुई दिनसम्म मोबाइल अफ गरेर बसेका अधिकारी कार्यालय नै गएनन् । 

सरकारले बर्खास्त गरेको भने पनि पत्र नपाएकाले नियमित काममा आएको अधिकारीले बताएका थिए ।

सरकारले बर्खास्त गरेकै दिन अधिकारीको पुरानो मुद्दामा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ सहितका विपक्षीसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको थियो ।

अधिकारीले २३ असारमा पाएको अन्तरिम आदेशविपरीत पुनः स्पष्टीकरण सोधेको, छानबिन समिति बनाएर हटाउन खोजेर अदालतको अवहेलना गरेको भन्दै मन्त्रीसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

सोही आदेशका कारण सरकारले अहिलेसम्म अधिकारीलाई न पत्र दिएको छ, न त निगमभित्र उनले गर्नसक्ने चलखेल नै रोक्न सकेको छ ।

पर्यटन मन्त्रालयको कानून शाखाका उपसचिव पुरुषोत्तम खतिवडाले अदालतले यसअघिकै मुद्दामा लिखित जवाफ माग गरेको बताए । 

सोही विषयका कारण अधिकारीको बर्खास्तगी रोकिएको हुन सक्ने भएपनि आफूलाई भने उक्त विषयमा थप जानकारी नभएको खतिवडाले बताए ।

अधिकारीलाई सरकारले हटाएको पत्र नदिएको र हटाएको कुनै जानकारी नआएको हुँदा उनी कार्यालय आइरहेको वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । 

उनले भनिन्, ‘अध्यक्षलाई बर्खास्त गरेको भनेर मिडियामा मात्रै आएको छ, तर आधिकारिक पत्र नआएकेले नियमित काममै हुनुहुन्छ ।’

‘उहाँ आइतवार आएर केही समयपछि नै बाहिरिएको भन्ने विषयमा मलाई जानकारी भएन । त्यो दिन म बिदामा थिएँ । सोमवार एक दिन उहाँ कार्यालय आउनुभएन । अरू दिन नियमित काममै हुनुहुन्छ,’ प्रवक्ता खड्काले भनिन् । 

पर्यटन मन्त्रालका निमित्त सचिव बुद्धिसागर लामिछानेका अनुसार सरकारले उनलाई बर्खास्त गरेको निर्णय सार्वजनिक भएको छैन । 

मन्त्रालयसमक्ष पनि कुनै जानकारी नआएकाले अधिकारी काममै भएको जानकारी पाएको उनले बताए ।

पर्यटन मन्त्रालयका अनुसार अधिकारीलाई हटाउन सरकारले नै निवर्तमान पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजकत्त्वमा एक अध्ययन समिति बनाएको थियो । उक्त समितिले अधिकारीलाई बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो ।

समितिले अधिकारीलाई हटाउनुपर्नेसहितका २२ कारण मन्त्रिपरिषद्मा पेश गरेको थियो । पर्यटन मन्त्रालयले पेश गरेकै सिफारिशका आधारमा मन्त्रिपरिषद्ले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई हटाएको अनौपचारिक जानकारी आइरहेको भएपनि औपचारिक रूपमा भने कुनै पत्र नआएको पनि पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

प्रधानमन्त्री कार्यालयका प्रवक्ता माधव पन्थका अनुसार अधिकारीको बर्खास्तगी भएको भनिएको विषयको जानकारी पर्यटन मन्त्रालयलाई हुनुपर्ने हो । वायुसेवा निगमको तालुक निकाय पर्यटन मन्त्रालय नै भएकाले निर्णय कार्यान्वयन पनि त्यहीँबाट हुने हो ।

पर्यटन मन्त्रालयमा अधिकारीको बर्खास्तगीको जानकारी पुगे/नपुगेको विषयमा बुझेर मात्रै भन्न सकिने पन्थले बताए ।

‘मन्त्रिपरिषद्को निर्णय त्यसरी अड्काउन मिल्दैन, के भएको रहेछ बुझेर तपाईंलाई भोलि खबर गर्छु,’ पन्थीले विहीबार साँझ लोकान्तरसँग भने । 

छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्नुपर्ने भनी औंल्याएका कारणहरू :

 


hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x