×

NMB BANK
NIC ASIA

तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको त्रास

साउन २७, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ । उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै  पर्दैन । रातिको समयमा चारदेखि पाँच पटक उनले कर्णाली नदीतिर नजर लगाउने गरेको बताए । गत वर्ष कात्तिकको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि नदी झन नजिक आएको उनी बताउँछन् ।

Muktinath Bank

‘दिनभर काम गरेर थकित भइन्छ । बाढीको त्रासले निन्द्रा लाग्दैन,’ कुन्तीले भने, ‘सुतेको बेला पनि बाढी बस्तीमा पसे जस्तै लाग्छ ।’ सोही ठाउँका इन्द्रबहादुर चौधरी केही वर्ष बाढीको त्रासबाट छुटकारा पाएको भएपनि वर्षायाममा कहिल्यै शान्तिको सास फेर्न नपाएको बताउँछन् । उनले कर्णाली नदीका कारण आफूहरू सधैँ त्रासमा रहने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिलेसम्म नदीमा पानी नबढेका कारण मनमा शान्ति नै छ । त्यो शान्त मन कतिबेला विक्षिप्त हुने हो थाहा छैन,’ इन्द्रबहादुरले भने, ‘तराईमा पानी नपर्दा पनि बाढी आउँछ ।’ पहाडी भेगमा अत्यधिक वर्षा भएपछि बाढीको त्रास बढ्छ । 


Advertisment
Nabil box
Kumari

कृषि व्यवसायी धनसिंह साउँद करिब २५ देखि ३० बिघामा धान खेती गर्छन् । उनले गर्ने धान खेती त्यहीँ कर्णाली नदीको आसपासमै हो । गत वर्ष कार्तिकमा आएको बाढीका कारण अधिकांश धान सखाप भएको स्मरण गर्दै साउँदले कर्णाली नदीका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपरेको बताए । समयमै बीउबिजन र मलखादको अभाव झेल्दै आएका साउँदले बाढीकै कारण किसानले निरास हुनुपर्ने अवस्था आएको बताए । 

Vianet communication
Laxmi Bank

‘एकातिर कृषियोग्य जमिन बर्सेनि नदीमा परिणत हुँदै गएको छ भने अर्कोतिर बर्सातको समयमा शान्तिको सास फेर्न पाइँदैन,’ साउँदले भने, ‘नदी तटबन्धका लागि कैयौँ पटक प्रयास भए तर, परिणाममा शून्यको अवस्था छ । समस्याजस्ताको त्यस्तै छ ।’ वडा नं ८ कै श्रीलंकामा खेतीयोग्य सयौँ बिघा जमिनमा बाढी पसेको छ । बर्सेनि नदीले जमिन कटान गर्दै आएको भएपनी त्यसलाई निरीह भएर हेर्नुको अर्को विकल्प किसानसँग छैन ।

अहिले बाढीको जोखिम रहेको क्षेत्रमा स्थानीयले जैविक तटबन्धको काम शुरू गरेका छन् । स्थानीय बस्ती बचाउनका लागि एकजुट भएर नदी नियन्त्रणको प्रयासमा उनीहरू लागेका हुन् । नदीकै कारण सत्ती कर्णाली सामुदायिक वनको सयौँ बिघा बगरमा परिणत भइसकेको छ । बर्सेनि नदीले कटान गर्न थालेपछी जंगलको क्षेत्र खुम्चिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले सो क्षेत्रमा तटबन्धको लागि ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाएको थियो । निर्माण कम्पनीले काम गर्न नसकेपछि अहिले आयोजनाले पुरानो ठेक्का तोडेको छ । 

‘नदीले एकातिर जंगल बर्सेनि नष्ट गर्दै गएको छ भने अर्कोतिर वस्ती जोखिममा पर्दै गएको छ’, सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले भने, ‘गौरवको आयोजनाको लापर्बाही र ठेकेदारको ढिलासुस्तीका कारण सयौँ बिघा जंगल बगर बनिसकेको छ ।’ गत वर्ष कात्तिकमा टीकापुर नगरपालिका–५ साहिपुरमा कर्णाली नदीले बाँध भत्काउँदा नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का अधिकांश स्थान डुबानमा पर्दा ठूलो धनमालको क्षति भएको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x