×

NMB BANK
NIC ASIA

असारे काम रोक्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको प्रयास, भदौबाटै थालियो काम

साउन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले असारे विकास अन्त्य गर्न आर्थिक वर्षको शुरुआतदेखि बजेट कार्यान्वयनको प्रयास थालेको छ । आगामी कात्तिकको अन्तसम्ममा चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये आधा योजनाको काम सक्नेगरी गाउँपालिकाले तयारी थालेको हो । 

Sagarmatha Cement
Muktinath Bank

आर्थिक वर्षको शुरुआतमा अख्तियारीमा ढिलाइ हुने र हिउँदको समयमा काम गर्न नसकिने भएकाले साउनदेखि नै योजनाका काम शुरु गर्न थालिएको हो । मुस्ताङमा अत्याधिक चिसोका कारण मंसिरदेखि वैशाखसम्म काम गर्न कठिन हुने गर्छ । हिउँदको चिसो छलेर काम गर्दा वर्षभरिमा तीन महिनामात्रै विकास निर्माणका काम हुने परिपाटीको अन्त्य गर्न साउनदेखि कात्तिकसम्ममा विकास निर्माणका काम गर्ने योजना तयार भएको गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए । गाउँपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले उपभोक्ता समिति गठनदेखि योजना फरफारकसम्मको कार्यसूची नै तयार गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही साउन मसान्तसम्म उपभोक्ता समिति गठन गरिसक्ने, अगामी भदौको १ गतेखि १५ गतेसम्म योजना सम्झौता, ‘स्टमेट’ गर्ने यसका लागि वडातहमा शिविर सञ्चालन गर्ने र भदौ १५ देखि कात्तिकको अन्तसम्म विनियोजित योजनामध्ये ४० प्रतिशत योजनाको काम सक्ने उनले बताए । ‘अहिले भर्खर आर्थिक वर्ष सकिएको छ भनेर बस्ने, बीचमा चार्डवाडले समय जान्छ, हिउँदमा काम गर्नसक्ने कुरै भएन’, अध्यक्ष गुरुङले भने, ‘वैशाखबाट काम थालेर बढीमा दुई महिनामा के काम हुन्छ ।’ 


Advertisment
Nabil box
Kumari

समयमा काम थाल्दा कामको गुणस्तरमा सुधार हुने र अनियमितता घटाउनसमेत सहयोग पुग्ने उनको भनाइ छ । दश लाख रुपैयाँदेखि बीस लाखसम्मका योजना असोजसम्म सक्ने लक्ष्य गाउँपालिकाको छ ।

Vianet communication
Laxmi Bank

ठूला योजनाका लागि समय लाग्ने भएकाले कामको शुरुआत गरेर वैशाखपछि सक्नेगरी तयारी गर्न गाउँपालिकाले भनेको छ । ‘चिसोको समयमा काम गरौँ भने पूर्वाधारका काम हुँदैनन्, सिमेन्ट सेट नहुने, मजदूरले कामै गर्न नसक्ने समस्या आउँछन्’, उनले भने, ‘हामीले हार्डवयरका काम समय मिलाएरै गर्नुपर्ने बाध्यता छ, यो हाम्रो भौगोलिक बाध्यता पनि हो ।’

गाउँपालिकाले उपभोक्ता समितिमार्फत् हुने कामका लागि हिउँदको समयमा उपभोक्ता पाउनै कठिन छ । यो समस्या मुस्ताङका सबै पालिकामा छ । साना योजनाका लागि तत्काल काम थाल्न गाउँपालिकाले कूल विनियोजन रकमको २० प्रतिशतसम्म पेश्की उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए । गत आर्थिक वर्षमा गाउँपालिकास्तरीय १५० भन्दा कम योजना रहेकोमा असारमा मात्रै अधिकांश योजना सम्झौता भएका थिए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x