×

NMB BANK
NIC ASIA

धान र गहुँको बीउ उत्पादनमा कैलाली आत्मनिर्भर

साउन २७, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिर समेत निर्यात हुन थालेको छ ।

Muktinath Bank

जिल्लामा वर्षभरमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रहेकामा उक्त परिमाणभन्दा बढी बीउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बर्खे धानखेती गरिने क्षेत्रफल र गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ,’ ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, ‘पछिल्ला वर्षमा धान र गहुँको बीउ उत्पादनमा आत्मनिर्भर भई अन्य जिल्लामा निर्यात हुन थालेको छ ।’


Advertisment
Nabil box
Kumari

जिल्लाको झण्डै १ हजार हेक्टरमा चैते धानखेती र झण्डै ७१ हजार ७०० हेक्टर जग्गामा वर्षे धानखेती गरेर वर्षको २ पटक धानखेती हुने गरेको छ । झण्डै ३५ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ । प्रतिहेक्टरमा धान खेती गर्न ५० किलो र गहुँ खेती गर्न १२० किलो बीउ आवश्यक पर्ने गर्दछ ।

Vianet communication
Laxmi Bank

सरकारी स्वामित्वको बीउबिजन कम्पनीले उन्नत बीउको उत्पादन र बिक्री गर्दै आएकामा पछिल्ला वर्षमा निजी क्षेत्रका १ दर्जनभन्दा बढी बीउबिजन कम्पनी, सहकारी संस्था र कृषक समूहले समेत उन्नत बीउ उत्पादन गर्दै आएका छन् ।
 
कतिपय बीउ कम्पनीले सरकारबाट अनुमति लिएर धान र मकैमा हाइब्रिड उत्पादन समेत शुरू गरेका छन् । यी २ मुख्य खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व बढाउन नयाँ जातको बीउकोे विकास भएको मात्र नभई खेती गर्न नयाँ–नयाँ प्रविधि समेत भित्रिन थालेको छ । 

कृषि क्षेत्रको विकासका लागि छुट्टाछुट्टै रूपमा कार्यान्वयनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मुख्यमन्त्री एकीकृत कृषि विकास कार्यक्रमअन्तर्गत कृषकहरूलाई प्राविधिक लगायतमा विभिन्न सहयोग उपलब्ध भइरहेको छ । यी दुवै कार्यक्रममार्फत उन्नत बीउ उत्पादन तथा बजारीकरण, सिँचाई तथा कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिइएको कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए ।

प्रदेशको भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालयको पहलमा कञ्चनपुरको पुनरवास क्षेत्रमा वर्षौंदेखि बाँझो अवस्थामा रहेको राष्ट्रिय आवास कम्पनीको ७४ बिघा जग्गा भाडामा लिई धान र गहुँको उन्नत बीउ उत्पादन कार्यक्रम भइरहेको छ ।

धनगढी उपमहानगरपालिकाका किसान ललित रानाले घरमै राखिएको स्थानीय जातको बीउको प्रयोग गर्दाको तुलनामा उन्नत बीउको प्रयोगले धान र गहुँबालीको उत्पादन सोचे अनुसारको भइरहेको अनुभव सुनाउँछन् । उन्नत बीउको प्रयोगले उत्पादन बढेको भए पनि भरपर्दो सिँचाइको सुविधाको अभाव र रासायनिक मल समयमै उपलब्ध नहुने समस्याले हैरानी खेप्नुपरेको उनको भनाइ छ ।  

बीउ उत्पादक कम्पनी सिड कम्पनी धनगढीका अध्यक्ष लक्ष्मीकान्त ढकालले बीउको गुणस्तरका दृष्टिमा कैलालीमा उत्पादन हुने गहुँको बीउ देशैभरि उत्कृष्ट रहेको बताए । ‘यहाँ उत्पादन हुने गहुँको बीउ पूर्वी तराईका जिल्ला हुँदै भारतको बिहारसम्म जाने गरेको छ,’ उनले भने, ‘बीउमा आत्मनिर्भर भए पनि कृषिको उत्पादन र बजारीकरणको सवालमा सरकारी नीतिको प्रभावकारी कार्यान्वयनमा समस्या देखिँदा खाद्यान्न आपूर्तिको पर्याप्ततामा पनि समस्या देखिन थालेको छ ।’
   
उन्नत बीउको प्रयोग बढेसँगै रैथाने जातका बालीको खेती भने विस्तारै हराउन थालेको छ । कैलाली, कञ्चनपुर लगायतका जिल्लाको ठूलो क्षेत्रफलको जग्गामा विगतमा गरिने स्थानीय जातको कालो धान, आइरेट, गुर्रा, राईमनुवा, सौंटेरी जस्ता धानको बीउ हराइसकेको किसानको भनाइ छ ।

स्थानीय जातको बीउ प्रयोग गर्दा हुने उत्पादकत्वको तुलनामा उन्नत जातको बीउ प्रयोगले २०–२५ प्रतिशतले उत्पादकत्व वृद्धि हुने गरेको कृषि प्राविधिकको भनाइ छ । नेपालमा उन्नत बीउको प्रतिस्थापन दर बढेर झण्डै १८ देखि २० प्रतिशत पुगेको जनाइएको छ । 
 
‘सिड भिजन २०२५’सम्म उन्नत बीउको प्रतिस्थापन दर तरकारीको शतप्रतिशत, मकैको ३३ र अन्य बालीको २५ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको बताइएको छ । बालीहरूको उत्पादकत्व वृद्धि भइरहेको भए पनि नेपालमा बर्सेनि ठूलो परिमाणमा खाद्यान्न विदेशबाट आयात भइरहेको तथ्यांक छ । – सिद्धराज भट्ट/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x