×

X
Nic Asia
Marvel
Khukuri

बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालन

काठमाडाैं | साउन २७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

म्याग्दीको तीन स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ । मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएपछि साउन २० गतेदेखि पुलमा आवतजावत बन्द गरिएको थियो । 

DHARA
LAxmi BAnk

मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले ग्यावीयन पर्खाल निर्माण गरेर मर्मत र पुल संरक्षण भएपछि शुक्रबारदेखि पुलमा यातायात सञ्चालन गरिएको जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

२५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजनाले ३७ थान र मालिका गाउँपालिकाले २५ थान ग्यावीन जाली भरेका छन् । गाउँपालिकाले मजदुर परिचालन गरेर ६२ थान ग्यावीयनमा ढुङ्गा भरेर सडक मर्मत गरेको हो । पुलको मालिकातर्फको पिल्लरभन्दा गहिरो गरेर खोला बग्नुका साथै पहुँचमार्ग साँघुरिएर सवारी साधन आवतजावत बन्द भएको थियो । पुल मर्मत र सञ्चालन भएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ । 

बेनी–दरवाङ मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले विसं २०७६ मा दुखुखोलामा रु दुई करोड २५ लाख ६० हजार आठ सय २३ को लागतमा २२ मिटर लामो पुल निर्माण गरेको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जोखिम भएकाले दुखु खोलाको पुलको बारेमा मन्त्रालयबाट आएको विज्ञ टोलीले अध्ययन गरेको बताए । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

दशैं बिदामा काठमाडौं महानगरपालिकाले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए...

असोज १५, २०७९

उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ । ...

असोज १५, २०७९

नेपालीहरूको महान चाड दशैं शुरू भएसँगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकाहरूमा सवारी साधनको चाप बढेको छ । शनिवार काठमाडौंमा प्रमुख नाकाहरूमा लामो समयसम्म सवारी सा...

असोज १५, २०७९

भक्तपुर प्रहरीले बलात्कारको झुटो जाहेरी दर्ता गराएको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।  नवलपरासी बर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया एक महिलाले झुटो जाहेरी दिए...

असोज १५, २०७९

मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका दुई जना कैदी फरार भएपछि उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । उक्त घटनामा ड्युटीमा रहेका प्रहरीको संलग्नताबारे अ...

असोज १५, २०७९

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा गुड्दै गरेको बसमा आगलागी भएको छ । काठमाडौंबाट खोटाङ गइरहेको बसमा आगलागी भएको हो ।  काठमाडौंबाट उक्त बसमा गइरहेका यात्रुका अनुसार, बसमा आगलागी हुँदा मानवीय क्षत...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x