×

NMB BANK
NIC ASIA

सफलता

कलिलो उमेरमै खोसियो चुरा र सिन्दुर तर चुरापोतेबाटै उद्यमी

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दरिलो अठोट र इच्छाशक्ति भएकी प्रतिमा पन्थले सफलताको शिखर चुमेकी छन् । रूपन्देहीको तिलोत्तमाकी पन्थलाई पाइला–पाइलाको तिरस्कारले झनै सफल बनाएको छ । पीडाको पहाड जितेर उनी सफलतामा पुगेकी हुन् । 

Muktinath Bank

तिलोत्तमा नगरपालिका–३ शंकरनगरकी प्रतिमाको २७ वर्षको कलिलो उमेरमै सिउँदो पुछियो, चुरा खोसियो, पोते चुडियो । अहिले त्यहीँ चुरा, पोते, बुटिक र झोलाको घरेलु उद्यमले प्रतिमा सफल महिला उद्यमी बनेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी भन्छिन्, ‘दुःख र संघर्षले सबै गर्न सिकायो । अहिले अनेक पीडाका पहाड जितेर उद्यमी बन्न सफल भएँ ।’ धेरै दुःखका ज्ञान र अनुभव बटुलेकी पन्थको जीवनमा घरको ‘खम्बा’ ढलेपछि कठिन संघर्षले ‘टर्निङ पोइन्ट’ लिएको हो । 


Advertisment
Nabil box
Kumari

ट्रक चालक उनका पति गंगारामको १२ वर्षअघि २०६७ असोज २ गते पाल्पाको आर्यभञ्जाङमा सडक दुर्घटनामा परी निधन भयो । बेलुका फर्किन्छु भनेर स्याङ्जा हिँडेका पति कहिल्यै नफर्किने गरी उतैबाट अस्ताए ।

Vianet communication
Laxmi Bank

पतिको निधनपछि केही वर्ष त उनी चिन्ता र आँसुमै डुबिन् । घरको काममा मात्र सीमित प्रतिमालाई अब परिवारको आर्थिक जिम्मेवारी पनि काँधमा आइलाग्यो ।

काँखमा रहेका २ सन्तान कसरी हुर्काउनेदेखि पढाइलेखाइ कसरी व्यवस्थापन गर्ने पिरलोले उनी केही गर्ने अवसरको खोजीमा थिइन् । आफैं केही गर्नुपर्छ भन्ने अठोट लिँदै उनले शोकलाई शक्तिमा बदलिन् । तिलोत्तमाको सामूहिक बचत तथा ऋण सहकारीमा पतिले कमाएर ल्याएको थोरै पैसा भए पनि बचत गर्थिन् उनी । सहकारीले ७ वर्षअघि महिलालाई दिएको बुटिक तालिममा प्रतिमा पनि सहभागी भइन् । तालिमले प्रतिमालाई पनि केही गर्ने बलियो ढाडस दियो । 

त्यो तालिमलगत्तै तिलोत्तमा नगरपालिकाले पनि चुरा, बुटिक, झोला, चप्पल बनाउने तालिम सञ्चालन गर्दा प्रतिमा पनि जोडिइन् । तालिम लिएपछि उनी दक्ष बनिन् । 

तालिमपछि पन्थ आफ्नै घरमा चुरा, पोते, ‘स्यान्डिल’ बनाउन थालिन्, कडा मेहनतका साथ । उनलाई साथ दिइन् साथी सीता मल्लले । सीता पनि एकल महिला हुन् । दुवैले थोरै–थोरै पैसा संकलन गरेर प्रतिमाकै सानो घरमा सामान खरिद गरे । निरन्तरको सिकाइपछि बिक्रीयोग्य शृंगारका सामान तयार गरे । त्यसपछि प्रतिमाले बजार पुर्‍याउन थालिन् । उनले उत्पादन गरेका सामग्री सबैको रोजाइमा परे ।

प्रतिमाले भनिन्, ‘कहिले घरघरमा डुलाएँ । कहिले बजार–बजार पुर्‍याएँ ।’ तालिम पाएपछि प्रतिमा १ वर्षमा चुरा, पोते, जुत्ता–चप्पल, बुटिक बनाउन अब्बल भएपछि ठाउँ–ठाउँबाट तालिमका लागि आह्वान हुन थाल्यो । 

पति गुमाएपछि ५ वर्षसम्म मकै रोपेर र भैंसी पालेर जीविकोपार्जन गरेकी उनले चप्पल, पोते बनाउन सिकेर महिलालाई तालिम दिन थालिन् । ‘मेहनत आफूले गरें अनि तालिम लिएपछिको हौसलालाई व्यावसायिक रूपमा लैजाने गरी अगाडि बढें,’ उनले भनिन् ।

पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाँके, कपिलवस्तु, रूपन्देही लगायत जिल्लामा गएर प्रतिमाले अहिले पनि तालिम दिँदै आएकी छन् । उनको ‘लिडरशिप’ पनि उत्तिकै राम्रो छ । 

‘तालिम नहुँदा घरमा बसेर सामान बनाउँछु, हाटबजारमा लगेर बिक्री गर्छु । होलसेलसम्म पुर्‍याउँछु । तालिम हुँदा त्यसैमा व्यस्त भइन्छ,’ उनले भनिन् । शुरूका वर्षहरूमा सामान झोला–झोलामा बोकेर बिक्री गर्दाका दुःख प्रतिमालाई अहिले सपना जस्तै लाग्छ । चुरा, पोते, जुत्ता–चप्पल बिक्री गर्दा समाजले उनलाई अर्को दृष्टिले हेर्थ्यो । उनका उत्पादनहरू किन्न अहिले व्यापारीहरू घरमै आउने गरेका छन् ।
 
‘काँधमा ठूलो जिम्मेवारी थियो, छोराछोरी पढाउनु, हुर्काउनु थियो । संघर्षकै कारण यहाँसम्म आएँ । शुरूमा कहिले सहकारीको साधारण सभा, कहिले वनको साधारण सभा, कहिले साना किसान सहकारीको साधारण सभा यस्तैमा लगेर बिक्री गर्थें तर अहिले धेरै सहज भएको छ,’ उनी भन्छिन् । 

प्रतिमा तालिम दिएको दैनिक ३ हजार रुपैयाँसम्म लिन्छिन् । बजार हुँदा दैनिक ३–४ हजार रुपैयाँसम्म आम्दानी समेत गर्छिन् । चुरा, पोते, जुत्ता–चप्पल बिक्री गर्ने र तालिमबाटै प्राप्त भएको आम्दानीले जेठी छोरीलाई प्रतिमाले सिद्धार्थ क्याम्पसमा स्नातक तहमा अध्ययन गराइरहेकी छन् भने छोरा शान्ति नमूनामा माविमा पढ्छन् ।

उनको उद्यमले सानो पुँजीमा पनि राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने प्रेरणा दिएको छ । ‘पीडालाई जति लुकायो उति झन् पीडा हुने रहेछ,’ पन्थ भन्छिन्, ‘अहिले मेरो यही उद्यमको पहिचानले अप्ठ्यारो परेको बेला सबैको सहयोग पाएकी छु ।’ उनले अहिले तालिमदेखि आफूले उत्पादन गरेको चुरापोते बिक्री गरेर वार्षिक लाखौं आम्दानी गर्छिन् । 

आफूभित्रको सीप र क्षमता पहिचान गरी सोहीअनुरूप संघर्ष गर्दै जाने र आफूमा भएको धैर्यलाई विचलित हुन नदिने हो भने सफल भइने उनको बुझाइ छ । उनी भन्छिन्, ‘मन, मेहनत, दुःख खर्र्चिएपछि दीर्घकालीन सफलता मिल्दो रहेछ ।’ महिलाहरूले घरमा मोबाइलमा टिकटक र यूट्युब हेरेर बसिरहनुभन्दा केही सीप सिकेर आफैं उद्यम गर्नुपर्ने उनको आग्रह छ । घरेलु उद्यमलाई प्रोत्साहन हुने कार्यक्रम पालिकाले ल्याउँदा अधिकांश साना उद्यमी र व्यवसायी लाभान्वित हुने उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x