×

NMB BANK
NIC ASIA

कर्मवीर

प्रदेशमा भीआईपीको गाडी कुदाउने एक्ला गुरु !

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सवारीसाधन चलाउने चालकको काम संवेदनशील हुन्छ । त्यसमा पनि विशिष्ट पदधारण गरेका व्यक्तित्व सवार हुने सवारीसाधन चलाउने चालकका लागि विशेष अनुशासन र संवेदनशीलता हुन्छन् ।

Muktinath Bank

१ नम्बर प्रदेशमा भीआईपी मध्येकै पद मुख्यमन्त्रीको गाडी कुदाउने एक्ला चालक (गुरु) हुन् गणेश राजवंशी । उनले जागिर खाएको २४ वर्ष बित्यो । २४ वर्षमध्ये उनले धेरै समय भीआईपीलाई यात्रा गराएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘धेरै भीआईपीहरू ड्युटीमा खटिन मान्दैनन्, नियम कडा हुन्छ । उहाँहरूले गाडीभित्र गरेका कुरा कसैलाई पनि सुनाउनु हुँदैन । कहाँ जाने भनेर पूर्व जानकारी लिएको हुनुपर्छ । गाडी कुदाएको बेलामा गाडीको स्टेरिङमा भन्दा अन्यत्र ध्यान दिन पाइँदैन । केही भइहाल्यो भने त्यसको दोष जति सबै ड्राइभरलाई आउँछ,’ गणेशले भने । 


Advertisment
Nabil box
Kumari

भीआईपी कुदाउने गाडीमा छुट्टै नियम हुने र सबैले पालना गर्न नसक्ने उनले बताए । २०५५ सालदेखि भीआईपीहरूलाई सेवा दिइरहेको उनले बताए । २०५५ सालमा तत्कालीन सिँचाइमन्त्री महेन्द्रराय यादवदेखि हालसम्मका भीआईपीलाई गन्तव्यमा पुर्‍याउने/ल्याउने उनको यात्रा अहिले पनि जारी छ ।

Vianet communication
Laxmi Bank

भीआईपी हिँडाउँदा खाने टुंगो नहुने उनको भनाइ छ । ‘धेरै भीआईजीले त वास्ता पनि गर्दैनन् तर केहीले भने खाना खाए/नखाएको ख्याल गरेको पनि पाएँ,’ उनले भने । मुख्यमन्त्रीको सचिवालयका सरहरूले एकछिन मुख्यमन्त्रीज्यूको अलमल हुनासाथ खाना खाइहाल्नू भनेर भन्ने गरेको उनले बताए ।
 
उनले १ नम्बर प्रदेशका तीनै जना मुख्यमन्त्रीलाई सुरक्षित यात्रा गराएका छन् । २ जना मुख्यमन्त्री परिवर्तन भइसकेका छन् भने बहालवाला मुख्यमन्त्रीलाई पनि सेवा दिइरहेका छन् । पूर्व मुख्यमन्त्री शेरधन राई र भीम आचार्य मुख्यमन्त्रीबाट बिदा भइसकेका छन् । मुख्यमन्त्री राजेन्द्र राई बहालवाला हुन् । ‘शेरधन राई मुख्यमन्त्री हुँदा आधा महिना जति मात्रै काम गर्नुपर्थ्यो,’ उनले भने, ‘उहाँ महिनामा १५ दिनजति काठमाडौं नै बस्नुहुन्थ्यो । काठमाडौंमा गृह मन्त्रालयले ७ वटै प्रदेशका मुख्यमन्त्रीका लागि छुट्टै गाडी र ड्राइभरको व्यवस्थापन गर्ने गरेको छ । भीम आचार्य र राजेन्द्रकुमार राई बढी समय प्रदेशमै बस्ने गरेका उनले बताए । 

उनलाई भीआईपीको गाडी कुदाउनका लागि नै सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा सरुवा गरिएको छ । उनलाई सिँचाइ मन्त्रालयबाट काजसरुवा गरेर ल्याइएको थियो ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाललाई मोरङ, सुनसरी लगायतका १ नम्बर प्रदेशका धेरै जिल्लामा पुर्‍याएको उनले बताए । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पनि धेरै कार्यक्रममा सहभागी गराएको उनले बताए । ‘माधव नेपालले राम्रो गाडी कुदाउनु हुँदोरहेछ गुरुजी, दिनभर तपाईंले ड्राइभिङ गरेको गाडीमा हिँड्दा पनि नगलिने रहेछ भनेर धन्यवाद दिनुभयो,’ उनले सम्झिए । गाडी चलाउँदा सुवासचन्द्र नेम्वाङले पनि प्रशंसा  गरेको उनले बताए । ‘यसरी प्रशंसा गर्दा हौसला मिल्छ । काम गर्दा हौसला मिलेमा दिनभरको थकाइ मेटिन्छ,’ उनले भने, ‘अहिले प्रधानमन्त्रीहरूका लागि गाडी कुदाउनु पर्दैन, नेपाली सेनाकै ड्राइभरले कुदाउने गरेका छन् ।’
 
उनले गाडी कुदाएरै ३ छोरी र १ छोरालाई पढाइरहेका छन् । जेठी छोरी चित्रकुमारीले एचए सकेकी छन् भने माइली छोरी कल्पनाले स्नातक सकेकी छन् । कान्छी छोरी मिना ८ कक्षा र छोरा चन्द्रराज ७ कक्षामा पढिरहेका छन् ।

भीआईपीलाई सेवा दिए पनि उनले त्यसबाट कुनै फाइदा भने लिएका छैनन्, छोरीहरूलाई जागिर लगाएका छैनन् । उज्यालो भएदेखि राति नसुतेसम्म भीआईपीसँगै भए पनि छोरीहरूलाई जागिर लगाइदिनुपर्‍यो भनेर आँट नगरेको उनी बताउँछन् । ‘मैले पनि भनसुनमा जागिर खाएको होइन, क्षमताका आधारमा खाएको हो,’ उनले भने, ‘छोरीहरूले पनि क्षमताका आधारमा खालान् भन्ने लागेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x