×

NMB BANK
NIC ASIA

भाद्रपद महिनामा दहीको सेवा किन पूर्ण वर्जित छ ? कारण जान्नुहोस्

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘भाद्रपद’को अर्थ हुन्छ ‘भद्र परिणाम दिनेवाला व्रतको महिना ।’ यो महिना हिन्दू धर्मावलम्बीहरूका लागि व्रत, उपवास, नियम तथा निष्ठाको पालना गर्ने महिना हो । आफ्नो गल्ती सम्झेर त्यसलाई प्रायश्चित गर्ने यो सबैभन्दा उत्तम महिना हो । 

Muktinath Bank

यस महिनालाई मनलाई शुद्ध एवं पवित्र भाव पैदा गर्ने एकदम प्रभावकारी महिना मानिन्छ । यो महिनामा गणेश चतुर्थीजस्ता ठूलो पर्व मनाइन्छ । भगवान् श्रीकृष्णको जन्मोत्सव तथा कलंक चतुर्थी पनि यही महिनामा पर्छ । यस वर्ष भाद्रपद महिना १३ अगस्टदेखि १० सेप्टेम्बरसम्म रहने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाद्रपद महिनाको नियम तथा सावधानी


Advertisment
Nabil box
Kumari

भाद्रपद महिनामा काँचो खानेकुरा सेवन गर्नु हुँदैन । दहीको सेवन पूर्ण रूपमा गर्न नहुने शास्त्रहरूमा उल्लेख छ । यो महिनामा चिसो पानीले दिनमा दुईप्रहर (साँझ–बिहान) स्नान गर्नुपर्छ, ताकी शरीरमा रहेको आलस्यपन टाढा रहोस् । भाद्रपद महिनामा भगवान श्रीकृष्णलाई तुलसी चढाउनु र चिया वा दूधमा तुलसी उमालेर सेवन गर्नु उत्तम हुने बताइन्छ । 

Vianet communication
Laxmi Bank

भाद्रपद महिनाको व्रत–पर्व 

यो महिनामा गणेश चतुर्थी महोत्सव पर्व पर्दछ । यही महिनामा श्रीकृष्ण, बलराम र राधाको जन्मोत्सव पनि पर्दछ । नेपालसहित भारतको मथुरा–वृन्दावन र उत्तरी क्षेत्रमा कृष्णजन्माष्टमी पर्व धुमधामसँग मनाइन्छ । यो महिनामा हिन्दू महिलाहरूको ‘शौभाग्यको पर्व’ हरितालिका तीज पनि पर्दछ । यो महिनामा अनन्त पूण्य प्राप्त गर्ने पर्व ‘अनन्त चतुर्दशी’ पनि पर्दछ । 

श्रीकृष्णको विशेष कृपा

यो महिनामा हिन्दू धर्मावलम्बीहरूलाई दहीको सेवन पूर्ण रूपमा प्रतिबन्धित छ । तर, पूरै महिना श्रीकृष्णलाई पन्चामृतले स्नान गराएमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । पन्चामृतमा दही पनि सामेल हुन्छ । जसको सन्तानको चाहना पूरा भएको छैन, त्यस दम्पतीले श्रीकृष्णको जन्मोत्सवमा सहभागी भएमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । 

यो महिनामा आत्मविश्वास बढाउन लागि श्रीमद्भागवत गीताको पाठ पढ्दा शुभ फल मिल्ने विश्वास गरिन्छ । यो महिनामा लड्डु गोपाल र शंखको स्थापना गरेमा घरमा धन तथा सम्पन्नता प्राप्त हुने बताइन्छ । 

भगवान गणेशसँग वरदान माग्ने महिना

विद्या, बुद्धि तथा ज्ञानको लागि यो महिना भगवान गणेशको उपसना गर्नुपर्दछ । पहेँलो रंगमा भगवान गणेशको स्थापना गर्नुपर्दछ । गणेशको उपसना गर्ने र महिनाभर सात्विक भोजन गर्नाले हरेक प्रकारको दुःख, कष्टबाट मुक्ति पाउने विश्वास गरिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x