×

NMB BANK
NIC ASIA

एमालेसँग डराएर गठबन्धन विस्तार गरिँदैछः केपी ओली

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग डराएर हालको पाँच दलीय गठबन्धनलाई ८ दलीय गठबन्धन बनाउन लागिएको बताकएका छन् । शनिवार लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेको जितलाई जति दलीय गठबन्धन भए पनि रोक्न नसक्ने दाबी गरे । 

Muktinath Bank

पछिल्लोपटक गठबन्धनमा डा. बाबुरा भट्टराईको नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत सहभागी हुने चर्चा चलिरहेको तर्फ संकेत गर्दै ओलीले भने, ‘एमालेसँग डराएर हालको पाँच दलीय गठबन्धनलाई ८ दलीयमा रुपान्तरण गर्न खोजिँदैछ । तर, एमालेको जितलाई गठबन्धनले रोक्न सक्दैन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफू जता जाँदा पनि एमालेप्रति आकर्षण बढेको, एमालेप्रति विश्वास बढेको देखेको बताए । मुलुकको विकास र समृद्धिको नेतृत्व एमालेलेमात्र गर्नसक्छ भन्ने कुराको विश्वास जनतामा जागेको ओलीको दाबी छ । उनले जनतामात्र नभई सेना, प्रहरी र कर्मचारीहरूमा समेत एमालेले मात्र मुलुकको विकास गर्नसक्ने कुराको विश्वास बढेको दाबी गरे । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओलीले आफूलाई लोकतन्त्रको हिमायती बताउने नेपाली कांग्रेसले लोकतन्त्रलाई विकृत बनाएको आरोप लगाएका छन् । कांग्रेसले गलत अभ्यासले मुलुकलाई द्वन्द्वतर्फ धकेलिरहेको बताए । कांग्रेसले एमालेसँग शत्रुतापूर्ण व्यवहार गरेको बताउँदै उनले भने, ‘लोकतन्त्रमा प्रतिष्र्धा हुन्छ, शत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरूले प्रतिष्पर्धा गर्न आँट गरिरहेका छैनन्, शत्रुता गर्न खोजिरहेका छन् । यो लोकतान्त्रिक तरिका हैन ।’ 

Vianet communication
Laxmi Bank

उनले नेपाली कांग्रेसलाई आफ्नै खुट्टामा उभिन नसकेको भन्दै कटाक्ष गरेका छन् । उनले भने, ‘बिचरा कांग्रेस माया लाग्छ मलाई, हेर्दा हेर्दै के भएको कांग्रेस ? लौरो टेकेर पनि नअडिने भइसक्यो ।’ ओलीले गठबन्धनका अन्य दललाई कांग्रेसको लौरोको संज्ञा दिए । 

देउवा र प्रचण्डलाई चुनौतीः सम्पत्ति राष्ट्रियकरण गर्न सक्नुहुन्छ ? 

अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो सम्पत्ति राष्ट्रका नाममा दान गर्न चुनौती दिएका छन् । 

आफूले आफ्नो नामको सबै सम्पत्ति राष्ट्रका नाममा गरिसकेको दाबी गर्दै ओलीले देउवा र प्रचण्डलाई पनि आफूलेजस्तै आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्न चुनौती दिएका हुन् । ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै’, उनले भने, ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x