×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

एक्लै लड्दा पनि ३९ सिट जित्ने एमालेको दाबी, पार्टीका नेताहरु मिलाउन प्रचण्डलाई सकस

कांग्रेसमा शेखर पक्षले खोज्यो भाग

साउन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख राजनीतिक दलहरू बैठक बोलाउने, निर्वाचनको तयारीबारे छलफल र योजना बनाउने काममा जुट्न थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

स्थानीय तहको चुनावमा भाग लिँदाकै अवस्थामा एमाले संसदीय निर्वाचनमा सहभागी हुँदै छ । प्रतिगमनको आरोपसहित चौतर्फी घेराबन्दीका बीच चुनावी प्रतिस्पर्धामा सहभागी हुन लागेको एमालेले आगामी निर्वाचनमा कति सिट जित्न सक्ला भन्ने सबैमा चासोको विषय छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र छन् । त्यसमध्ये ३९ ठाउँमा एमालेविरूद्ध सबै दल मिल्दा पनि जित्ने तथ्यांक एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सुनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार नयाँ बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सबै दल एमालेविरूद्ध हुँदा पनि ३९ सिट एमालेले नै जित्ने दाबी गरेका हुन् । त्यसबाहेक ७० निर्वाचन क्षेत्रमा भने कडा प्रतिस्पर्धा हुने उनले बताए ।


Advertisment
Nabil box
Kumari

भट्टराईले भने, ‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्यांक अध्यक्षलाई बुझाएका छौँ । त्यसबाहेक, ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुन्छ ।’
एमालेले ढुक्कले जित्ने ती ३९ निर्वाचन क्षेत्र कुन–कुन हुन भन्ने चाहिँ उनले खुलाएनन् । तर, उनले उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा कडा टक्कर हुने ७० निर्वाचन क्षेत्रमा पनि एमालेले नै जित्ने अवस्था आउने बताए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरूलाई नै मिलाउन सकस परेको दुखेसो गरेका छन् । पार्टीको महाधिवेशन सम्पन्न भएको एक वर्ष पुग्न लाग्दासम्म पदाधिकारी चयन गर्न नसकेका उनले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीभित्र नेताहरू मिलाउन चुनौतीपूर्ण रहेको बताएका हुन् । उनले पार्टीका नेताहरूमा व्यक्तिवादी सोच हाबी हुँदै गएको बताए । 

Vianet communication
Laxmi Bank

दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ साधारणसभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था पुगेको खुलासा गरे । उनले भने, ‘अध्यक्षको रूपमा नेताहरूलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु ।’
नेता मिलाउन सके जनता माओवादीको पक्षमा एकढिक्का रहेको उनको जिकिर छ । मधेशमा पार्टी प्रवेशको लहर भए पनि पार्टीकै नेताहरू एकअर्काविरुद्ध उत्रिएको प्रचण्डको भनाइ थियो ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधर युवा नेताहरूले पार्टीभित्र अस्तित्व रक्षाका लागि संघर्ष गर्ने निष्कर्ष निकालेका छन् । शनिवार भएको भेलामा सहभागी युवा नेताहरूले सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकलौटी निर्णय गर्दै संस्थापन पक्षभन्दा बाहेकका नेता–कार्यकर्तालाई अन्याय गरेकाले अस्तित्व रक्षाको लडाइँमा उत्रनुपर्ने निष्कर्ष निकालेका हुन् । चुनावको मुखमा देउवा विरुद्ध कोइराला पक्षले मोर्चाबन्दी गरेको हो । 
अब पार्टीभित्र विगतको झै ४० प्रतिशत हिस्सा खोज्नुपर्ने उनीहरूको भनाइ छ । यसअघिको महाधिवेशनमा सभापति पदमा पराजित भएपछि डा शेखर कोइरालाले पार्टीभित्र आफूले ४० प्रतिशतको हिस्सा नखोज्ने बताएका थिए । तर, सभापति देउवाले पार्टीको निर्णय प्रक्रियामा आफूबाहेक समूहका कसैलाई पनि नसमेट्ने गरेकाले बाध्य भएर हिस्सा खोज्नुपरेको उनीहरूको भनाइ छ । 
शनिवारको भेलाको संयोजन नेता जगदीश्वर नरसिंह केसीले गरेका थिए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरेसहित युवा नेताहरू मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति रहेको बताइएको छ । 
भेलाको संयोजन गरेका नेता केसीका अनुसार ८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि देउवाले समेटेका छैनन् । राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनियन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि नगरेको उनले आरोप लगाए ।
००००
यसैबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरू मनोनयनका लागि सभापति शेरबहादुर देउवाले औपचारिक पत्र पठाउने भएका छन् । निर्वाचन कार्यालयहरूमा उम्मेदवार मनोनयनका लागि कांग्रेसका उम्मेदवारहरूका लागि सभापति देउवाले पत्र आधिकारिक हुने भएको हो । 
शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । सभापति देउवाले औपचारिक पत्र दिएका बाहेक पार्टीका आधिकारिक उम्मेदवार बन्न पाउने छैनन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । उनले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।
००००
निहारिका राजपुत प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेपछि राष्ट्रपतिले सरकारी अधिकारीलाई बोलाएर छलफल गरेकी हुन् ।  शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग यसबारे छलफल गरेकी हुन् । छलफलका क्रममा घटना र कानुनी प्रक्रियाका विषयमा बन्दीले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
००००
नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार नेपाल आइपुगेका छन् । नेपाल क्रिकेट संघ क्यानबाट प्रशिक्षकमा नियुक्त भएसँगै उनी टीम सम्हाल्न नेपाल आएका हुन् । विमानस्थलमा सञ्चारकर्मीसँग उनले नेपाली क्रिकेट टोलीमा भएका चुनौती आफूलाई स्वीकार्य भएको बताए । यद्यपि उनले खेलाडीहरु क्षमतावान रहेको भन्दै प्रशंशा गरे ।
००००
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको छ । शनिवार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले कूल ३ हजार १ सय ६५ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ ।
००००
सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरूमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रवार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठन गरिएको थियो । उक्त कार्यदलले शनिवार सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ ५ गते भित्रमा उजुरी दर्ता गर्न आग्रह गरेको हो ।  
००००
रुकुम पूर्वमा नेपाल प्रहरीको गाडी पल्टिँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । शनिबारको उक्त दुर्घनामा परी सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x