जेठ १५, २०८०
आगामी २ वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने...
बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो ।
नगरकार्यपालिकाको पहिलो बैठकले नगरभित्र सञ्चालन हुने योजनाको उपभोक्ता समिति अध्यक्षमा महिलामात्रै राख्ने निर्णय गरेको कार्यवाहक नगरप्रमुख कमलसिंह बोहराले जानकारी दिए । नगरपालिकाले वडालाई पत्र लेख्दै अगामी भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ भने उपभोक्ता समितिमा महिला अध्यक्ष राख्ने निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।
उनले भने, ‘महिलामात्रै अध्यक्ष हुने नीति ल्याएका छौँ, कार्यान्वयन गर्न सबैलाई आग्रह छ । यसले महिलालाई विकास निर्माणका काममा सहभागी र उनीहरूको क्षमता अभिवृद्धिका लागि सहयोग पुग्छ ।’
चालु आवमा उपभोक्ता समितिबाट काम गराउनुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै राख्नुपर्ने निर्णय गत जेठ १६ गते बसेको प्रथम कार्यपालिका बैठकले गरेको थियो । सो बैठकको निर्णय नं १० मा उपभोक्ता समितिमा महिलामात्रै अध्यक्ष हुनुपर्ने उल्लेख गरिएको छ । सबै वडा कार्यालयलाई भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न र त्यस्तो समिति गठन गर्दा महिलामात्रै अध्यक्ष बनाउन आग्रह गरिएको छ । रासस
आगामी २ वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने...
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरिरहेका छन् । अपरान्ह साढे ४ नबज्दै शुरु भएको बजेट भाषण साँझ साढे ६ बजेसम्म चलिरहेको छ । ...
बुटवलदेखि कपिलवस्तुको गोरुसिङ्गे सडक चार लेनमा विस्तार गरिने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमवार आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सो सडकलाई फोर लेनमा विस्तार गरिने बताए । उनले बढ्द...
मृत्युमार्गको उपमा पाएको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा निर्माण शुरू गरिएको सुरूङमार्ग निर्माणलाई तीव्रता दिइने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आर्थिक वर्...
नेपाल सरकारले नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०...
सरकारले आगामी आर्थिक वर्षमा ६ सय वटा झोलुंगेपुल निर्माण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशशरणम महतले ६ सय वटा झोलुंगे पुल निर्माण गर्ने जनाएका हुन् । यसका लागि ...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...