×

NMB BANK
NIC ASIA

८ वर्षदेखि बन्द रहेको माली मिसनमा सशस्त्र प्रहरीले १४० जना खटाउने

साउन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने तयारी भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सन् २०२३ को जनवरीमा नै फौज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदुर खड्काले बताए । ‘शान्ति स्थापनाका लागि मालीमा मिसन खटाउने तयारी भइरहेको छ,’ प्रवक्ता खड्काले लोकान्तरसँग भने,‘आगामी जनवरीदेखि टोली खटिने छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शान्ति मिसनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी घटिरहेको परिस्थितिमा सशस्त्र प्रहरीले मालीमा ‘फर्म्ड पुलिस युनिट’ (एफपीयू) खटाउने भएको हो । सशस्त्र प्रहरीको अहिले एफपीयू साउथ सुडानमा खटिरहेको छ । ८ वर्ष अगाडि सशस्त्रको लाइबेरिया मिसन बन्द भएको थियो । 


Advertisment
Nabil box
Kumari

मालीमा नेपाली सेनाको इन्जिनियरिङ बटालियनसमेत तैनाथ छ । मालीमा फौज खटाउनको लागि तयारी अवस्थामा रहन राष्ट्रसंघले सशस्त्र प्रहरी मुख्यालयलाई पत्रसमेत पठाइसकेको डीआईजी खड्काले जानकारी दिए । सशस्त्रको एफपीयू मालीको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण किदाल क्षेत्रमा खटाउने तयारी छ । 

Vianet communication
Laxmi Bank

यूएन मिसनमा सशस्त्र प्रहरीको सहभागिता बढाउन लामो समयदेखि नेतृत्वले लविङ गरिरहेको थियो । माली मिसनमा १४० जनाको एफपीयू खटाउने तयारी भएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

यूएन मिसनमा योगदानको हिसाबले नेपाल विश्वकै दोस्रो स्थानमा छ । जसमा  नेपाली सेनाबाट मात्र ठूलो संख्यामा फौज परिचालित छन् । शान्ति मिसनमा सहभागिताको कारण नै सुरक्षा संगठनमा जागिरको आकर्षण बढ्ने गरेको छ । 

पछिल्लो समय सशस्त्र र नेपाल प्रहरीको मिसनमा सहभागिता कम भएकै कारण जागिरप्रति आकर्षण घटेको प्रहरी अधिकारीहरू बताउँछन् । मिसनमा आवश्यक पर्ने बन्दोबस्तीको सामान, एपीसी र एमपीभी खरिदमा सशस्त्र र नेपाल प्रहरीमा विवाद हुने गरेको छ ।

नेपाल प्रहरी र सशस्त्रमा जुनियर प्रहरी कर्मचारी र सिनियर प्रहरी अधिकृतहरूले राजीनामा दिने संख्या बढ्दै गएपछि मिसन बढाउनका लागि दुवै संगठनले पहल गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x