×

NMB BANK
NIC ASIA

विदेशी पर्यटक भित्र्याउने सरकारी उपायः नयाँ हिमालको आरोहण खुला गरिँदै

साउन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले हालसम्म आरोहण नगरिएका हिमालहरूको आरोहण खुला गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिलेसम्म प्रयोगमा नआएका नयाँ हिमालहरूको आरोहण खुला गर्ने बताएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार नेपाल पर्वतारोहण संघको ३२औँ साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरूमा आरोहणका लागि अनुमति दिने तयारी गरेको बताए । मन्त्री श्रेष्ठले कुन–कुन हिमालहरूमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरूमा आरोहण खुला गर्दा पर्यटकको आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभान्वित बनाउन सकिन्छ भन्ने कुराको समीक्षा गरेर हिमाल आरोहणको अनुमति दिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारले पर्यटन क्षेत्रको विकासको लागि नयाँ हिमालहरूमा आरोहण गर्ने अनुमति दिनुपर्छ भन्ने सोच राखेका छौँ । अहिले जे–जति हाम्रा हिमाल आरोहण गर्ने अनुमति दिने काम भइरहेको छ । त्यसको अतिरिक्त अहिले प्रयोगमा नआएका ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरूमा पनि आरोहणको लागि अनुमति प्रदान गर्ने भन्ने मन्त्रालयले योजना अगाडि सारेको छ’, उनले भने, ‘कुन–कुन हिमालहरूमा आरोहण गर्नसक्छौँ । कुन–कुन हिमालहरूमा आरोहण खुला गर्दा पर्यटन आगमन बढाउन सक्छौँ । त्यो क्षेत्रको जनजीवनलाई समेत लाभान्वित बनाउन सक्छौँ । त्यो कुरालाई समीक्षा गरेर अनुमति दिइनेछ ।’ 


Advertisment
Nabil box
Kumari

उनले पर्वतारोहण सम्बन्धी अन्योलमा रहेका ऐन, कानून र नियमहरू सरकार तत्काल निराकरण गर्न तयार रहेको बताए । मन्त्री श्रेष्ठले सरकारले विगतमा एक वर्षको लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष भई २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने बताए । 

Vianet communication
Laxmi Bank

मन्त्री श्रेष्ठले नेपाल विश्वको पर्यटकको गन्तव्य स्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताए । उनले नेपालका हिमाल, पहाड, प्राकृतिक खालका उचाइहरूमा पर्यटन खेलकुदको विकास गर्नु आवश्यक रहेको बताए । उनले एडभान्चर खुलकुद, पर्यटनवेस खेलकुद र माउण्टेन खेलकुदका रूपमा पर्वतहरूलाई आधार बनाएर खेलहरूको विकास गर्न सके नेपाल पर्यटक गन्तव्यको रूपमा विकास हुने बताए । ‘२०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर निरन्तर रुपमा पर्यटन विकास र पूर्वाचारका काम अगाडि बढाएर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ’, उनले भने । 

मन्त्री श्रेष्ठले नेपालको नेचर, एड्भान्चर र कल्चरको विकास गरी व्यवस्थित गर्नसके पर्यटकहरूलाई आकर्षित गर्ने माध्यम बलियो बन्ने बताए । उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट नै नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मान्यताका साथ अगाडि बढेको बताइन् । ‘सरकार निजी क्षेत्रको सहकार्यबाट नै नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मान्यता वर्तमान सरकारले लिएको छ । पर्वतारोहण क्षेत्रमा काम गर्ने पर्यटन व्यवसायीहरूको पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका पु¥याउने अपेक्षा लिएका छौंँ’, उनले भने । 

संघका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसँग सम्बन्धित सेवा सुविधा एकद्वार प्रणालीमार्फत लिने नीति लिनुपर्ने बताए । उनले साहसिक खेलहरू हिमचुली खुला गर्ने नीति आवश्यकता रहेको बताए । उनले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा छुटै पर्वतारोही कक्ष व्यवस्थापन गर्न माग गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x